२०८२ कार्तिक १२, बुधबार १२:११ गते
२०८२ कार्तिक १२, बुधबार १२:११ गते
हेटौंडा । छिमेकी मुलुक भारतको सिक्किममा बिहीबारदेखि सुरु हुन लागेको १८औं एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन लागेको हेटौंडा फुटबल एकेडेमी, मकवानपुरलाई कोरियाबाट सहयोग प्राप्त भएको छ। बी डिभिजन खेलाडी अजय बराल, जो हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका छन्, उनले एकेडेमीका खेलाडीहरूका लागि २० सेट जर्सी र कट्टु सहयोग गरेका छन्। यो सहयोगको मूल्य करिब ३० हजार रुपैयाँ बराबर रहेको हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिए। लामाका अनुसार, अजय बरालको यो सहयोगले खेलाडीहरूलाई उत्साह प्रदान गरेको छ। उनले भने, “विदेशमा रहेर पनि खेलप्रति माया र समर्थन देखाउनु निकै प्रेरणादायी कुरा हो।” हेटौंडा फुटबल…