मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय हेटौंडाका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्साललाई हेटौंडामा स्वागत गरिएको छ । पातन्जल योग समिति मकवानपुरले हेटौंडा ११ , सिमल्टारमा एक कार्यक्रम गर्दै उनलाइ स्वागत गरेको हो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा योग समितिका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवालले योगको महत्त्वबारे प्रमुख अतिथी लम्साललाई जानकारी गराएका थिए । प्रदेश सरकारका प्रमुख सचिव लम्सालले योग स्वास्थ्यको लागि अत्यन्त जरुरी रहेकोले योग गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहाल, योग समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज काफ्ले, केन्द्रिय सदस्य यादव गजुरेल, बागमती प्रदेश उपाध्यक्ष ध्रुव भुजेल, हेटौंडा १ नम्बर वडाका पुर्व सदस्य उत्तम न्यौपाने, योग समिति जिल्ला अध्यक्ष लक्ष्मी कडेल, प्रमुख अभिभावक मानबहादुर लामा, समितिका यज्ञ बहादुर आचार्य लगायतकाको उपस्थिति रहेको थियोे । कार्यक्रम सिमलटार योग साधना केन्द्र हेटौंडा ११ थानाभर्याङ्गको ब्यवस्थापनमा भएको थियो ।