मकवानपुर । हेटौँडा उपमहानगरपालिका आज बालमैत्री घोषणा हुँदैछ । उपप्रधान तथा स्थानीय विकास तथा संघीय मामिला मन्त्री प्रकाशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यहरु लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहने जनाइएको छ ।
घोषणा कार्यक्रम अघि हेटौँडाका विभिन्न सामुदायिक तथा निजी विद्यालय र संघसंस्थाहरुले र्याली प्रदर्शन समेत गरेको छ । हेटौँडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा घोषणा सभा हुँदैछ ।
प्रतिकृया दिनुहोस्