सबै समाचार

1003 Posts
अगुवा कार्यकर्ता भेला तथा प्रचार कार्यालय उद्घाटन, विजय गौतमप्रति जनसमर्थन विस्तार

अगुवा कार्यकर्ता भेला तथा प्रचार कार्यालय उद्घाटन, विजय गौतमप्रति जनसमर्थन विस्तार

मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमप्रति जनसमर्थन थप मजबुत बन्दै गएको स्थानीयले बताएका छन्। बागमती गाउँपालिका–९ बेतिनिका स्थानीयवासीहरूले यसपटकको निर्वाचनमा परिवर्तनको पक्षमा मतदान गर्दै विजय गौतमलाई विजयी गराउने दाबी गरेका हुन्। स्थानीय रामबहादुर रानाका अनुसार यस निर्वाचनमा तारा चिन्हमा मतदान गरेर युवा उम्मेदवार विजय गौतमलाई जिताउने प्रतिबद्धता स्थानीयस्तरमै बनेको छ। “नाम नै विजय भएको उम्मेदवारको परिणाम पनि विजय नै हुन्छ,” स्थानीय श्यामबहादुर राना मगरले विश्वास व्यक्त गरे। त्यस्तै, महिला, दलित र पिछडिएका वर्गको आवाज उठाउने उम्मेदवारका रूपमा विजय गौतमलाई समर्थन गरिएको स्थानीय मोतिमाया किङरिङले बताइन्। कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरूले सशक्त, सक्रिय र…
Read More
कानुन बनाउने थलोमै अल्झियो कानुन : बागमती प्रदेशसभा ८ वर्ष पूरा

कानुन बनाउने थलोमै अल्झियो कानुन : बागमती प्रदेशसभा ८ वर्ष पूरा

हेटौंडा । संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा स्थापित बागमती प्रदेशसभाले स्थापना भएको आठ वर्ष पूरा गरे पनि अपेक्षित रूपमा कानुन निर्माण र कार्यान्वयनमा प्रभाव देखाउन नसकेको तथ्य पुनः सतहमा आएको छ। २०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको प्रदेशसभाले कानुन निर्माणको संख्या बढाए पनि ती कानुन व्यवहारमा कत्तिको प्रभावकारी भए भन्ने प्रश्न भने अझै अनुत्तरित छ। प्रदेशसभाबाट पारित भएका कानुनहरूको कार्यान्वयन अवस्था, संसद्मा हुने छलफलको गुणस्तर र समग्र विधायकी भूमिकामाथि निरन्तर प्रश्न उठ्दै आएका छन्। आठ वर्षको अवधिमा चिठ्ठा र कृषि सम्बन्धी विधेयकमा देखिएका विवाद, संशोधन प्रक्रिया र राजनीतिक खिचातानीले विधायकी भूमिका ओझेलमा परेको विश्लेषण हुँदै आएको छ। प्रदेश…
Read More
हेटौँडामा गुणस्तरीय प्रारम्भिक बाल शिक्षाबारे दुईदिने प्रादेशिक सम्मेलन हुने

हेटौँडामा गुणस्तरीय प्रारम्भिक बाल शिक्षाबारे दुईदिने प्रादेशिक सम्मेलन हुने

हेटौँडा । प्रारम्भिक बाल शिक्षाको गुणस्तर सुधारका विषयमा केन्द्रित रहँदै रातो बङ्गला फाउन्डेसनले बागमती प्रदेशस्तरीय दुईदिने सम्मेलन आयोजना गर्ने भएको छ। ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा : किन र कसरी ?’ शीर्षकमा आयोजना हुने उक्त सम्मेलन २०८२ साल माघ २३ र २४ गते हेटौँडास्थित नवोदय शिशु सदन इङ्लिस माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ। सम्मेलनमार्फत प्रारम्भिक बाल शिक्षामा देखिएका चुनौती, अवसर तथा प्रभावकारी अभ्यासहरूबारे स्थानीय र राष्ट्रिय तहका अनुभवहरू आदान–प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। ललितपुरमा २०५९ सालमा स्थापना भएको रातो बङ्गला फाउन्डेसनले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि लामो समयदेखि काम गर्दै आएको छ। संस्थाले शिक्षक क्षमता विकास, अभिभावक सचेतना, शैक्षिक सामग्री…
Read More
लेखापढी व्यवसायीहरूको परीक्षा : ३१४ जना उत्तीर्ण, मकवानपुरका २४४ जना

लेखापढी व्यवसायीहरूको परीक्षा : ३१४ जना उत्तीर्ण, मकवानपुरका २४४ जना

हेटौंडा/ हेटौंडामा सम्पन्न लेखापढी व्यवसायीहरूको २०८२ सालको परीक्षाको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार ४३७ जना परीक्षार्थीमध्ये ३१४ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेहरूमध्ये मकवानपुर जिल्लाका २४४ जना रहेका छन्। नतिजा प्रकाशनले सो तथ्यलाई पुष्टि गरेको छ। उक्त परीक्षामा दोलखा, सिन्धुली, काठमाडौं, भक्तपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, प्युठान, तनहुँ, बारा, पर्सा, रौतहट, झापा, सप्तरी, बर्दिया लगायत विभिन्न जिल्लाका परीक्षार्थीहरू पनि उत्तीर्ण भएका छन्।
Read More
शहिदको बलिदान र नागरिक अपेक्षाबीचको दूरी चिन्ताजनक : प्रदेश प्रमुख देवकोटा

