समाचार

नव नियुक्त प्रदेश प्रमुखलाई शर्माको स्वागत, यस्ता छन् निवर्तमान प्रमुखको उपलब्धि

नव नियुक्त प्रदेश प्रमुखलाई शर्माको स्वागत, यस्ता छन् निवर्तमान प्रमुखको उपलब्धि

मकवानपुर । बागमती प्रदेश प्रमुखको जिम्मेवारीबाट बिदा भएका यादव चन्द्र शर्माले शुक्रबार नव नियुक्त प्रदेश प्रमुखको जिम्मेवारी लिई आएका दीपक प्रसाद देवकोटालाई स्वागत गरे । निवर्तमान भइसकेपनि शर्मा प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, सरकारका मन्त्री लगायतसँगै नयाँ प्रदेश प्रमुख देवकोटाको स्वागतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राष्ट्रपतिले प्रदेश प्रमुख परिवर्तन गर्दा काठमाडौंमै रहेका शर्मा नयाँ प्रदेश प्रमुखलाई स्वागत गर्न विहानै हेटौंडा आइपुगेका थिए । नयाँ प्रमुख देवकोटाले विगतका परिपाटी भन्दा पृथक रुपले निवर्तमान प्रदेश प्रमुखबाट स्वागत तथा आतिथ्यता पाए । विगतमा निवर्तमान भई जाने प्रदेश प्रमुखले यस खालको स्वागत तथा पदस्थापनामा सहभागिता गराउने गरेका…
Read More
नवनियुक्त प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

नवनियुक्त प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देवकोटालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए। बिहीवार शितलनिवासमा पद तथा गोपनियताको सपथ खाएका प्रदेश प्रमुख देवकोटाले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। कैलालीका देवकोटा लामो समय नेकपा एमालेमा राजनीति गरेका व्यक्ति हुन्। उनीसँग एमालेको विभिन्न कमिटीमा काम गरेको अनुभव छ। केही वर्षअघि भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए। पछिल्लो समय एमाले अनुशासन आयोगको सदस्य रहेका देवकोटा प्रदेश प्रमुख नियुक्त भएसँगै पार्टी राजनीतिबाट अलग बनेका छन्।
Read More
हेटौँडाका ४ वडामा पारिवारिक कानुनबारे अन्तरक्रिया

हेटौँडाका ४ वडामा पारिवारिक कानुनबारे अन्तरक्रिया

मकवानपुर । हेटौँडा उपमहनगरपालिकाका ४ वटा वडाहरुमा पारिवारिक कानुनसँग सम्बन्धित कानुनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३, वडा नम्बर ६, वडा नम्बर ११ र वडा नम्बर १५ मा कार्यक्रम भएको हो । मुलुकी देवानी संहिता २०७४ को पारिवारिक कानुनसँग सम्बन्धित विवाह सम्बन्धि कानुन, सम्बन्ध विच्छेद सम्बन्धी कानुनी व्यवस्था, सगोलको सम्पत्ति अंशबण्डा व्यवस्था, लेनदेन तथा घटना दर्ता ,पञ्जिकरणको लागि आवश्यक कागजात लगायतका विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको हो । वडा नम्बर ३ लेवट, वडा नम्बर ६ चौघडा र वडा नम्बर ११ नवलपुर तथा वडा नम्बर १५ गौरीटारमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम दलित महिला संघ…
Read More
हेटौँडामा सुजुकीको नयाँ शोरुम खुल्यो

हेटौँडामा सुजुकीको नयाँ शोरुम खुल्यो

मकवानपुर । हेटौँडामा सुजुकीको आधिकारिक शोरुम खुलेको छ । हेटौँडा ४ मेनरोडमा सुजुकीको आधिकारिक शोरुम कालिका स्यार्से अटो मोबाईल्स प्रा.लि. आजदेखि संचालनमा आएको हो । शोरुमले सुजुकीको नयाँ मोडल र कलरका स्कुटर तथा मोटरसाईकल बिक्रीका लागि राखेको छ । हाल शोरुममा स्कुटरको खरिदमा नगद ५ हजार देखि ३० हजारसम्म छुट दिइएको छ । त्यस्तै मोटरसाईकलको खरिदमा नगद २० हजार छुट रहेको संचालक एन्जल सत्यालले जानकारी दिए । नयाँ शोरुममा सुजुकीको सेल्स, सर्भिस र स्पेयर पार्टसका साथै पुरानो बाईक तथा स्कुटरको एक्सचेञ्ज अफर पनि रहेको संचालक सत्यालले बताए । शोरुमले सरल फाइनान्स सुबिधामा ५० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर बिक्रि…
Read More
बागमती प्रदेशमा २५० महिलालाई ड्राइभिङ तालिम दिईने

