हेटौँडा १२ मा उपनिर्वाचनका लागि ४५ जना कर्मचारी खटिए

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ को वडा अध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाईएको छ ।

खटिएका कर्मचारीलाई मुख्य निर्बाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गर्नुभयो । निर्वाचन गराउन आवश्यक पर्ने ५८ प्रकारका सामाग्री कर्मचारीहरुलाई हस्तान्तरण गरिएको छ । २ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र निश्चीत गरिएको छ ।

मतदान स्थल सुरक्षाको प्रबन्धका लागि ८ वटा प्वाईन्ट बनाईएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । मतदान हुने अघिल्लो दिन राती देखि नै मतदान हुने वडा सिल गर्ने सुरक्षा तयारी रहेको उहाँले जानकारी दिनुभया । मतदमान स्थलको बाहीरी घेरामा नेपाली सेना रहनेछन् । भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन हुने प्रजिअ चिलुवालले बताउनुभयो ।

सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन भएलगत्तै हेटौँडा उपमहानगरपालिका २ सिदार्थ मावीमा मतगणना गर्ने तयारी रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.