सबै समाचार

1003 Posts
हेटौँडा १२ मा उपनिर्वाचनका लागि ४५ जना कर्मचारी खटिए

हेटौँडा १२ मा उपनिर्वाचनका लागि ४५ जना कर्मचारी खटिए

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ को वडा अध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाईएको छ । खटिएका कर्मचारीलाई मुख्य निर्बाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गर्नुभयो । निर्वाचन गराउन आवश्यक पर्ने ५८ प्रकारका सामाग्री कर्मचारीहरुलाई हस्तान्तरण गरिएको छ । २ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र निश्चीत गरिएको छ । मतदान स्थल सुरक्षाको प्रबन्धका लागि ८ वटा प्वाईन्ट बनाईएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । मतदान हुने अघिल्लो दिन राती देखि नै मतदान हुने वडा सिल गर्ने सुरक्षा तयारी रहेको उहाँले जानकारी दिनुभया । मतदमान स्थलको बाहीरी घेरामा नेपाली…
Read More

हेटौँडा र मनहरीमा २ जनाको मृत्यू

मकवानपुर । हाइटेन्सन लाईनको तार चुडिएर भुईमा लत्रिएको अबस्थामा करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तारमा करेन्टलागेर स्थानीय ३८ वर्षिय मंगल सिंह प्रजाको मृत्यु भएको हो । करेन्ट लागी लडिरहेको अवस्थामा प्रजालाई देखी स्थानीयले प्रहरीलाई खवर गरेका थिए । यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घाईते भएको छ । घरबाट मनहरी तर्फ आउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनुभयो त्यसैगरी हेटौंडा ६ चौघडा बजारमा शुक्रबार बिहान अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ ।…
Read More

उपनिर्वाचन मतगणनाको परिणाम आयोगको वेबसाइटमा हेर्न पाइने

मकवानपुर । स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा हेर्न पाइने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएकी हुन् । जारी विज्ञप्ति अनुसार, यही १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । उक्त मतदान कार्य सम्पन्न भएर सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य सुरु हुने उनले बताइन् । मतगणना परिणामबारे निर्वाचनका सबै सरोकारवाको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको उनको भनाई छ । आइतबार नगरप्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष…
Read More
हेटौँडाको चुरियामाईमा लहरी गाडी पल्टिँदा बाटो बन्द, चालक घाईते

हेटौँडाको चुरियामाईमा लहरी गाडी पल्टिँदा बाटो बन्द, चालक घाईते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाको चुरियामाईमा लहरी गाडी पल्टिएको छ । बिहिबार पुर्व पश्चिम राजमार्गमा बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र. २–०३–००१ ख ६७३८ नम्बरको मोबिल बोकेको कन्टेनर लोड लहरी आफै अनियन्त्रित भई सडकमा पल्टेको हो। गाडी चालक मकवानपुरको मनहरी ६ नम्बर वडाका ३० वर्षीय महेश मोक्तानको दाहिने हातमा चोट लागी घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन्। घाइते मोक्तानलाई उपचारको लागि हेटौडा अस्पताल पठाईएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै, प्रहरीका अनुसार दुबै तर्फी अबरुद्ध रहेको सडक प्रहरी परिचालन गरि क्रेनको सहयताले खुलाउने प्रयास भईरहेको छ।
Read More
हेटौँडा उपमहानगरपालिकाद्वारा थामीको उपचारमा सहयोग

हेटौँडा उपमहानगरपालिकाद्वारा थामीको उपचारमा सहयोग

मकवानपुर । आर्थिक अभाबले स्वास्थ्य उपचारबाट बञ्चित बनेका बिपन्न समुदायका व्यक्तीलाई हेटौंडा उपमहानगरपालिकाले साथ दिएको छ । दैनिक जिवनयापनका लागि पनि समस्यामा रहेको हेटौंडा –१८ थामिटोलका ४५ वर्षीय पशुपती थामीको उपचारमा उपमहानगरले साथ दिएको हो । केही समय अघिबाटै स्वास्थ्य समस्या व्यहोरीरहेका उनको पहिलो चरणको उपचार हेटौंडा अस्पतालमा भइरहे पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पतालले बेड छोडेर घर जान भनेको थियो । तीनदिन अघिबाट उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामासँगको समन्वयमा हेटौंडा अस्पतालमा उपचार भएपनि चिकित्सकले घर जान भनेपछि अस्पतालबाट बाहिरीएका थामीलाई मंगलबार सिएमसी चुरेहील अस्पताल पुर्याइएको छ । अस्पतालबाट बिना जानकारी घर गएका थामीलाई भेट्न मंगलबार नगर प्रमुख लामा र…
Read More
हेटौँडा १९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