शहिदको बलिदान र नागरिक अपेक्षाबीचको दूरी चिन्ताजनक : प्रदेश प्रमुख देवकोटा

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले राजनीतिक परिवर्तनपछि नागरिकले महसुस गर्ने अनुभूति र अपेक्षाबीच बढ्दो दूरी चिन्ताको विषय बनेको बताएका छन्। शहिद दिवस २०८२ को अवसरमा शहिद स्मारक विकास समितिले हेटौंडा उपमहानगरपालिका–११ स्थित शहिद स्मारकमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले राजनीतिक अस्थिरता, आर्थिक दबाब, विश्व परिवेशको असर, बेरोजगारी, भ्रष्टाचार तथा युवा पलायनजस्ता कारणले नागरिकमा निराशा बढ्दै गएको उल्लेख गरे। उनले नेतृत्व तह देश निर्माणभन्दा सत्ता संघर्षमै अल्झिँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए। प्रदेश प्रमुख देवकोटाले प्रतिनिधिसभा निर्वाचनको चरणमा प्रवेश गरिसकेको सन्दर्भ उल्लेख गर्दै निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताए। निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य निर्वाचनले मात्र लोकतन्त्रलाई…
Read More
हेटौंडा क्याम्पसमा दीप प्रज्वलन

हेटौंडा क्याम्पसमा दीप प्रज्वलन

हेटौंडा । सहिद दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा क्याम्पस कमिटीले हेटौंडा क्याम्पस परिसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रम अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीका अध्यक्ष नितेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका संयोजक नवराज शर्मा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने अनेरास्ववियु सचिवालय सदस्य तथा हेटौंडा क्याम्पस इन्चार्ज भरतमोहन देवकोटा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्ने वक्ताहरूले सहिदहरूको त्याग, बलिदान र योगदान नेपालको लोकतान्त्रिक आन्दोलन तथा परिवर्तनको मेरुदण्ड भएको उल्लेख गर्दै ती आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए। दीप प्रज्वलनमार्फत सहिदहरूको सम्झनालाई अमर बनाउने उद्देश्यले आयोजित…
Read More
१८ जनाले गरे रक्तदान

१८ जनाले गरे रक्तदान

रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । रेडियोको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना हुँदै आएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रेडियो मकवानपुरकै प्राङ्गण हेटौंडा २ पल्पसाहल रोडमा रक्तदानको आयोजना भएको छ । रक्त सञ्चार केन्द्र हेटौंडाको सहकार्यमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, पत्रकार महासंघ मकवानपुरका सचिव केशव समर्पण सुवेदी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाइँ, रक्त…
Read More
मकवानपुर–२ मा नेकपाको चुनावी सक्रियता तीव्र

मकवानपुर–२ मा नेकपाको चुनावी सक्रियता तीव्र

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले जनताको अपेक्षा र जिम्मेवारीलाई केन्द्रमा राखेर राजनीति गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। हेटौंडा उपमहानगरपालिका–११ मा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले इमानदार नेतृत्व बिना मुलुकको रूपान्तरण सम्भव नहुने धारणा राखे। विष्टले वर्तमान एमाले–कांग्रेस नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै त्यसकै प्रतिक्रियास्वरूप देशभर ‘जेन–जि’ पुस्ताको असन्तुष्टि र विद्रोही भावना बढ्दै गएको दाबी गरे। उनले भने, “युवा पुस्ताको चाहना र आवाजलाई बुझ्ने राजनीतिक शक्ति आज नेकपा मात्र हो,” भन्दै समृद्ध नेपालको नेतृत्व पनि नेकपाबाटै हुने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार…
Read More
हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा शैक्षिक मेला

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा शैक्षिक मेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला शुक्रबारदेखि सुरु भएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र रोजगार सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको मेलामा घरेलु, हस्तकला तथा कृषिजन्य उत्पादनहरूको प्रदर्शनी तथा बिक्री भइरहेको छ। मेलाको उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गरेका थिए। प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाबाट स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरू सहभागी गराइएको छ। आयोजकका अनुसार मेलाका लागि एक सय वटा स्टल राखिएको छ, जहाँ ढाका कपडा, गुन्द्रुक, अचार, घरेलु खाद्यवस्तु, हस्तकलाका सामग्री तथा कृषि उत्पादनहरू प्रदर्शन र बिक्रीमा राखिएका छन्। मेलाभित्र शैक्षिक प्रदर्शनीका साथै…
Read More
प्रेस सेन्टर नेपालको स्थापना दिवस सम्पन्न

प्रेस सेन्टर नेपालको स्थापना दिवस सम्पन्न

हेटौंडा । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस मनाइएको छ। प्रेस सेन्टर नेपाल मकवानपुरका जिल्ला अध्यक्ष एमपी शर्माको सभाध्यक्षको तथा बागमती प्रदेश सरकारकि पुर्व सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष रुद्रसेनको फोटोमा माल्यार्पण गर्दै उहाँले संगठन निर्माणमा पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपाकी केन्द्रीय सदस्य प्रमिला पुलामीको आतिथ्यता रहेको थियो। यस्तै कार्यक्रममा फ्याक्सन इन्चार्ज तथा जिसस मकवानपुरका प्रदेश अध्यक्ष ललितबहादुर घलान, नेकपाका प्रदेश सचिवालय सदस्य विवेक राई, शुभरत्न गोले, जीवन गोलेलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीको जिल्ला कार्यालय, हेटौंडा–४ गर्दोइमा सम्पन्न भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.