सबै समाचार

1003 Posts
भूमिहीन समस्या समाधानमा पहल जारी रहने दाबी

भूमिहीन समस्या समाधानमा पहल जारी रहने दाबी

हेटौंडा । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा भूमिहीन नागरिकहरूको समस्या समाधानका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–११, सिमल्टारमा राष्ट्रिय भूमि अधिकार मञ्च, मकवानपुरद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलाको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार बर्तौलाले जिल्लाका भूमिहीन नागरिकहरूको समस्या समाधानका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिनमा पनि यस विषयलाई प्राथमिकतामा राख्ने बताए। उनले मुलुकभर रहेका करिब १२ लाख भूमिहीन नागरिकको समस्या समाधानका लागि संसदमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै भूमि आयोगमार्फत काम अगाडि बढिरहेको जानकारी दिए। नीतिगत समस्या देखिए संसदमार्फत समाधान खोजिने उनको भनाइ थियो। भूमि समस्या समाधान आयोग,…
Read More
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि छायाँ प्रतिवेदन सम्बन्धी कार्यशाला सम्पन्न

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि छायाँ प्रतिवेदन सम्बन्धी कार्यशाला सम्पन्न

हेटौंडा– आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ESCR) को छायाँ प्रतिवेदन तयारी र सन्धि कार्यान्वयन प्रक्रियाबारे छलफल गर्न हेटौंडामा प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ। इन्सेक बागमती प्रदेशको आयोजनामा बिहीबार कार्यक्रम गरिएको हो। इन्सेक कार्यसमिति सदस्य विद्या चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यशालामा बागमती प्रदेश सरकारकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूको अनुगमन, सन्धि निकायमा प्रतिवेदन पेस गर्ने प्रक्रिया, तथा सन्धिअन्तर्गत सरकारका दायित्व प्रभावकारी रूपमा कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने उद्देश्यबारे चर्चा गरिएको थियो। कार्यशालामा प्रस्तुति दिँदै इन्सेक कार्यसमिति सदस्य डा. विद्या चापागाईंले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रले पेस गर्नुपर्ने प्रतिवेदनका मुख्य…
Read More
भोजसिद्द माविको स्वर्ण जयन्ती मनाईने

भोजसिद्द माविको स्वर्ण जयन्ती मनाईने

मकवानपुर-पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–५ मा रहेको श्री भोजसिद्द माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ । विद्यालयले आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउन लागेको हो । स्वर्ण जयन्ती समारोहलाई भव्य र अर्थपूर्ण बनाउने उद्देश्यले मनहरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता, छात्र भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । साथै खुला म्याराथन प्रतियोगिता, अभिभावक घ्याम्पो फुटाइ प्रतियोगिता, रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रमसमेत समावेश गरिएको मनहरी गाउँपालिका–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए । स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा स्वर्ण…
Read More
बकैया–५ र ६ मा (नेकपा) को चुनावी सरगर्मी

बकैया–५ र ६ मा (नेकपा) को चुनावी सरगर्मी

मकवानपुर — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका–५ र ६ मा आयोजित अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमले चुनावी माहोल थप तातेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतमले देशले भोगिरहेको वर्तमान संकटको समाधानका लागि नेकपाको जित अपरिहार्य रहेको दाबी गरे। राष्ट्रिय स्वाधीनता, सुशासन र सामाजिक न्यायलाई चुनावको मूल एजेन्डा बनाइएको उल्लेख गर्दै उनले भने, “यो चुनाव कुनै व्यक्तिको जित–हारको मात्र विषय होइन, यो भूगोलको भविष्य कसरी अगाडि बढ्ने भन्ने निर्णय हो।” आफू बकैयामै हुर्किएको, यहीँ अध्ययन गरेको र यही समाजसँग घुलमिल भएको…
Read More
कैलाश गाउँपालिकामा २५५ किशोरीलाई एचपिभी खोप लगाइने

कैलाश गाउँपालिकामा २५५ किशोरीलाई एचपिभी खोप लगाइने

मकवानपुर — पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कैलाश गाउँपालिकामा २५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ। यसका लागि गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा बिहीबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालयमा सहज वातावरण निर्माण गर्न निर्देशन दिइएको छ। उनले क्यान्सरजस्तो गम्भीर रोगको रोकथामका लागि योजनाबद्ध ढंगले कार्यतालिका बनाएर काम गर्नुपर्नेमा जोड दिए। साथै वडास्तरबाट समन्वय गरी लक्षित समूहका किशोरी पहिचान गरेर खोप अभियान सफल बनाउन आग्रह गरे। कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालमा दैनिक औसत ४ महिलाको…
Read More
मकवानपुरमा एचपिभी खोप अभियान: ४ हजारभन्दा बढी किशोरी लक्षित

