नेपालमा विषालु च्याउको बिगबिगी, यसरी चिन्न सकिन्छ विषालु च्याउ

मकवानपुर । नेपालमा विषालु च्याउहरुको बिगबिगी रहेको सरोकारवालाहरुले जानकारी दिएका छन् । मकवानपुरको हेटौँडामा आयोजित जङ्गली च्याउ सम्बन्धि सचेतनामूलक कार्यक्रममा सरोकारवालाहरुले यस्तो जानकारी दिएका हुन् ।

वनस्पति अनुसन्धान केन्द्र मकवानपुर संगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक डा. शिव देवकोटाले विषालु च्याउन चिन्ने तरिका, विषालु च्याउ खाँदा शरीरमा देखापर्ने लक्षण लगायतको बारेमा जानकारी गराएका थिए । नेपालमा हालसम्म १ हजार २ सय ९२ प्रजातिका च्याउ पत्ता लागेको उनले जानकारी दिए । नेपालमा पाइने च्याउ मध्ये १ सय प्रजातिका च्याउ विषालु भएको उनले बताए ।

जङगलमा पाइने अमानिटा प्रजातिको च्याउमा सबैभन्दा बढी शरीरलाई हानि गर्ने तत्व हुने उनको भनाई छ । विषालु च्याउको छातामा थोप्ला थोप्ला खस्रो गिर्खा भएका, डण्डीमा थैलो जस्तो भएको, झुसको मात्रा धेरै भएको, रङ्गीन च्याउ, भाँच्दा चोप वा दुध जस्तो पद्धार्थ निस्कने, काटेपछि रङ फेरिने च्याउ विषालु हुने उनले बताए ।

च्याउ विज्ञ सहितको टोलीले मकवानपुरका राक्सिराङ, कैलाश लगायतका पालिकामा गएर स्थानीयलाई विषालु च्याउको बारेमा जानकारी दिएका थिए । नेपालका मकवानपुर सहित चितवन, पाल्पा, गुल्मी, अर्घाखाँची, सल्यान दाङ र इलाममा अत्याधिक विषालु च्याउ पाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.