सबै समाचार

1003 Posts
श्रीराम पाण्डेको कथा सङ्ग्रह ‘दुर्घटित जन्म’ हेटौँडामा विमोचन

श्रीराम पाण्डेको कथा सङ्ग्रह ‘दुर्घटित जन्म’ हेटौँडामा विमोचन

मकवानपुर । साहित्यकार श्रीराम पाण्डेको कथा सङ्ग्रह 'दुर्घटित जन्म'को हेटौँडामा विमोचन गरिएको छ । शनिबार हेटौँडाको भैरबरोडमा रहेको किताबघरमा आयोजित एक कार्यक्रमका बीच कृति विमोचन तथा विमर्श गरिएको हो । पाँच दशकदेखि साहित्य रचनामा लागिरहेका पाण्डेको पुस्तकाकार रुपमा चौथो तथा आख्यानका रुपमा पहिलो कृतिको रुपमा 'दुर्घटित जन्म' प्रकाशित भएको हो । विमोचित कृतिमाथि बोल्दै साहित्यकार शान्ति प्रियवन्दनाले कृतिभित्रका कथाहरू रचनाकालका दृष्टिले पुराना भएपनि पछिल्लो समयका पाठकलाई कथाले आकर्षित गर्ने क्षमता राख्ने दाबी गरिन् । सङ्ग्रहभित्रका ३६ वटा कथाहरूमध्ये कतिपयमा विषयवस्तुको पुनरावृत्ति भए पनि त्यसले पाठकमा सकारात्मक प्रभाव छाड्ने प्रियवन्दनाले बताइन् । यस्तै कवि साम्ब ढकालले कविता, निबन्ध तथा आख्यानमा उत्तिकै…
Read More
हेटौँडा आइडलमा उत्कृष्ट १५ छनौट

हेटौँडा आइडलमा उत्कृष्ट १५ छनौट

मकवानपुर । मकवानपुर निर्माण व्यवसायी संघद्वारा आयोजित हेटौँडा आइडल मा ३५ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका छन् । शनिबार सम्पन्न अडिसनमा सहभागीहरूले गायन प्रस्तुति दिए, जसबाट उत्कृष्ट १५ छनौट भएका छन्। उत्कृष्ट १५ मा अमित बर्तौला, विर्सना सिङ्तान, दिलिप लामा, मेघना लामा, शुक्र महर्जन, सरोज स्याङ्बो, सुगम केसी, आरपी सापकोटा, प्रकाश वाईबा, रमेश घतानी, दिपा स्याङ्तान, भुवन घलान, अनिश बस्नेत, शान्तीमाया स्याङ्तान, शिवजी बुढाथोकी र सुशन शाही ठकुरी रहेका छन् । यो प्रतियोगिता दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा आयोजना गरिएको हो । महोत्सव फागुन ६ देखि १८ गतेसम्म हेटौँडा–१०, टिसिएन चौरमा सञ्चालन हुने छ। छनोट भएका १५…
Read More
राजन घिमिरेको नेतृत्वमा स्वतन्त्र पत्रकार संघ मकवानपुरको नयाँ कार्यसमिति चयन

राजन घिमिरेको नेतृत्वमा स्वतन्त्र पत्रकार संघ मकवानपुरको नयाँ कार्यसमिति चयन

मकवानपुर । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्। शुक्रबार सम्पन्न संघको चौथो अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा आयोजित अधिवेशनमा केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ विशेष उपस्थित थिए। नवगठित कार्यसमितिमा घिमिरेसँगै उपाध्यक्षमा रवीन्द्र कार्की, सचिवमा बसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सुमिना चौलागाई, प्रमोद सहनी, र नवीन चौधरी निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष घिमिरेले स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन, पत्रकारहरूको हकहितको संरक्षण तथा संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। रेडियो थाहा सञ्चारमा कार्यरत र खबरसहकारी डटकमका सम्पादकसमेत रहेका घिमिरेले संघको गतिविधिलाई व्यवस्थित गर्दै नियमित बैठक,…
Read More
प्रदेशसभा सदस्य बानियाँको मनहरी सम्पर्क कार्यालयमा छलफल

प्रदेशसभा सदस्य बानियाँको मनहरी सम्पर्क कार्यालयमा छलफल

मकवानपुर । कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरीस्थित सम्पर्क कार्यालयमा जनताको गुनासो सुन्ने तथा समाधानका बारेमा छलफल गर्नुभएको छ । मकवानपुर संघीय क्षेत्र नम्बर २ प्रदेश ख का कैलाश, राक्सीराङ्ग, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरका ३ र १९ नम्बर वडाका प्रतिनिधिमूलक अगुवा जनता र जनप्रतिनिधिबीच शुक्रबार बिकास निर्माण, त्यस क्षेत्रको आवश्यकता, समस्या समाधानका बारेमा छलफल भएको थियोे । छलफलमा नेता बानियाँले भौगोलिक अवस्था, तत्काल आवश्यकता र औचित्यका आधारमा क्रमशः खानेपानी, सडक, विद्युत विस्तारलगायतका भौतिक पूर्वाधार निर्माणमा दृढ भएर लाग्ने बताउनुभयो । पश्चिमी क्षेत्रमा गाँजा र अफिम ओसारपसारका…
Read More
प्रजिअ चिलुवालको मकवानपुरबाट सरुवा

