हेटौँडा १९ नम्बर वडा बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडालाइ निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहमा कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले घोषणा पत्र पढेर बालमैत्री वडा घोषणा गर्नुभएको थियो। बालमैत्री वडा हुन थोरै सुचक यताउता भएता पनि बालमैत्री हुन पुग्ने सुचक वडाले पार गरेको वडाध्यक्ष नरनाथ सुबेदीले बताए ।

१९ नम्बर वडा साबिकको बसामाडी गाविस वडा १ ,२ , ४ , ६ र ७ मिलेर बनेको वडा भएकोले क्षेत्रफलको हिसाबले यस वडालाइ सबैभन्दा ठुलो वडा मानिन्छ । यसको कुलक्षेत्रफल ४७.०७ बर्ग किलोमीटर रहेको वडाले जनाएको छ । वडाका अनुसार २०७९ घरधुरी रहेको छ भने कुल जनसंख्या १०,०९४ रहेको छ । जसमा ४९९३ महिला , ५१०१ पुरुष , ३३५० बालबालिका छन् । बालक १७२७ तथा बालिका १६२३ रहेका छन् ।

हेटौंडा १९ नम्बर वडा कार्यालय र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुलसमारोह समितिको आयोजनामा हेटौंडा १९ पन्ध्रशोलामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, उपमहानगरका प्रवक्ता तथा हेटौंडा १ का वडाध्यक्ष सबिन न्यौपाने, उपमहानगर भित्रका वडाध्यक्षहरु जुना दाहाल, सुशील घिमिरे, सुकराम के.सी., दामोदर गौतम, रामकृष्ण थापा, पेम्बा लामा लगायत सरोकारवाला सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.