हेटौँडामा ट्रकहरु आपसमा ठोक्कियो, ड्राईभर घाईते

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नारायणी सहकारी अगाडि आज बिहान २ ट्रकहरु आपसमा ठोक्किएका छन् । तिब्र गतिमा रहेको मिनी ट्रक र ना ५ ख ४३३२ नम्बरको १२ चक्के ट्रक एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा ट्रक चालक घाईते भएका छन् । उनलाई उपचारको लागि हेटौँडा अस्पतालमा लगिएको छ । दुर्घटनामा दुबै ट्रका अगाडिका भागहरु ध्वस्त भएका छन् ।

सडकबिचमा रहेका दुबै ट्रकलाई ईलाका प्रहरी कार्यालयको रोहबरमा क्रेनद्वारा हटाएपछि सवारी आवागमन सुचारु भएको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.