सबै समाचार

1001 Posts
मकवानपुर–२ मा राजनीतिक तरंग: आजपा उम्मेदवार कांग्रेसमा, बुद्ध लामालाई साथ

मकवानपुर–२ मा राजनीतिक तरंग: आजपा उम्मेदवार कांग्रेसमा, बुद्ध लामालाई साथ

मकवानपुर — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुर क्षेत्र नम्बर २ मा राजनीतिक समीकरण फेरिएको छ। आम जनता पार्टी (आजपा) का उम्मेदवार सूर्य राईले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनले कांग्रेस उम्मेदवार बुद्ध लामालाई समर्थन गर्ने औपचारिक घोषणा गरेका हुन्। मनहरी गाउँपालिका–६ मा आयोजित चुनावी सभामा राईलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ले पार्टीमा स्वागत गरे। सो अवसरमा राईसहित विभिन्न दल त्यागेका ८६ जना नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएको जानकारी मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले दिए। कांग्रेस प्रवेशपछि सम्बोधन गर्दै राईले देशलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको दाबी गरे। उनले पछिल्लो समय…
Read More
पराजुली भन्छन् : ‘बोल्नै नपाइने पार्टीमा बस्न सकिनँ’

पराजुली भन्छन् : ‘बोल्नै नपाइने पार्टीमा बस्न सकिनँ’

हेटौंडा — मकवानपुरको राजनीतिक वृत्तमा बुधबार एक महत्वपूर्ण मोड देखियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति पदबाट अलगिएका भरतप्रसाद पराजुली पुनः नेपाली कांग्रेस मा फर्किएका छन्। कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो निर्णय सार्वजनिक गर्दै रास्वपा त्याग्नुका कारण खुलाए। पराजुलीले रास्वपाभित्र आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर रहेको र केन्द्रीय नेतृत्वबाहेक अन्य तहका नेता–कार्यकर्तालाई स्वतन्त्र रूपमा धारणा राख्न सहज वातावरण नभएको दाबी गरे। उनका अनुसार पार्टी संरचना लोकतान्त्रिक प्रणालीअनुसार सञ्चालन हुन नसकेको र बहस–संवादको संस्कार संस्थागत हुन नसक्दा आफू निराश बनेका थिए। “सामाजिक सञ्जाल र भाषणमा जति लोकतान्त्रिक देखिए पनि व्यवहारमा त्यो अनुभूति भएन,” उनले भने, “निर्णय प्रक्रियामा पारदर्शिता…
Read More
शिक्षक पन्तलाई सम्मान

शिक्षक पन्तलाई सम्मान

हेटौडा । हेटौंडाका संस्कृत शिक्षक उदिम पन्त ‘लक्ष्मण राजवंशी आदर्श गुरु सम्मान २०८२’ बाट सम्मानित भएका छन्। ज्ञानार्जन भूमि विद्यालय (एलआरआई) ले आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहबीच पन्तलाई नगद रु. २५,००० सहित सम्मान प्रदान गरेको हो। हाल हेटौडा एकेडेमीमा संस्कृत विषय अध्यापन गराउँदै आएका पन्तले लामो समयदेखि शिक्षण पेशामा समर्पित छन् । समारोहका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले वर्तमान समयमा मौलिक शिक्षाको जगेर्ना अपरिहार्य रहेको उल्लेख गरे। वार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अन्य व्यक्तित्वहरूलाई पनि नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
Read More
१८ वर्षपछि चुनावी मैदानमा राना, घरदैलो अभियानबाट समर्थन खोज्दै

१८ वर्षपछि चुनावी मैदानमा राना, घरदैलो अभियानबाट समर्थन खोज्दै

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर–१ मा चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन्। नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना ले बुधबार बिहान हेटौंडा उपमहानगरपालिका–१४ बाट घरदैलो अभियान सुरु गरेका छन्। अभियानका क्रममा रानाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना तथा पार्टीका एजेन्डा प्रस्तुत गरिरहेका छन्। विकास र पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राख्दै उनले मतदातासँग समर्थन मागिरहेका छन्। करिब १८ वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा पुनः प्रतिस्पर्धा गरिरहेका राना २०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी मैदानबाट केही समय टाढा रहेका थिए। स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण स्थानीय राजनीतिमा…
Read More
‘यसपालि चाहिँ जित्छु’–डिना

‘यसपालि चाहिँ जित्छु’–डिना

हेटौँडा । नेपाली कांग्रेस की प्रभावशाली नेतृ तथा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले मकवानपुर–१ बाट प्रतिनिधि सभा निर्वाचनमा पाँचौँ पटक प्रतिस्पर्धा गर्दै यसपटक परिणाम आफ्नो पक्षमा आउने दाबी गर्नुभएको छ। यसअघि चार पटक पराजित भइसकेकी डिनाले यसपटक विगतका कमजोरी स्वीकार्दै सुधारिएको रणनीतिसहित चुनावी मैदानमा उत्रिएको बताउनुभयो। उहाँ २०७९ को निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनाव लड्दा राप्रपाका उम्मेदवारसँग २ हजार ३८२ मतान्तरले पराजित हुनुभएको थियो। डिनाले युवामा लगानी अभाव, महिला सशक्तीकरण, खेलकुद विकास र किसान–कृषि क्षेत्रलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभयो। मकवानपुरलाई खेलकुद केन्द्रका रूपमा विकास गर्ने, किसानलाई सिँचाइ र मल–बीउमा सहुलियत दिने तथा महिलाको आर्थिक र सामाजिक अधिकार…
Read More
रास्वपाबाट असन्तुष्ट पराजुली कांग्रेसमा फर्किए

