सबै समाचार

1001 Posts
हेटौँडामा पुस्तक वार्ता शुरु

हेटौँडामा पुस्तक वार्ता शुरु

मकवानपुर । हेटौँडामा किताब घरले पुस्तक वार्ता शुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडास्थित भैरव रोडमा रहेको पुस्तक घरको सभाहलबाट वार्ता शुरु गरिएको हो । पुस्तक बारेको वार्ताले पुस्तक पढ्ने संस्कारको विकास हुने र पुस्तक पढ्न रुचाउने पुस्तकप्रेमीहरुको जमघट हुने थलोको रुपमा पुस्तक घरलाई विकास गर्दै लान सके पुस्तक घर संचालनमा सहज हुने पुस्तक घरका संचालक छवि अनित्यले बताए । गत शुक्रबार पारिजातको जिवनीबारे लेखिएको पुस्तकबारे समिक्षा तथा वार्ता भएको थियोे । पुस्तक वार्तामा साहित्यकार रमेशमोहन अधिकारी, यश लामा, सानु खनाल, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, साहित्यकार तथा पत्रकार छबि अनित्य, पत्रकार जी. न्यौपाने लगायतको उपस्थिति रहेको…
Read More
चरेश र गाँजासहित मकवानपुरबाट ४ जना पक्राउ

चरेश र गाँजासहित मकवानपुरबाट ४ जना पक्राउ

मकवानपुर । मकवानपुरको २ पालिकाबाट ४ जना व्यक्तिहरु लागुऔँषधसहित पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाबाट २–२ जना गरी ४ जना पक्राउ परेका हुन् । थाहा नगरपालिका वडा नम्बर ३ सिखरकोट बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामडी–९ बराह बस्ने ४५ वर्षीय सुदिर सिंह र सितामडी–८ बराही चिन्तामन बस्ने ६८ वर्षीया रेनु देवी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ना।४ ख ४५६७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट…
Read More
हेटौँडामा डेंगु रोगविरुद्ध सचेतना अभियान

हेटौँडामा डेंगु रोगविरुद्ध सचेतना अभियान

मकवानपुर । हेटौँडामा आज डेंगु रोगविरुद्ध सचेतना अभियानको आयोजना गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा सचेतना कार्यक्रम गरिएको हो । सचेतना अभियानमा विभिन्न टोल विकास समितिका सदस्यहरु, सामुदायिक प्रहरी तथा स्थानीयहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिएको समितिका अध्यक्ष यज्ञबहादुर आचार्यले जानकारी दिए । अभियानका क्रममा लामखुट्टेको लार्भा तथा लामखुट्टे खोजेर नष्ट गरिनुका साथै लामखुट्टेका सम्भावित वासस्थानहरुलाई नष्ट गरिएको थियो । थानाभर्याङ्गमा सचेतना गर्ने क्रममा ग्यारेज, टायर दोकान, टायर रिसोलिङ गर्ने ठाउँहरुमा हिलो र जताततै फोहोर पाइनुका साथै ढलहरु फोहरले गर्दा जाम भएको पाइएको थियोे । ब्यवसायीहरुले पैसा मात्र कमाउने तर वरपर सरसफाइ नगर्ने हुनाले…
Read More
हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम हुने

हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम हुने

मकवानपुर । हेटौँडामा विशेष ‘हास्य व्यङ्ग्यात्मक गाईजात्रा–२०८१’ कार्यक्रमको आयोजना हुने भएको छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को प्रवर्द्धनमा कार्यक्रम हुने भएको हो । शनिबार सिस्नुपानी नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको हो । कार्यक्रम आउँदो भदौ ३ गते ओम्याक्स सिनेमा हलमा आयोजना हुने सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीन प्रसाद लामिछानेले जानकारी दिए । कार्यक्रममा समसमायिक राजनीति र सामाजिक क्षेत्रका विकारका विरुद्धमा मनोरञ्जनात्मक क्यारिकेचर गरिने उनले बताएका छन् । कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर,प्यारोडि गायन, सामाजिक मुद्धामाथि प्रहसन नाटकीय प्रस्तुति, पेचिलो हास्यव्यङ्ग्यात्मक अन्तर्वाता, कविता र हास्यव्यङ्ग्ययुक्त बजेट भाषण लगायतका प्रस्तुतिहरु हुनेछन् । यसअघि…
Read More
बागमती प्रदेशमा आजदेखि लम्पी स्किन विरुद्धको खोप अभियान सुरु

बागमती प्रदेशमा आजदेखि लम्पी स्किन विरुद्धको खोप अभियान सुरु

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा आजदेखि लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान शुरु गरेको छ । कुनै ठोस उपचार नभएको लम्पी स्किन रोग न्युनिकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा शुक्रबारदेखि साउन ३० गतेसम्म प्रदेशका १३ वटै जिल्लाहरुमा यो अभियान सञ्चालन गरिएको हो । यसवर्ष ७६ हजार २ सय ७५ वटा पशुमा भ्याक्सिन लगाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । गाईंभैसीमा यस रोग पश्चात उच्च ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा र्गिखाहरु देखिने, जोर्नी र खुट्टाहरु सुन्निने र हिँड्न गार्हो हुने, थुनेलो देखिने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने लगाएतका लक्षणहरु देखापर्ने हुन्छन् । अघिल्लो आर्थिक वर्षमा खोप अभियान मार्फत…
Read More
नेपालमा विषालु च्याउको बिगबिगी, यसरी चिन्न सकिन्छ विषालु च्याउ

