हेटौंडा क्याम्पसमा दीप प्रज्वलन

हेटौंडा । सहिद दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा क्याम्पस कमिटीले हेटौंडा क्याम्पस परिसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

कार्यक्रम अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीका अध्यक्ष नितेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका संयोजक नवराज शर्मा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने अनेरास्ववियु सचिवालय सदस्य तथा हेटौंडा क्याम्पस इन्चार्ज भरतमोहन देवकोटा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्ने वक्ताहरूले सहिदहरूको त्याग, बलिदान र योगदान नेपालको लोकतान्त्रिक आन्दोलन तथा परिवर्तनको मेरुदण्ड भएको उल्लेख गर्दै ती आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए।

दीप प्रज्वलनमार्फत सहिदहरूको सम्झनालाई अमर बनाउने उद्देश्यले आयोजित कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका सदस्यहरू अभिषेक खतिवडा, धिरज यादव, पासाङ स्याङ्बो तथा नगर सह–संयोजक रिजन जिसीसहित अनेरास्ववियुप्रति आस्था राख्ने विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.