सबै समाचार

1072 Posts
नेपाल टेलिकम हेटौँडाद्वारा मामाघर नेपाललाई १ लाखको सहयोग

नेपाल टेलिकम हेटौँडाद्वारा मामाघर नेपाललाई १ लाखको सहयोग

हेटौँडा । सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय संस्था ‘मामाघर नेपाल’ मकवानपुरलाई नेपाल टेलिकम, उपक्षेत्रीय कार्यालय हेटौँडाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ लाख बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग स्वरूप प्रदान गरेको छ । असार २३ गते आयोजित एक कार्यक्रमका बीच नेपाल टेलिकम, उपक्षेत्रीय कार्यालय हेटौँडाका निर्देशक दीपक कुमारको नेतृत्वमा कर्मचारीहरूको टोलीले मामाघर नेपालमै पुगी उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा निर्देशक दीपक कुमार, दिलीप कुमार वर्मा, रमेश प्रसाद खतिवडा, रोशन शर्मा, बाशु प्रसाद ढुँगेल, श्रीराम खतिवडा, दिनेश अर्याल, कुमार अर्याल, सानू बाबु खनाल र विक्रम मुखियालगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्देशक दीपक कुमारले मामाघर नेपालले गरिरहेको…
Read More
सडक दुर्घटना न्यूनीकरणका लागि ‘रोड मिरर’ जडान

सडक दुर्घटना न्यूनीकरणका लागि ‘रोड मिरर’ जडान

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ मा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘रोड मिरर’ (Road Mirror) जडान गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त तथ्यांकअनुसार, राप्ती पुलदेखि पश्चिम सरस्वती खोल्सीसम्मको क्षेत्रमा आर्थिक वर्ष २०८२/०८३ मा ९३ वटा सडक दुर्घटना भएका छन्। उक्त दुर्घटनाहरूमा परी १६३ जना घाइते, ७ जना गम्भीर घाइते र २ जनाको मृत्यु भएको छ। पछिल्लो समय यस क्षेत्रमा सडक दुर्घटनाका कारण मानिसहरूको ज्यान जानु र अंगभंग हुनुका साथै गम्भीर घाइते हुनेको संख्या अत्यधिक देखिएपछि यसको नियन्त्रणका लागि सुरक्षात्मक पहल गरिएको हो। विशेष गरी राजमार्गका शाखा बाटोहरूबाट मुख्य सडकमा प्रवेश गर्दा दायाँबायाँबाट आउने सवारी साधनहरू नदेखिँदा हुने दुर्घटनालाई कम…
Read More
थाहा नगरको खानेपानी गुणस्तरीय: जनस्वास्थ्य कार्यालयको परीक्षणमा शुद्धता प्रमाणित

थाहा नगरको खानेपानी गुणस्तरीय: जनस्वास्थ्य कार्यालयको परीक्षणमा शुद्धता प्रमाणित

हेटौंडा / थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको पानीमा शुद्धता रहेको पाइएको छ । वर्षासँगै खानीपानीमा हुनसक्ने संभावित संक्रमणको जाँच गर्न गरिएको पानीको गुणस्तर परीक्षणको नतिजामा शुद्धता पाइएको हो । थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले व्यवस्थापन गर्दै आएको विभिन्न १४ वटा मूल मार्फत धारामा झरेको पानीको नमुना परीक्षण गरेको थियो । परीक्षण अनुसार मूलमा जुन शुद्धता छ, सोही गुणस्तरको पानी धारामा पाइएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको प्रयोगशालामा खानेपानी गुणस्तर परीक्षण गरिएको बोर्डकी कार्यकारी निर्देशक शकुन्तला गोपालीले बताइन् । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले समय समयमा खानेपानी गुणस्तर परीक्षण गर्दै…
Read More
वातावरण र मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न

वातावरण र मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न

हेटौँडा । वातावरण र मानव अधिकार’ विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा आयोजित उक्त कार्यक्रममा वातावरण संरक्षण र मानव अधिकारको अन्तरसम्बन्धका बारेमा व्यापक छलफल गरिएको छ। कार्यक्रममा जलवायु परिवर्तन र त्यसका असरहरू, वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापन, वातावरणलाई हरित बनाउने उपाय तथा योसँग सम्बन्धित नीति–नियम, कानुन र तिनको कार्यान्वयनका पक्षबारे छलफल गरिएको थियो। इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि लामाले वातावरण संरक्षण गर्नु हरेक नागरिकको साझा दायित्व रहेको बताउनुभयो। त्यसैगरी, विशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी…
Read More
प्रदेश कानुन र कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया

प्रदेश कानुन र कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया

हेटौँडा । बागमती प्रदेश सरकारद्वारा निर्मित कानुन र तिनको कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा हेटौँडामा उक्त कार्यक्रम भएको हो। मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतको सभाध्यक्षता र प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्नेतले बागमती प्रदेश सरकारबाट जारी भएका ऐन, अध्यादेश, नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र आदेशहरूको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पुलामीले प्रदेशमा कानुन निर्माणको काम सन्तोषजनक भए पनि कार्यान्वयन पक्ष भने निकै कमजोर…
Read More
शंकर ज्योति माविमा ‘बाल संरक्षण मापदण्ड’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

