Day: २०८१ मंसिर १४, शुक्रबार १९:५३ गते

हेटौँडा १९ नम्बर वडा बालमैत्री वडा घोषणा

हेटौँडा १९ नम्बर वडा बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडालाइ निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहमा कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले घोषणा पत्र पढेर बालमैत्री वडा घोषणा गर्नुभएको थियो। बालमैत्री वडा हुन थोरै सुचक यताउता भएता पनि बालमैत्री हुन पुग्ने सुचक वडाले पार गरेको वडाध्यक्ष नरनाथ सुबेदीले बताए । १९ नम्बर वडा साबिकको बसामाडी गाविस वडा १ ,२ , ४ , ६ र ७ मिलेर बनेको वडा भएकोले क्षेत्रफलको हिसाबले यस वडालाइ सबैभन्दा ठुलो वडा मानिन्छ । यसको कुलक्षेत्रफल ४७.०७ बर्ग किलोमीटर रहेको वडाले जनाएको छ ।…
Read More
हेटौँडा १२ मा उपनिर्वाचनका लागि ४५ जना कर्मचारी खटिए

हेटौँडा १२ मा उपनिर्वाचनका लागि ४५ जना कर्मचारी खटिए

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ को वडा अध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाईएको छ । खटिएका कर्मचारीलाई मुख्य निर्बाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गर्नुभयो । निर्वाचन गराउन आवश्यक पर्ने ५८ प्रकारका सामाग्री कर्मचारीहरुलाई हस्तान्तरण गरिएको छ । २ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र निश्चीत गरिएको छ । मतदान स्थल सुरक्षाको प्रबन्धका लागि ८ वटा प्वाईन्ट बनाईएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । मतदान हुने अघिल्लो दिन राती देखि नै मतदान हुने वडा सिल गर्ने सुरक्षा तयारी रहेको उहाँले जानकारी दिनुभया । मतदमान स्थलको बाहीरी घेरामा नेपाली…
Read More

हेटौँडा र मनहरीमा २ जनाको मृत्यू

मकवानपुर । हाइटेन्सन लाईनको तार चुडिएर भुईमा लत्रिएको अबस्थामा करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तारमा करेन्टलागेर स्थानीय ३८ वर्षिय मंगल सिंह प्रजाको मृत्यु भएको हो । करेन्ट लागी लडिरहेको अवस्थामा प्रजालाई देखी स्थानीयले प्रहरीलाई खवर गरेका थिए । यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घाईते भएको छ । घरबाट मनहरी तर्फ आउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनुभयो त्यसैगरी हेटौंडा ६ चौघडा बजारमा शुक्रबार बिहान अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ ।…
Read More

उपनिर्वाचन मतगणनाको परिणाम आयोगको वेबसाइटमा हेर्न पाइने

मकवानपुर । स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा हेर्न पाइने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएकी हुन् । जारी विज्ञप्ति अनुसार, यही १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । उक्त मतदान कार्य सम्पन्न भएर सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य सुरु हुने उनले बताइन् । मतगणना परिणामबारे निर्वाचनका सबै सरोकारवाको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको उनको भनाई छ । आइतबार नगरप्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.