गैसस महासंघ बागमती प्रदेशले नीति संवाद कार्यक्रम गर्ने

मकवानपुर । गैरसरकारी महासंघ बागमती प्रदेशले हेटौंडामा नागरिक संघ संस्था सम्बन्धि नीति सम्वाद तथा परामर्श कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको पुर्व तैयारी बैठकमा कार्यक्रमबारे बताइएको हो ।

गैसस महासंघ हेटौंडाको सभा हलमा भएको कार्यक्रममा उपस्थित नागरिक अगुवाहरुले कार्यक्रम नागरिकको माग राख्न सक्ने थलो बन्नुपर्ने बताएका थिए । कार्यक्रम असोज २ गते हेटौंडामा हुने जनाइएको छ ।

कार्यक्रममा गैसस महासंघका केन्द्रिय सचिव बुद्धशरण लामा, बागमती प्रदेश कार्यवाहक अध्यक्ष कमल कुमार विश्वकर्मा, प्रदेश सदस्य रामचन्द्र न्यौपाने लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.