बागमती प्रदेशमा २५० महिलालाई ड्राइभिङ तालिम दिईने

मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । प्रदेशमा सीपमुलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले तालिमको व्यवस्था गर्न लागिएको मन्त्री महर्जनको भनाई छ । सार्वजनिक यातायातको क्षेत्रमा महिला चालकको सहभागिता बढाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिको आयोजना गर्न लागिएको हो । यातायात क्षेत्रलाई समावेशी, मर्यादित एवं सुरक्षित बनाउन महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत रहेर कम्तिमा २५० जना महिलाहरुलाई तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन प्रशिक्षण सीप…
Read More
हेटौंडाका ई–रिक्सा चालकहरुको गुनासो सम्बोधन गर्ने मन्त्री महर्जनको प्रतिवद्धता

हेटौंडाका ई–रिक्सा चालकहरुको गुनासो सम्बोधन गर्ने मन्त्री महर्जनको प्रतिवद्धता

मकवानपुर । बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई–रिक्सा चालकहरुको समस्याको विषयमा छलफल गरेका छन् । बिहीबार मन्त्रालयमा हेटौंडाका ई–रिक्सा चालकहरुले मन्त्री महर्जन समक्ष सवारी चालक अनुमती पत्र सम्बन्धि समस्या लिएर आएका थिए । उनीहरुको समस्याको हल गर्न मन्त्रालय तत्पर रहेको मन्त्री महर्जनले आश्वासन दिए । विगतमा प्रयोग गर्दै आएको हस्त लिखित सवारी चालक अनुमती पत्रमा सी वर्गको अनुमती पत्रले टेम्पो र अटोरिक्सा चलाउन पाउने अनुमती रहेता पनि विगतको समयमा ई–रिक्साको समेत सोही अनुमती पत्र दिईने व्यवस्था रहेकोमा हाल प्रयोगमा रहेको स्र्माट सवारी चालक अनुमती पत्रमा भने ई–रिक्सा चलाउनका लागि सि १ वर्गको अनुमती पत्र चाहिने…
Read More
मकवानपुरगढीमा विद्यार्थीहरुलाई सम्मान

मकवानपुरगढीमा विद्यार्थीहरुलाई सम्मान

मकवानपुर । वि.सं. २०८० सालको एसईई परीक्षामा मकवगानपुरगढी गाउँपालिकाका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मकवानपुरगढी गाउँपालिका समितिले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा गाउँपालिकाका ९ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने ४८ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन, नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान (ज्वाला),…
Read More
मकवानपुरबाट चरेशसहित २ जना पक्राउ

मकवानपुरबाट चरेशसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम लागू औषध चरेश सहित २ जनालाई चुरियामाईबाट पक्राउ गरेको छ । बिहीबार करिब ५ः१० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा १५ चुरीयामाई नजिकै पिपल चौतरास्थित पुर्व पश्चिम सडक खण्डमा हेटौँडाबाट पथलैयातर्फ जादै गरेको ना.६ ख ५८३९ नम्बरको यात्रुबाहक बसबाट जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उक्त बसमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय हरि गौरब र नवलपरासीको पण्डितपुर बनगरिया गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४३ वर्षीय अनिल भर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बसमा सवार उनीहरुलाई शंका लागेपछि बसबाट ओरालेर शरीर…
Read More
हेटौँडाको डाङडुङे टोलको सबै घरमा फलफुलको बिरुवा रोप्ने अभियान

हेटौँडाको डाङडुङे टोलको सबै घरमा फलफुलको बिरुवा रोप्ने अभियान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ डाङडुङेका सबै घरमा फलफुलको बिरुवा रोप्ने अभियान सुरु भएको छ । बुधबारदेखि उक्त अभियान सुरु भएको हो । स्थानीय प्रभाकार पुडासैनीका अनुसार डाङडाङे क्षेत्रका सबै घरधुरीमा फलफुलको बिरुवा रोपिनेछ । बिरुवा रोप्नका लागि बिहीबार साँझ ४ बजे हरेक घरमा २–२ वटा फलफुलको बिरुवा वितरण गर्ने कार्यक्रम पनि आयोजना गरिएको पुडासैनीले जानकारी दिए । पुडासैनीका अनुसार त्यहाँका स्थानीयलाई एभोकाडो, किबी लगायतका फलफुलका बिरुवाहरु वितरण गरिनेछ । साथै थानाभर्याङबाट डाङडाङेतर्फ आउने बाटोको वरिपरि पनि गुलमोहर, ज्याकरन्दाजस्ता बोटबिरुवा रोप्ने अभियान समेत रहेको पुडासैनीले जानकारी दिएका छन् ।
Read More
हेटौँडामा मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई र शुभकामना कार्यक्रम

हेटौँडामा मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई र शुभकामना कार्यक्रम

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले आफ्नो पार्टीबाट बागमती प्रदेश सरकारमा नियुक्त भएका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बधाई ज्ञापन गरेको छ । पार्टीले बुधबार बिहान प्रदेश राजधानी हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका तर्फबाट बागमतीको मुख्यमन्त्रीमा नियुक्त बहादुरसिंह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथ शुभकामना ज्ञापन गरेको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा बागमतीका नवनियुक्त मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.