सबै समाचार

1003 Posts

शौचालयमा लडेर हेटौँडामा एकको मृत्यू

मकवानपुर । मकवानपुरको हेटौंडामा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, कल्यानटार बस्ने २८ वर्षीय उद्धव राईको लडेर मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो मंगलबार साँझ पौने ६ बजेको समयमा राई आफ्नै घरको शौचालयबाट निस्कने क्रममा अचानक लडेर बेहोस् भएका थिए । लडेर बेहोस् भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । मृतक राईको शव सोही अस्पतालको शवगृहमा राखिएको प्रहरी नायव उपरीक्षक अर्यालले…
Read More
हेटौंडा–१२ का नवनिर्वाचित वडाध्यक्षले लिए शपथ

हेटौंडा–१२ का नवनिर्वाचित वडाध्यक्षले लिए शपथ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का नवनिर्वाचित वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले शपथ लिएका छन् ।नवनिर्वाचित वडाध्यक्ष तिवारीले सोमबार उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले शपथ ग्रहण गराएकी हुन् । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका तिवारी २ हजार ६३ मत प्राप्त गर्दै १२ नं. को वडाध्यक्षमा निर्वाचित भएका हुन् । शपथ ग्रहणपश्चात अध्यक्ष तिवारीले वडाबासीको हितका लागि सदैव काम गर्ने दृढता व्यक्त गरे । राजनीतिक पूर्वाग्रह राखेर काम गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने जोड दिँदै उनले १२ नं. वडामा विकासको मुहार फेर्ने गरी…
Read More
हेटौंडाबाट १११ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

हेटौंडाबाट १११ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, तिनताप्केस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट प्रहरीले सोमबार अवैध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी लेवट बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा एक सय ११ किलोसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी चैनपुर ढाका थाना बस्ने बर्ष ३० को महोमद समिर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोमबार दिउँसो सवा १ बजेको समयमा मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा १० च ५३३ नं. को योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गरिएको थियो । चेकजाँचको…
Read More
बकैयाको कर्मचुलीमा बकैया खेलग्रामको यसरी भयो उद्घाटन

बकैयाको कर्मचुलीमा बकैया खेलग्रामको यसरी भयो उद्घाटन

मकवानपुर ।बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको दावी गर्दै आफू पनि खेलकुद क्षेत्रबाटै यहाँसम्म आएको जानकारी गराए । ‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ, मैले मेरो जीवन खेलकुदमै बिताएकोले म यसको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु’, मन्त्री महर्जनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ । बागमती…
Read More
बसामाडीमा निःशुल्क आँखा शिविर तथा पाठेघर चेकजाँच हुने

बसामाडीमा निःशुल्क आँखा शिविर तथा पाठेघर चेकजाँच हुने

मकवानपुर । हेटौंडाको बसामाडीमा वृहत स्वास्थ्य शिविर हुने भएको छ । २० मंसिरमा जेसिआई हेटौंडाको आयोजनामा निःशुल्क आँखा शिविर तथा पाठेघर चेक जाँच सम्बन्धी स्वास्थ्य शिविर हुन लागिएको हो । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३, बसामाडीको सह–आयोजनामा हुन लागिएको शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग रहने आयोजकले जानकारी दिए । शिविरमा निःशुल्क आँखा शिविर र स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विशेषज्ञद्वारा महिलाहरुको पाठेघर सम्बन्धी चेक जाँच गरिने आयोजकले जनाएको छ । ३ नम्बर वडाका बासिन्दा लक्षित शिविर हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालयको प्राङ्गणमा बिहान ०९ः०० बजेदेखि दिउँसो ०३ः०० बजेसम्म सञ्चालन…
Read More
हेटौँडा १२ को वडाअध्यक्षमा अर्जुन तिवारी निर्वाचित

