यातायात मन्त्रीद्वारा यातायात व्यवस्था कार्यालयको निरिक्षण

मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टर भरतपुरको निरीक्षण गरेका छन् । बिहीबार मन्त्री महर्जनले यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टर भरतपुरको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले यातायात कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि पर्न निर्देशन समेत दिएका छन् ।

मन्त्री महर्जनले यातायात व्यवस्था कार्यालयका प्रमुख पदमप्रसाद बजगाईं लगायत कार्यालयमा कार्यरत कर्मचारीहरूलाई नागरिकलाई दिइने सेवामा कुनै कसर बाँकी नराखी सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । विशेषगरि यातायात क्षेत्रमा जनगुनासोहरू आउने गरेको हुँदा त्यस कुराको अन्त्य हुने गरि काम गर्न मन्त्री महर्जनले सुझाव दिएका छन् । साथै यातायात क्षेत्रमा देखिएका विभिन्न खाले समस्या समाधानमा आफू लागिपरेको र सोही अनुसार लाग्न कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

निरीक्षणको क्रममा कार्यालयका प्रमुख पदम प्रसाद बजगाईंले हाल कार्यालयमा भए गरेका गतिविधि, दरवन्धी, भौतिक तथा कार्यालयको विविध विषयमा मन्त्री महर्जनलाई जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.