नेपालमा विषालु च्याउको बिगबिगी, यसरी चिन्न सकिन्छ विषालु च्याउ

मकवानपुर । नेपालमा विषालु च्याउहरुको बिगबिगी रहेको सरोकारवालाहरुले जानकारी दिएका छन् । मकवानपुरको हेटौँडामा आयोजित जङ्गली च्याउ सम्बन्धि सचेतनामूलक कार्यक्रममा सरोकारवालाहरुले यस्तो जानकारी दिएका हुन् । वनस्पति अनुसन्धान केन्द्र मकवानपुर संगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक डा. शिव देवकोटाले विषालु च्याउन चिन्ने तरिका, विषालु च्याउ खाँदा शरीरमा देखापर्ने लक्षण लगायतको बारेमा जानकारी गराएका थिए । नेपालमा हालसम्म १ हजार २ सय ९२ प्रजातिका च्याउ पत्ता लागेको उनले जानकारी दिए । नेपालमा पाइने च्याउ मध्ये १ सय प्रजातिका च्याउ विषालु भएको उनले बताए । जङगलमा पाइने अमानिटा प्रजातिको…
Read More
यातायात मन्त्रीद्वारा यातायात व्यवस्था कार्यालयको निरिक्षण

यातायात मन्त्रीद्वारा यातायात व्यवस्था कार्यालयको निरिक्षण

मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टर भरतपुरको निरीक्षण गरेका छन् । बिहीबार मन्त्री महर्जनले यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टर भरतपुरको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले यातायात कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि पर्न निर्देशन समेत दिएका छन् । मन्त्री महर्जनले यातायात व्यवस्था कार्यालयका प्रमुख पदमप्रसाद बजगाईं लगायत कार्यालयमा कार्यरत कर्मचारीहरूलाई नागरिकलाई दिइने सेवामा कुनै कसर बाँकी नराखी सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । विशेषगरि यातायात क्षेत्रमा जनगुनासोहरू आउने गरेको हुँदा त्यस कुराको अन्त्य हुने गरि काम गर्न मन्त्री महर्जनले सुझाव दिएका…
Read More
मकवानपुरगढीका ४ विद्यार्थीलाई गाउँपालिकाबाट ल्यापटप उपहार

मकवानपुरगढीका ४ विद्यार्थीलाई गाउँपालिकाबाट ल्यापटप उपहार

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ छात्राहरुलाई ल्यापटप उपहार दिएको छ । गाउँपालिकाको तर्फबाट उक्त विद्यार्थीहरुको अध्ययनलाई सहयोग पुग्ने गरि ल्यापटप वितरण गरिएको गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिनले जानकारी दिईन्। गाउँपालिकाले श्री भानु माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याएकी खुशी योन्जन र श्री चण्डिका माध्यमिक विद्यालयकी रस्मिता बिकलाई ल्यापटप प्रदान गरेको हो । त्यस्तै कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याएका श्री शारदा माध्यमिक विद्यालयकी तिर्थमाया गोले र शारदा माविकै सन्ध्या बिकलाई पनि ल्यापटप उपहार दिइएको छ । गाउँपालिकाले दलित तथा जनजाति प्रोत्साहन लक्षित कार्यक्रमअन्तर्गत उक्त ल्यापटप वितरण गरेको हो ।
Read More
महेन्द्र मावि पदमपोखरीका विद्यार्थीहरुलाई सम्मान

महेन्द्र मावि पदमपोखरीका विद्यार्थीहरुलाई सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सम्मान, स्वागत तथा बिदाई गरिएको छ । विद्यालयले सम्मान, स्वागत तथा बिदाई कार्यक्रमको आयोजना गरेको हो । वि.सं. २०८० को एसईई तथा १० जोड २ परिक्षामा उत्कृष्ट अंकसहित उतिर्ण भएका विद्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम गरिएको हो । बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले विद्यार्थीहरुलाई सम्मान गरेकी थिईन् । हेटौँडा १३ का वडा अध्यक्ष पेम्बा लामाको समेत आतिथ्यता रहेको कार्यक्रममा नेकपा एकिकृत समाजवादी हेटौँडा नगर अध्यक्ष विष्णुमाया लामाका साथमा अन्य सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
Read More
सज्जा चौँलागाईँको ‘एक्लै’ सार्वजनिक

सज्जा चौँलागाईँको ‘एक्लै’ सार्वजनिक

मकवानपुर । गायिका सज्जा चौँलागाईको नयाँ गीत ‘एक्लै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथा बोकेका यो गीत सज्जाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सज्जा र उनको ब्याण्ड ‘द लोडिङ’ ले तयार भएको गीतमा सज्जा र अभिनाश एसीको शब्द तथा संगीत रहेको छ । पेम्बा छिरिङ तामाङ र सज्जालाई म्युजिक भिडियोमा देख्न सकिन्छ । सन्जीत घिसिङको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सन्जीतकै छायाँकन र सम्पादन रहेको छ । हेर्नुहोस् म्युजिक भिडियो–
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.