हेटौँडा । हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई आयुर्वेद र योग शिक्षाबारे सचेतना तालिम दिइएको छ।
विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम’ अन्तर्गत विद्यार्थीहरूलाई पाँचदिने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको विद्यालयकी शिक्षिका तथा सहजकर्ता सङ्गीता बजगाईंले जानकारी दिनुभयो।

तालिममा कक्षा ७, ८ र ९ का एक सेक्सनका करिब १३० जना विद्यार्थीको सहभागिता रहेको थियो। २०८३ जेठ २५ देखि जेठ २९ गतेसम्म सञ्चालन भएको उक्त तालिमको सहजीकरण शिक्षिका बजगाईं र विद्यालय नर्स निकिसा बानियाँले गर्नुभएको थियो। हेटौँडा उपमहानगरपालिका, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्





