हेटौँडा १२ को वडाअध्यक्षमा अर्जुन तिवारी निर्वाचित

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा सम्पन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत भएको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा १ सय ४ मत र २०७९ को निर्वाचनमा ३१ मतले हराएको माओवादी केन्द्रलाई पछि पार्दै तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् । हेटौंडा–१२ मा लगातार दबदबा कायम राखेको माओवादी यो पटक आफ्नो साख जोगाउन चुकेको छ । यस अघिको सोही वडाको स्थानिय तहको निर्वाचनमा लगातार दुई पटकको हारपछि तेस्रो पटकको निर्वाचनमा माओवादीको किल्ला तोड्दै फराकिलो मतअन्तरले कांग्रेसका तिवारी निर्वाचित भएका हुन् । कुल खसेको ५ हजार ४८४ मत मध्ये ७६…
Read More
हेटौँडा १२ को भोर्ले र सिग्रेनी मतदान स्थलमा वडाअध्यक्ष पदका लागि धमाधम मतदान हुँदै

हेटौँडा १२ को भोर्ले र सिग्रेनी मतदान स्थलमा वडाअध्यक्ष पदका लागि धमाधम मतदान हुँदै

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का दुई मतदान स्थलमा वडा अध्यक्ष पदका लागि धमाधम मतदान भइरहेको छ । यसैबिच हेटौंडा १२ भोर्लेस्ति विष्णुज्योति आधारभुत विद्यालयमा बिहान ७ः १५ बजेबाट मतदान सुरु भएको छ । उक्त मतदान स्थलमा पहिलो मतदान नेकपा एमालेकी प्रतिनिधि आरति ढुङ्गानाले गर्नुभएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पनि मतदान गर्नुभएको छ । मतदान स्थल वरपर नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षाका बिचमा बिहान ७ः१५ बजेबाट मतदान भइरहेको छ । भोर्लेमा ३६२५ र सिग्रेनीमा ४४२८ मतदाता रहेको र दुवै मतदान…
Read More
मनहरीमा हुने फुटबल प्रतियोगितामा १२ टिम भिड्ने

मनहरीमा हुने फुटबल प्रतियोगितामा १२ टिम भिड्ने

मकवानपुर । मनहरीमा दोस्रो गोकुल राउत स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगीताको तयारी पुरा भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत १५ गते देखि २३ गते सम्म सञ्चालन हुने प्रतियोगीताको तयारी पुरा भएको आयोजक फ.सि. मनहरीले जानकारी दिएका हुन् । खेलकुद विकास समिति मनहरीको समन्वय तथा रेवा इन्टर नेशनल एकेडेमीको प्रायोजनमा मनहरी–७ को रमौली स्थित प्रस्तावित मदन भण्डारी क्षेत्रिय रंगशालामा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा १२ टिम सहभागीता रहने एफ.सि मनहरीका अध्यक्ष आसिस गुरुङले बताए । प्रतियोगिताको विजेता टिमले नगद रु. १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद रु. ५० हजार, शिल्ड, मेडल…
Read More
एड्स अन्त्यको नारासहित हेटौँडामा दिप प्रज्वलन

एड्स अन्त्यको नारासहित हेटौँडामा दिप प्रज्वलन

मकवानपुर । ३७ औं विश्व एड्स दिवस २०२४ को पूर्वसन्ध्यामा बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा एड्सका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसहित दीप प्रज्वलन गरिएको थियो। कार्यक्रमको अध्यक्षता जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले गरेका थिए। साथै, बागमती प्रदेशका एच.आई.भी. फोकल पर्सन जितेन्द्र कर्ण, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, र जिल्लामा एच.आई.भी. सम्बन्धित संस्थाका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।
Read More
पालुङमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

पालुङमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको छैठौं दिन शुक्रवार जेसीज कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका, नेपाल लेखापढी ब्यवशायी संघ, बैंक तथा बित्तीय संस्थाका कर्मचारी गरि ४ टिमको सहभागिता रहेको छ । शुक्रवार भएको २ खेलबाट प्रतियोगिताको फाईनलमा पुग्ने २ टिम छनोट भएका छन् । थाहा नगरको इन्द्रायणी चौरमा भएको प्रतियोगितामा आयोजक पालुङ जेसीजले बैंक तथा बित्तीय संस्थाका कर्मचारी यिमलाई २-१ गोल अन्तरले पराजित गरि आयोजक पालुङ जेसीज फाईनल प्रवेश गरेको हो । त्यस्तै थाहा नगरपालिका कर्मचारी टिमले नेपाल लेखापढी ब्यवशायी टिमलाई २-० गोल अन्तरले पराजित गरि थाहा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.