मकवानपुर बालविद्या सदनको ‘स्किल क्याम्प’

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८ स्थित मकवानपुर बालविद्या सदन विद्यालयले दशैं–तिहारको बीचमा आयोजना गरेको ‘स्किल क्याम्प’ कार्यक्रमले विद्यार्थीहरूमा मौलिक उत्पादन र सिर्जनात्मक सीप विकासको उदाहरण प्रस्तुत गरेको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउँदै बालविद्या सदनले गरेको यो पहल शैक्षिक क्षेत्रमा नयाँ दृष्टिकोण ल्याउने काम गरेको बताउनुभयो। उहाँका अनुसार, आजको कृत्रिम बुद्धिमत्ता युगमा विद्यार्थीहरूलाई सिर्जनशील बनाउनु चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विद्यालयले प्रस्तुत गरेको यस्तो अभ्यास अत्यन्तै प्रेरणादायी छ।

मेयर लामाले भन्नुभयो, “हाम्रा नानी–बाबुलाई आफ्ना मौलिक उत्पादनसँग परिचित गराउनु र उत्पादन गर्ने सीप सिकाउनु आजको आवश्यकता हो। यस विद्यालयले त्यसैको जीवन्त अभ्यास प्रस्तुत गरेको छ।”

उहाँले कार्यक्रममा विद्यार्थीहरूले प्रदर्शन गरेका हस्तकला, कलात्मक प्रस्तुति र अन्य मौलिक उत्पादनहरू अवलोकन गर्दै आफूलाई ध्यान र योग शिविरमा पुगेजस्तो सन्तोष अनुभव भएको बताउनुभयो। साथै, विद्यालयका सिर्जनशील व्यक्तित्व सुदिप गिरीलाई विद्यार्थीको क्षमता उजागर गर्न गरेको योगदानका लागि बधाईसमेत दिनुभयो।

विद्यालयले आयोजना गरेको ‘स्किल क्याम्प’ अन्तर्गत विद्यार्थीहरूले विभिन्न हस्तनिर्मित वस्तु, कलात्मक प्रदर्शन र सीप आधारित कार्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.