२०८२ जेष्ठ ३१, शनिबार १८:१९ गते
२०८२ जेष्ठ ३१, शनिबार १८:१९ गते
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जिल्ला समिति मकवानपुरले सञ्चालन गरेको दोस्रो चरणको जनआन्दोलन अन्तर्गतका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। आन्दोलनका कार्यक्रमहरू पार्टीको केन्द्रिय निर्देशनअनुसार प्रदेशस्तरीय र जिल्लास्तरीय सहभागिता सहित विभिन्न चरणमा सम्पन्न गरिएको हो। पार्टीले 'समाजवादको तयारी' को मूल नाराका साथ संघर्षमा उत्रिएको जनाएको छ। प्रमुख नेताहरूको सहभागिता रहेको जिल्ला समितिको आयोजनामा विभिन्न चरणमा जनजागरण, ज्ञापनपत्र बुझाउने, सभा–सभा लगायतका गतिविधिहरू गरिएको छ। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, जेठ ५ गते केन्द्रिय, प्रदेश र जिल्ला तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको थियो। त्यसपछि, जेठ ७ गते प्रदेश सरकारलाई वैशाख १९ गते बुझाइएको ज्ञापन पत्र स्मरण गराउँदै पुनः बुझाइएको थियो। निरन्तर चरणबद्ध कार्यक्रम…