मकवानपुरमा एचपिभी खोप अभियान: ४ हजारभन्दा बढी किशोरी लक्षित

हेटौंडा — पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउने उद्देश्यले मकवानपुरमा एचपिभी (ह्यूमन प्यापिलोमा भाइरस) खोप अभियान यही माघ २५ गतेदेखि सुरु हुने भएको छ। जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार विद्यालय केन्द्रीत यो अभियान माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी सञ्चालन गरिने अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहका कुल ४ हजार ४०३ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। सोमबार आयोजित एचपिभी खोपसम्बन्धी सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयले अभियानबारे जानकारी दिएको हो। विद्यालय केन्द्रीत अभियानसँगै विद्यालय नजाने किशोरी तथा छुटेका समूहलाई लक्षित गर्दै फागुन २२ गतेसम्म संस्थागत तथा बाह्य खोप केन्द्रमार्फत खोप कार्यक्रम निरन्तर रहने जनाइएको…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवारद्वय चुनावी अभियानमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवारद्वय चुनावी अभियानमा

हेटौंडा । नेत्रबिक्रम चन्द नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट प्रतिनिधित्व गर्दै मकवानपुर क्षेत्र नम्बर १ बाट महेश नेपाली (आरोह) , क्षेत्र नम्बर २ बाट राम घलान ( वाटर ) ले उम्मेदवारी दर्ता गराइ अहिले चुनावी अभियानमा छन् । २०७१ सालमा गठन भएको माक्सवाद , लेनिनवाद , माओवाद बिचारधाराका बामपंथी पार्टी मकवानपुर जिल्लामा पनि विभिन्न राजनीति गतिविधि घटना क्रमले चर्चामा छ । यसै पार्टी को प्रतिनिधित्व गर्दै राम सी र महेश सीका नामलेपनि चिनिने राम घलान( वाटर ) , महेश नेपाली ( आरोह ) ले आफुहरु आम जनताको आवज बनेर देशमा आमूल परिवर्तन ल्याउन चुनावी मैदानमा उत्रिएको बताए । जेन्जीहरुले…
Read More
सिन्धुपाल्चोकका पत्रकारमाथि धम्की र लाञ्छनाप्रति महासंघको गम्भीर आपत्ति

सिन्धुपाल्चोकका पत्रकारमाथि धम्की र लाञ्छनाप्रति महासंघको गम्भीर आपत्ति

हेटौँडा — सिन्धुपाल्चोक जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारमाध्यमलाई लक्षित गरी पछिल्लो समय भिडियो सामग्रीमार्फत सार्वजनिक रूपमा अभद्र टिप्पणी, लाञ्छना र धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सार्वजनिक सरोकारका विषयमा समाचार प्रकाशन तथा प्रसारण भएपछि पत्रकार र सञ्चारमाध्यमलाई दोषारोपण गर्दै डर, त्रास र दबाब सिर्जना गर्ने प्रयास प्रेस स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको महासंघको ठहर छ। असहमति व्यक्त गर्ने अधिकार सबैलाई भए पनि पत्रकारलाई धम्की दिने, बदनाम गर्ने तथा पेशागत कार्यमा अवरोध पु¥याउने कुनै पनि कार्य लोकतान्त्रिक प्रणालीसँग मेल नखाने महासंघले स्पष्ट पारेको छ। महासंघका अनुसार पछिल्लो समय सार्वजनिक निकायमा हुने दुर्व्यवहार, हिंसा…
Read More
जनताको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्छु : नेकपा उम्मेदवार लवशेर विष्ट

जनताको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्छु : नेकपा उम्मेदवार लवशेर विष्ट

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार लवशेर विष्टले आम नागरिकप्रति रहेको जिम्मेवारी निष्ठा र इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ मा आयोजित कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान एमाले–कांग्रेस नेतृत्वको बहुमत सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण देशमा जेन–जी (Gen-Z) पुस्ताको असन्तोष र विद्रोह देखिएको दाबी गरे। उनले जेन–जी पुस्ताको भावना र चाहनालाई नेपाली कम्युनिस्ट पार्टीले मात्र सही रूपमा प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै देशको समृद्धिको नेतृत्व पनि नेकपाले नै गर्ने बताए। “जनताको भरोसा र सक्रिय सहभागिता बिना वास्तविक परिवर्तन सम्भव हुँदैन,” विष्टले भने। कार्यक्रममा सहभागी समानुपातिक…
Read More
सञ्चारकर्मी सहित ११ जना व्यक्तित्वलाई सम्मान गरिने

सञ्चारकर्मी सहित ११ जना व्यक्तित्वलाई सम्मान गरिने

हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरले साहित्य, कला र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका ११ जना व्यक्तित्वलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। संस्थाको ३२३औँ साहित्य शृङ्खला तथा ३३औँ वार्षिक उत्सवको अवसरमा आयोजना हुने बकैया–कला साहित्य महोत्सव–२०८२ मा विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरिने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। फागुन ५ र ६ गते बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन हुने महोत्सवमा नगद २१ हजार १ सय २१ रुपैयाँ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ पाँचथरका साहित्यकार रमेश शुभेच्छुकलाई प्रदान गरिने झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिनुभयो। जिल्लामा साहित्यिक संस्था स्थापना र संरक्षणमा योगदान पुर्‍याएको कदरस्वरूप मकवानपुरका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.