सनसाइन बोर्डिङ स्कुल हेटौँडामा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा–३, बसामाडीस्थित सनसाइन इङलिस बोर्डिङ स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम (Welcome and Orientation Program) सम्पन्न भएको छ।

विद्यालयका प्राचार्य राजकुमार नहर्कीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका कार्यालय प्रमुख बद्री पाठक प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि पाठक र प्राचार्य नहर्कीले होटल म्यानेजमेन्ट र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई खादा लगाएर स्वागत गर्नुभयो। साथै, प्रमुख अतिथि पाठकले रिबन काटेर होटल म्यानेजमेन्टको प्रयोगात्मक (Practical) कक्षाको समेत उद्घाटन गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रामप्रसाद नहर्कीले विद्यालयमा कक्षा ११ र १२ को पढाइ सुरु भइसकेको जानकारी दिनुभयो। प्राचार्य राजकुमार नहर्कीले विद्यालयमा होटल म्यानेजमेन्ट र व्यवस्थापन संकायमा पठनपाठन भइरहेको बताउँदै यहाँ सुविधासम्पन्न भवन, व्यवस्थित कक्षाकोठा, प्रयोगशाला (Lab), पुस्तकालय तथा यातायातको समेत उत्तम सुविधा रहेको जानकारी दिनुभयो।

विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रमुख अतिथि बद्री पाठकले आफ्नो समयमा स्रोतसाधनको अभाव भए पनि अहिले घर नजिकै यति सुविधासम्पन्न विद्यालय हुनु निकै खुसीको कुरा भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आजका विद्यार्थीहरूले पढाइमा पूर्ण ध्यान केन्द्रित (Focus) गर्नुपर्छ, लगनशीलताका साथ अध्ययन गरेमा मात्र राम्रो नतिजा र भविष्यमा राम्रो अवसर प्राप्त हुन्छ।”

कार्यक्रममा विद्यालयका विषयगत शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.