रास्वपाबाट असन्तुष्ट पराजुली कांग्रेसमा फर्किए

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। रास्वपा छाडेसँगै उनी पुनः नेपाली कांग्रेस मा फर्किएका हुन्। रास्वपा मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेका बेला पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए। रास्वपा मकवानपुरका संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेसका सभापति गगन थापा ले सर्लाही–४ मा आयोजित कार्यक्रममा स्वागत गरेका कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिए। पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नं. २ का चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेसमा फर्किएका छन्। बर्तौला २०७९ सालको निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नं. २ मा उम्मेदवार बनेका थिए। उनी…
Read More
‘ग्रेटर हेटौंडा चक्रपथ’देखि सुशासनसम्म-विजय गौतमको प्रतिबद्धता–पत्र सार्वजनिक

‘ग्रेटर हेटौंडा चक्रपथ’देखि सुशासनसम्म-विजय गौतमको प्रतिबद्धता–पत्र सार्वजनिक

हेटौँडा । मकवानपुर क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतमले विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ। सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त प्रतिबद्धता–पत्रमा भ्रष्टाचार, कमिसन र तस्करी जस्ता बेथितिको अन्त्य गर्दै स्थिर सरकार निर्माणको आह्वान गरिएको छ। गौतमले सुशासन र पारदर्शितामै विकासको आधार रहेको उल्लेख गर्दै मतदातासमक्ष स्पष्ट योजनासहित प्रस्तुत भएका छन्। प्रतिबद्धता–पत्रमा ‘ग्रेटर हेटौंडा चक्रपथ’ निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै हेटौंडा उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गर्ने प्रयास, कर्रा, राप्ती र बागमती नदी करिडोर निर्माण तथा ग्रामीण सडकलाई बार्है महिना सञ्चालनयोग्य बनाउने योजना अघि सारिएको छ। राजमार्ग…
Read More
हेटौँडामा रविले भने–‘२०४६ पछिका सबै काण्डको फाइल खोल्छु’

हेटौँडामा रविले भने–‘२०४६ पछिका सबै काण्डको फाइल खोल्छु’

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए २०४६ सालपछिका सबै प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरिने बताएका छन्। सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले फागुन २१ पछि बन्ने सम्भावित रास्वपा सरकार भ्रष्टाचारका सबै फाइल खोल्न प्रतिबद्ध रहने स्पष्ट पारे। उनले देशभरका उम्मेदवारहरूलाई जिताउन मतदातासँग आग्रह गर्दै आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा चित्रित गरे। ‘देशमा भएका ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्न रास्वपाको सरकार बन्न जरुरी छ,’ उनले भने, ‘फागुन २१ केवल मतदानको दिन होइन, देशको भविष्य तय गर्ने दिन हो। तपाईंहरूको निर्णयले नै भोलिको दिशा निर्धारण गर्छ।’ लामिछानेले रास्वपा प्रतिशोधको…
Read More
हेटौंडामा वीपीको सम्झना

हेटौंडामा वीपीको सम्झना

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा वीपी कोइरालाको सम्झना गरिएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (वीपी) को विचारबारे अन्तत्र्रिmया गरिएको हो । प्रजातन्त्र दिवसको अवसरमा वीपीको विचारबारे वक्ताहरुले चर्चा गरेका थिए । वीपी बिचार समाजको आयोजनामा आसन्न निर्वाचनका उम्मेद्वारहरुको साक्षात्कार र वीपी विचार विषयक विचार गोष्ठी गरिएको हो । वीपी विचार समाज अध्यक्ष बिनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा दाहालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जयराम लामिछाने, मकवानपुर क्षेत्र नम्बर–१ की उम्मेद्वार महालक्ष्मी (डीना) लगायतको विशिष्ट आतिथ्यता थियो । अतिथिहरु समानुपातिक उम्मेद्वार शर्मिला श्रेष्ठ, नेता विष्णुप्रसाद लामिछाने, प्रदीप कोइरालालगायत थिए…
Read More
आचारसंहिता पालना नगरे लोकतन्त्र कमजोर हुन्छ: मुख्यमन्त्री बानियाँ

आचारसंहिता पालना नगरे लोकतन्त्र कमजोर हुन्छ: मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई संस्थागत र व्यवस्थित बनाउन निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ। निर्वाचन आयोग र नेपाल कानुन समाजको आयोजनामा मंगलबार हेटौँडामा सम्पन्न “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका” विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको हैसियतमा आफूले गर्न मिल्ने र नमिल्ने कामबारे निर्वाचन आयोगबाट आवश्यक अनुमति लिइसकेको स्पष्ट पार्दै बानियाँले कानुनी सीमाभित्र रहेर गतिविधि सञ्चालन गर्नु नै लोकतान्त्रिक संस्कार भएको उल्लेख गर्नुभयो। उहाँले भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्नु सुरक्षा निकायको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। निर्वाचन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.