प्रजिअ चिलुवालको मकवानपुरबाट सरुवा

मकवानपुर । मकवानपुरका चिलुवालको सरुवा भएको छ । उनको सरुवा भएसँगै निर्माण व्यवसायी संघ मकवानपुरले चिलुवालसँग छलफल कार्यक्रम गरेको छ । संघमा प्रजिअ चिलुवालको फेरि भेटौला तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर विश्वराज खड्का र सशस्त्र प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहको स्वागत कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा जिल्लाको शान्ति सुरक्षालगायतका विषयमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निर्माण व्यवसायीले गरेको कामको समयमा भुक्तानी पाउनुपर्ने र यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले सुशासनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माण विकासको मेरुदण्डभएको बताउनुभयो । संघका अध्यक्ष बाल गोपाल कंडेल र पूर्व अध्यक्ष आनन्दराम…
Read More
हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

मकवानपुर । हेटौँडा उपमहानगरपालिका आज बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । आज उपप्रधान,स्थानीय विकास तथा संघीय मामिला मन्त्री प्रकाशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो । घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये हेटौंडा उपमहानगरपालिकाले ४३ सूचकमा सतप्रतिशत नतिजा प्राप्त गरेको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले बताउनुभयो । १९ वटा वडा रहेको यस उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १ सय ९५ बालबालिका रहेका छन् । यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैंया गाउँपालिका बालमैत्री पालिका घोषणा भइसकेका छन् । घोषणा कार्यक्रम अघि हेटौँडाका विभिन्न सामुदायिक तथा निजी विद्यालय र संघसंस्थाहरुले र्याली प्रदर्शन समेत…
Read More
मकवानपुरमा फागुन २ गते क्युपेकको आठौं जिल्ला अधिवेशन हुने

मकवानपुरमा फागुन २ गते क्युपेकको आठौं जिल्ला अधिवेशन हुने

मकवानपुर । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) को आठौं मकवानपुर जिल्ला अधिवेशन आगामी फागुन २ गते (शुक्रबार) हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै मकवानपुर क्युपेकका अध्यक्ष प्रह्लाद राईले अधिवेशनबारे जानकारी गराएका थिए। निर्माण र पर्यावरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई संगठित गर्दै आएको क्युपेक नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को एक सशक्त घटक युनियनका रूपमा क्रियाशील रहेको छ। यस संस्थाले श्रमिकहरूको हकहित र नीति निर्माणमा पहल गर्दै कार्यस्थलमा देखिने समस्या समाधानमा समेत सक्रिय भूमिका खेल्दै आएको छ। जिल्ला अधिवेशनको उद्घाटन मकवानपुरको पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा हुनेछ। उद्घाटन समारोहमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था…
Read More
हेटौँडा उपमहानगरपालिका बालमैत्री घोषणा हुँदै

हेटौँडा उपमहानगरपालिका बालमैत्री घोषणा हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिका आज बालमैत्री घोषणा हुँदैछ । उपप्रधान तथा स्थानीय विकास तथा संघीय मामिला मन्त्री प्रकाशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । कार्यक्रममा बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यहरु लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहने जनाइएको छ । घोषणा कार्यक्रम अघि हेटौँडाका विभिन्न सामुदायिक तथा निजी विद्यालय र संघसंस्थाहरुले र्याली प्रदर्शन समेत गरेको छ । हेटौँडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा घोषणा सभा हुँदैछ ।
Read More
कैलाश गाउँपालिकामा फागुन ८ र ९ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

कैलाश गाउँपालिकामा फागुन ८ र ९ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

मकवानपुर ।कैलाश गाउँपालिका तथा खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ हुने भएको छ। प्रतियोगिता फागुन ८ र ९ गते कैलाश गाउँपालिका-३, कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। प्रतियोगितामा भलिबल, एथलेटिक्स (दौड, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, सटफुट), र तेक्वान्दो लगायतका खेल समावेश छन्। प्रतियोगितामा १८ वर्षमुनिका, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुन पाउने छन् ।
Read More
फोहोर व्यवस्थापन संकटः हेटौंडामा स्वास्थ्य जोखिम बढ्दो

फोहोर व्यवस्थापन संकटः हेटौंडामा स्वास्थ्य जोखिम बढ्दो

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले माघ २४ गतेदेखि फोहोर संकलन कार्य रोकेपछि अहिले बजार क्षेत्रमा फोहोरको थुप्रो देखिएको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले माघ २२ गते राप्ती नदी किनारमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि फोहोर संकलन स्थगित भएको हो। वैकल्पिक डम्पिङ साइटको व्यवस्था नभएकाले नगर क्षेत्रमा फोहोर थुप्रिँदै गएको छ, जसले वातावरणीय प्रदूषण र स्वास्थ्य समस्याको जोखिम बढाएको छ। स्थानीयहरू दुर्गन्ध, सङ्क्रमण र सरसफाइको अभावबाट प्रभावित भएका छन्। पसलबाट तथा व्यापारीहरुले प्लाष्टिकहरु एकठाउँमा नराखी सडक छेउमै छोड्ने बानीले पनि थप समस्या निम्ताएको छ । अदालतले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.