शंकर ज्योति माविमा ‘बाल संरक्षण मापदण्ड’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा–११ स्थित शंकर ज्योति माध्यमिक विद्यालयमा ‘विद्यालयका लागि बाल संरक्षण मापदण्ड, २०८२’ कार्यान्वयन र सचेतनासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। सीविन बाल हेल्पलाइन हेटौँडाको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यालयका बालबालिकालाई हिंसा र दुर्व्यवहारबाट जोगाउने, बालअधिकारको संरक्षण गर्ने तथा विद्यालयमा सुरक्षित वातावरण निर्माण गर्ने विषयमा विशेष छलफल गरिएको थियो। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५७ ले दिएको अधिकार प्रयोग गरी विद्यालयहरूले आफ्नो संस्थागत तहमा बाल संरक्षण मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। कार्यक्रममा सीविन बाल हेल्पलाइन हेटौँडाका प्रमुख झविन्द्र ज्ञवालीले बाल संरक्षण मापदण्ड, बालबालिकासँग गर्न नहुने व्यवहार र उजुरी प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा हेटौँडा–११…
Read More
हेटौँडा-७ लाई प्लाष्टिकमुक्त वडा घोषणा

हेटौँडा-७ लाई प्लाष्टिकमुक्त वडा घोषणा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमुक्त अभियानलाई तीव्रता दिएको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच बागमती प्रदेशमै पहिलोपटक हेटौँडा–७ लाई 'पातलो प्लाष्टिक झोला प्रयोगमुक्त वडा' घोषणा गरिएको छ। नगरप्रमुख मीनाकुमारी लामाले प्लाष्टिकजन्य प्रदूषणले वातावरण र मानव स्वास्थ्यमा गम्भीर चुनौती थपेको भन्दै यो अभियानलाई क्रमशः उपमहानगरका सबै वडामा विस्तार गरिने बताउनुभयो। “वातावरण संरक्षणका लागि प्लाष्टिकको प्रयोग न्यूनीकरण अपरिहार्य छ,” उहाँले भन्नुभयो, “वडाबाट सुरु भएको यो प्रयासमा स्थानीय महिला, विद्यार्थी, टोल विकास संस्था र आमा समूहको भूमिका निर्णायक रहनेछ।” बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजनाअन्तर्गत 'एक जिल्ला, एक वडा प्लाष्टिक मुक्त' अभियानका रूपमा सञ्चालित यो कार्यक्रममा…
Read More
मेयर लामाको पत्रकारलाई सन्देश: ‘केन्द्रसँग प्रतिस्पर्धा गर्नोस्’

मेयर लामाको पत्रकारलाई सन्देश: ‘केन्द्रसँग प्रतिस्पर्धा गर्नोस्’

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले पत्रकारहरूलाई काठमाडौँको मूलधारको पत्रकारितासँग प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ। उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित ‘फिचर लेखन प्रतियोगिता’का विजयी पत्रकारहरूलाई बधाई दिँदै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गर्नुभएको हो। नगर प्रमुख लामाले हेटौँडा प्रदेशको राजधानी र संघीय राजधानीसँग जोडिएको हुनाले अब यहाँका पत्रकारहरूलाई 'मोफसल'को पत्रकार भन्ने छुट नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “हेटौँडाबाट सञ्चालित सञ्चारमाध्यमहरूलाई अब स्थानीय मात्र नभनी राष्ट्रिय स्तरसँगै प्रतिस्पर्धामा उत्रिन र हेटौँडालाई पत्रकारिताको केन्द्र बनाउन मेरो आग्रह छ।” पत्रकारिता समाजको ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै उहाँले सञ्चारकर्मीले आफ्नो हतियार र सम्पत्तिको रूपमा रहेको ‘विश्वास’लाई जोगाउनुपर्नेमा जोड दिनुभयो। “अहिले जानकारीको अभाव छैन, तर…
Read More
फिचर लेखन प्रतियोगिता प्रोत्साहन रकम वितरण

फिचर लेखन प्रतियोगिता प्रोत्साहन रकम वितरण

हेटौंडा । फिचर लेखन प्रतियोगिता प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय को आर्थिक सहयोगमा कार्यक्रम भएको हो । फिचर लेकन प्रतियोगितामा पत्रकार अञ्जली थापा सर्वोत्कृष्ट भएकि थिइन् । उनलाई नगरप्रमुख मीना कुमारी लामाले ४५ हजार रुपैयाँको चेक सहित प्रमाणपत्र प्रदान गरेकी थिइन् । यसैगरी कार्यक्रमकि प्रमुख अतिथी नगर प्रमुख लामाले उत्कृष्ट नतिजा ल्याउन सफल पत्रकारहरुमा सुनिता बिष्ट , मनिता राना , नवीन राउत , जमुना थिङ , वसन्त भण्डारी , प्रतीक्षा न्यौपाने रुपक कालिराज , सुजन ढकाल , सन्तोष विश्वकर्मा , आरती ढकाललाई प्रमाणपत्र सहित…
Read More
युवा उद्यमीलाई हौसला प्रदान गर्न नगर प्रमुखको अनुगमन

युवा उद्यमीलाई हौसला प्रदान गर्न नगर प्रमुखको अनुगमन

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले स्वदेशमै स्वरोजगार बन्न चाहने युवाहरूलाई प्रवर्द्धन गर्ने नीतिअन्तर्गत कृषि क्षेत्रमा सक्रिय युवा उद्यमीहरूलाई साथ र सहयोग दिँदै आएको छ। यसैक्रममा हेटौँडा–१४ मा सञ्चालित ‘निश्चलराज एकीकृत कृषि तथा पशुपन्छी फर्म’ को हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा नगर प्रमुख लामाले पछिल्लो समय हेटौँडामा व्यावसायिक खेतीतर्फ आकर्षण बढेको र विशेष गरी ‘ड्रागन फ्रुट’ तथा पशुपन्छी पालनमा युवाहरूले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले उत्पादनमूलक कार्यमा लाग्न चाहने युवा उद्यमीहरूका लागि उपमहानगरपालिका सधैँ सहकार्य र सहयोगका लागि तयार रहेको बताउनुभयो। फर्मको निरीक्षणका लागि नगर प्रमुख लामासहित प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली नेतृत्वको टोली पुगेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.