मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको तेस्रो दिन न्यानो कपडा वितरण गरिएको छ ।
थाहा नगरपालिकाका ५ जनालाई न्यानो कपडा वितरण गरिएको पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बाताए ।
पालुङ जेसीज वर्ष २०२४ का निवर्तमान अध्यक्ष संगम कार्कीले आफ्ना हजुरबुबा हजुरआमा कृष्णबहादुर र तारादेवी कार्कीको स्मृतिमा न्यानो कपडा वितरण गरिएको कार्कीले बताए ।
जाडो मौसममा अति आवश्यक पाँच जनालाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो । कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा पूर्वध्यक्ष सानोभाई कार्की, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मान सिं दोङ, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्ट लगायतको सहभागिता रहेको थियो ।