हेटौँडा १९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ मंसिर १४ गते (शुक्रबार) हेटौंडा उपमहानगर वडा नम्बर–१९ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै १९ नम्बर वडाकि वडा सम्पर्क व्यक्ति मिना देवकोटाले वडाको पन्ध्रसोला खेलमैदानमा निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको जानकारी दिईन्। बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत, ३ वटा सुचक ९५ प्रतिशत र बाँकी ३ वटा सुचकहरु क्रमशः ९०, ८५ र ८० सम्म…
Read More
पालुङ जेसीजद्वारा न्यानो कपडा वितरण

पालुङ जेसीजद्वारा न्यानो कपडा वितरण

मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको तेस्रो दिन न्यानो कपडा वितरण गरिएको छ । थाहा नगरपालिकाका ५ जनालाई न्यानो कपडा वितरण गरिएको पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बाताए । पालुङ जेसीज वर्ष २०२४ का निवर्तमान अध्यक्ष संगम कार्कीले आफ्ना हजुरबुबा हजुरआमा कृष्णबहादुर र तारादेवी कार्कीको स्मृतिमा न्यानो कपडा वितरण गरिएको कार्कीले बताए । जाडो मौसममा अति आवश्यक पाँच जनालाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो । कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको हो । कार्यक्रममा पूर्वध्यक्ष सानोभाई कार्की, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मान सिं दोङ,…
Read More
सिमलटारमा मूख्य सचिवलाई बधाई तथा स्वागत

सिमलटारमा मूख्य सचिवलाई बधाई तथा स्वागत

मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय हेटौंडाका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्साललाई हेटौंडामा स्वागत गरिएको छ । पातन्जल योग समिति मकवानपुरले हेटौंडा ११ , सिमल्टारमा एक कार्यक्रम गर्दै उनलाइ स्वागत गरेको हो । कार्यक्रममा विशिष्ट अतिथि तथा योग समितिका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवालले योगको महत्त्वबारे प्रमुख अतिथी लम्साललाई जानकारी गराएका थिए । प्रदेश सरकारका प्रमुख सचिव लम्सालले योग स्वास्थ्यको लागि अत्यन्त जरुरी रहेकोले योग गर्न जरुरी रहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहाल, योग समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज काफ्ले, केन्द्रिय सदस्य यादव गजुरेल, बागमती प्रदेश उपाध्यक्ष ध्रुव भुजेल, हेटौंडा १…
Read More
न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

मकवानपुर । ईकमर्स साथी प्रा.लिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ ।पत्रकार, विद्यार्थी, डेभलपर, न्युज पोर्टल बनाउन ईच्छुक तथा एक्स्ट्रा ईनकम गर्न चाहनेहरुका लागि तालिमको आयोजना गर्न लागिएको ईकमर्स साथीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय कुमालले जानकारी दिए । तालिम आउँदो सातादेखि हरेक दिन राति ९ बजेदेखि १० बजेसम्म अनलाईनमार्फत संचालन हुनेछ । तालिममा सहभागीहरुले १५ दिनमा नेपालका चर्चित न्यूजपोर्टलहरुजस्तै, कस्टम वेबसाईटहरु डिजाईन तथा डेभलवमेन्ट गर्न र त्यसलाई संचालन गर्न सक्षम हुने सिईओ कुमालले बताए । तालिममा सहभागीहरुले वेब होस्टिङ, डोमेनका बारेमा जानकारी पाउनुका साथै वर्डप्रेस वेबसाईट डेभलवमेन्ट गर्न, डेभलवमेन्ट भइसकेका वेबसाईटलाई म्यानेज गर्न,…
Read More
तिनपाङ्ग्रे सवारीलाई व्यवस्थित गर्न थानाभर्याङमा सेवा केन्द्र स्थापना

तिनपाङ्ग्रे सवारीलाई व्यवस्थित गर्न थानाभर्याङमा सेवा केन्द्र स्थापना

मकवानपुर । अस्तव्यस्त रुपमा सञ्चालनमा रहेका तिनपाँग्रे सवारी व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकाले छुटै सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । हेटौंडा–११, थानाभर्याङमा रहेको तौलपुलबाट सोमबारदेखी उपमहानगरपालिकाले तिनपाँग्रे सवारी व्यवस्थापनको काम सुरु गरेको हो । उपमहनगरले सञ्चालनमा ल्याएको सेवा केन्द्रको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले रिबन काटेर उद्घाटन गरेकी थिइन् । सो क्रममा उनले सुन्दर नगरलाई थप व्यवस्थित गर्दै लैजानका लागि तिनपांग्रे सवारी लक्षितगर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको बताइन् । उनले सेवा केन्द्रबाट तिनपांग्रे सवारीका लागि परेका समस्याको समाधान गर्दै व्यवस्थित ढंगबाट सञ्चालनको व्यवस्था मिलाउने तयारी उपमहानगरले गरेको बताइन् । पटक÷पटकको सर्वपक्षित छलफल पछि अहिले नियमित कामको बाताबरण तयार भएको भन्दै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.