Day: २०८२ चैत्र २, सोमबार २०:२६ गते

जिल्लास्तरीय भलिबल प्रतियोगिता : सेमिफाइनल पुग्ने चार टोलीको टुंगो

जिल्लास्तरीय भलिबल प्रतियोगिता : सेमिफाइनल पुग्ने चार टोलीको टुंगो

हेटौँडा — हेटौँडाको टिसिएन चौरमा जारी खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सञ्चालन भइरहेको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ। सोमबार सम्पन्न क्वाटरफाइनल खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्दै थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब, बज्रबाराहीको नवप्रतिभा क्लब, मनहरी गाउँपालिका र हेटौँडा–११ को छहारी युवा क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। पहिलो क्वाटरफाइनल खेलमा मंगलेश्वर युवा क्लबले मिलन युवा क्लबलाई २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। दोस्रो खेलमा नवप्रतिभा क्लबले बागमती गाउँपालिकामाथि २५–१९ र २५–१८ को नतिजासहित जित निकाल्दै अन्तिम चारमा स्थान बनायो। त्यसैगरी, अर्को खेलमा मनहरी गाउँपालिकाले सफल केयर हेटौँडा–१५…
Read More
अवसर त्यागेर उदाहरण: मन्दिरा मुक्तानले समानुपातिक सांसद नबन्ने निर्णय

अवसर त्यागेर उदाहरण: मन्दिरा मुक्तानले समानुपातिक सांसद नबन्ने निर्णय

हेटौँडा — नेपाली राजनीतिमा पद प्राप्तिका लागि होडबाजी बढिरहेका बेला मकवानपुरकी मन्दिरा मुक्तानले भने फरक उदाहरण प्रस्तुत गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेर पनि उहाँले सांसद नबन्ने निर्णय गर्नुभएको हो। श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानले सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत आफूले उक्त अवसर त्यागेको जानकारी दिनुभयो। उहाँका अनुसार आदिवासी जनजाति समुदायबाट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित भइसकेकाले समानुपातिकतर्फ आफ्नो नाम कायम राख्न आवश्यक नदेखिएको हो। मुक्तानले समावेशी प्रतिनिधित्व र भौगोलिक सन्तुलनलाई प्राथमिकता दिँदै यस्तो निर्णय लिएको बताउनुभयो। मधेश र कर्णाली प्रदेशको प्रतिनिधित्वलाई समेत ध्यानमा राख्नुपर्ने भएकाले आफूले स्वेच्छिक…
Read More
कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालन

कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालन

हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार उक्त अस्पतालको उद्घाटन गरेका हुन्। संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा निर्माण गरिएको अस्पतालको भवन आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा सम्पन्न भएको हो। अढाई तल्ले भवनमा १० शैया क्षमताको अस्पताल सञ्चालनमा ल्याइएको छ। अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहेको छ। दरबन्दीअनुसार ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याब टेक्निसियन, १ जना रेडियोग्राफर,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.