Day: २०८२ कार्तिक ३, सोमबार १७:०३ गते

मुख्यमन्त्री बानियाँद्वारा विपन्न परिवारका लागि निर्माण गरिएको पहिलो घर हस्तान्तरण

मुख्यमन्त्री बानियाँद्वारा विपन्न परिवारका लागि निर्माण गरिएको पहिलो घर हस्तान्तरण

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम नागरिक सेवामा खर्च गर्ने निर्णयअनुरूप पहिलो घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन्। गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकमै उहाँले आफ्नो तलब तथा सुविधा विपन्न नागरिकको सेवामा प्रयोग गर्ने निर्णय गर्नुभएको थियो। उक्त निर्णयअनुसार मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका तीन अति विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना अघि बढाएका थिए। तीमध्ये मनहरी गाउँपालिकाकी मिठ्ठुमाया तामाङको घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो। १४ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी मिठ्ठुमायाले १५ वर्षमा पहिलो सन्तान जन्म दिएकी थिइन्। तीन छोरा र एक छोरीकी आमा मिठ्ठुमायाका श्रीमान्को…
Read More
मकवानपुर बालविद्या सदनको ‘स्किल क्याम्प’

मकवानपुर बालविद्या सदनको ‘स्किल क्याम्प’

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८ स्थित मकवानपुर बालविद्या सदन विद्यालयले दशैं–तिहारको बीचमा आयोजना गरेको ‘स्किल क्याम्प’ कार्यक्रमले विद्यार्थीहरूमा मौलिक उत्पादन र सिर्जनात्मक सीप विकासको उदाहरण प्रस्तुत गरेको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउँदै बालविद्या सदनले गरेको यो पहल शैक्षिक क्षेत्रमा नयाँ दृष्टिकोण ल्याउने काम गरेको बताउनुभयो। उहाँका अनुसार, आजको कृत्रिम बुद्धिमत्ता युगमा विद्यार्थीहरूलाई सिर्जनशील बनाउनु चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विद्यालयले प्रस्तुत गरेको यस्तो अभ्यास अत्यन्तै प्रेरणादायी छ। मेयर लामाले भन्नुभयो, “हाम्रा नानी–बाबुलाई आफ्ना मौलिक उत्पादनसँग परिचित गराउनु र उत्पादन गर्ने सीप सिकाउनु आजको आवश्यकता हो। यस विद्यालयले त्यसैको जीवन्त अभ्यास प्रस्तुत गरेको छ।” उहाँले कार्यक्रममा…
Read More
५ ठाउँमा तिहार बजार तोकिएकोमा ३ ठाउँमा मात्र बजार बस्यो

५ ठाउँमा तिहार बजार तोकिएकोमा ३ ठाउँमा मात्र बजार बस्यो

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले तिहार लक्षित बजार भनेर ५ ठाउँलाई तोकेको भएतापनी ब्यापारीहरु ३ ठाउँमा बसेर ब्यापार गरिरहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ परिषर, सङ्गम चोकमा फुल तथा फलफुल, हेटौंडा अस्पताल अगाडि म्याजिक पार्कमा सबैखाले तिहार सम्बन्धित बजार राखिएको छ । हुन त तिहार लक्षित बजार हेटौंडा १० स्थित तिलगंगा आँखा अस्पताल पछाडीको खुला चौर र फरेष्ट्री क्याम्पसको पर्खाल अगाडिको खाली ठाउँमा तोकिएको भएतापनी अपाएक पर्ने भन्दै त्यहाँ ब्यापारीहरु नगएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताए । उनका अनुसार तिहार बजार ब्यवस्थापन गर्न उपमहानगरपालिका लागिपरेको छ, फुल खेतीलाइ प्रोत्साहन गर्ने उद्देश्यले बाहिरबाट आउने प्लास्टिकका फुलमाला प्रयोगमा रोक लगाइएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.