२०८१ श्रावण २३, बुधबार १५:०७ गते
२०८१ श्रावण २३, बुधबार १५:०७ गते
मकवानपुर । हेटौँडामा कम्पनी दर्ता गरेर उद्देश्य अनुरूप कार्य नगरेको आरोप लगाउँदै मकवानपुर प्रहरीले ९ जना भारतीयलाई पक्राउ गरेर आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरी अवैध कार्य गरेको आरोपमा उनीहरूलाई बुधबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत पटना थाना आलमगन्जका ५७ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरूख खान, विहारका २९ वर्षीय कुन्दन कुमार, उत्तराखण्डको नैनितालका २६ वर्षीय आशिष कब्डौला, राँची, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, कुमार दुवे, विकासकुमार सिंह र नांगलोड वेस्टी देल्हीका अरुण कुमार, वैशाली गाजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मा…