हेटौँडा १९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ मंसिर १४ गते (शुक्रबार) हेटौंडा उपमहानगर वडा नम्बर–१९ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै १९ नम्बर वडाकि वडा सम्पर्क व्यक्ति मिना देवकोटाले वडाको पन्ध्रसोला खेलमैदानमा निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको जानकारी दिईन्।

बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत, ३ वटा सुचक ९५ प्रतिशत र बाँकी ३ वटा सुचकहरु क्रमशः ९०, ८५ र ८० सम्म नतिजा हाँसिल भएको देवकोटाले बताइन्।

वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३ हजार ३ सय ५० रहेको छ । जसमा १ हजार ७ सय २७ बालक र १ हजार ६ सय २३ बालिका रहेका छन् । कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ५१.५५ प्रतिशत बालक र ४८.४४ प्रतिशत बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत र बाल विकास केन्द्र सहितका १० वटा विद्यालयहरु सन्चालनमा रहेका छन् ।

साथै समुदाय स्तरमा १८ वटा बालसमुहरु र १ वडा बालसन्जाल रहेको छ । जसमा ४ सय ५० जना बालबालिकाहरु आवद्ध रहेका छन् । वडामा मुख्यतया बालविवाह र बालश्रम जस्ता समस्याहरु धेरै रहेको वडाका वडाअध्यक्ष नरनाथ सुवेदीले बताए । ‘ बालमैत्री वडा घोषणापश्चात हामी बालविवाह र बालश्रमको समस्या न्युनिकरणमा विशेष पहल गर्नेछौं’ । उनले भने ।

वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सन्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक सँस्थाहरु क्रीयाशिल छन् । यसाघि यस वडा पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा भैसकेको छ।

यसअघि हेटौंडा–८, ७,९,४,१७,२, १० र १५ ,११, नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.