२०८२ बैशाख २३, मंगलवार १८:२१ गते
२०८२ बैशाख २३, मंगलवार १८:२१ गते
हेटौंडा, २३ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीले देशको विद्यमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको समिक्षासहित नगर प्रमुख मिना कुमारी लामालाई २६ बुँदे सुझावपत्र पेश गरेको छ। सोमबार हेटौंडामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय समिति सल्लाहकार यादव गजुरेल, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिव ध्रुव भुजेल, प्रदेश समिति सदस्य, नगर कमिटीका पदाधिकारीसहितको टोलीले नगर प्रमुख लामा समक्ष ज्ञापनपत्र बुझाएका हुन्। सुझावपत्रमा जनताको अस्पतालको सुधार, फोहोर व्यवस्थापन, २५ मिटर सडकको निर्माण, लागुऔषध नियन्त्रण, युवाका लागि स्वरोजगार कार्यक्रम सञ्चालन, “एक व्यक्ति = एक अवसर = एक सिप” कार्यक्रमको विस्तार, आर्थिक पारदर्शिता लगायतका विषयमा विशेष जोड दिइएको छ। पार्टीले यी प्रस्तावहरूलाई…