समाचार

हेटौँडा उपमहानगरपालिका बालमैत्री घोषणा हुँदै

हेटौँडा उपमहानगरपालिका बालमैत्री घोषणा हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिका आज बालमैत्री घोषणा हुँदैछ । उपप्रधान तथा स्थानीय विकास तथा संघीय मामिला मन्त्री प्रकाशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । कार्यक्रममा बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यहरु लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहने जनाइएको छ । घोषणा कार्यक्रम अघि हेटौँडाका विभिन्न सामुदायिक तथा निजी विद्यालय र संघसंस्थाहरुले र्याली प्रदर्शन समेत गरेको छ । हेटौँडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा घोषणा सभा हुँदैछ ।
Read More
कैलाश गाउँपालिकामा फागुन ८ र ९ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

कैलाश गाउँपालिकामा फागुन ८ र ९ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

मकवानपुर ।कैलाश गाउँपालिका तथा खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ हुने भएको छ। प्रतियोगिता फागुन ८ र ९ गते कैलाश गाउँपालिका-३, कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। प्रतियोगितामा भलिबल, एथलेटिक्स (दौड, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, सटफुट), र तेक्वान्दो लगायतका खेल समावेश छन्। प्रतियोगितामा १८ वर्षमुनिका, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुन पाउने छन् ।
Read More
फोहोर व्यवस्थापन संकटः हेटौंडामा स्वास्थ्य जोखिम बढ्दो

फोहोर व्यवस्थापन संकटः हेटौंडामा स्वास्थ्य जोखिम बढ्दो

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले माघ २४ गतेदेखि फोहोर संकलन कार्य रोकेपछि अहिले बजार क्षेत्रमा फोहोरको थुप्रो देखिएको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले माघ २२ गते राप्ती नदी किनारमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि फोहोर संकलन स्थगित भएको हो। वैकल्पिक डम्पिङ साइटको व्यवस्था नभएकाले नगर क्षेत्रमा फोहोर थुप्रिँदै गएको छ, जसले वातावरणीय प्रदूषण र स्वास्थ्य समस्याको जोखिम बढाएको छ। स्थानीयहरू दुर्गन्ध, सङ्क्रमण र सरसफाइको अभावबाट प्रभावित भएका छन्। पसलबाट तथा व्यापारीहरुले प्लाष्टिकहरु एकठाउँमा नराखी सडक छेउमै छोड्ने बानीले पनि थप समस्या निम्ताएको छ । अदालतले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ,…
Read More

हेटौंडा अस्पतालमा स्वास्थ्य बीमाका बिरामीले ७ दिनसम्म ओपीडी टिकट पुन: दर्ता गर्नु नपर्ने

मकवानपुर । हेटौंडा अस्पतालले ओपीडी टिकट दर्ता तथा फलोअप सेवाका लागि नयाँ प्रणाली लागू गरेको छ। अस्पताल प्रशासनद्वारा जारी गरिएको सूचनाअनुसार, नेपाल सरकारको स्वास्थ्य बीमा योजनाअन्तर्गतका विरामीहरूले एक पटक ओपीडी टिकट दर्ता गरेपछि ७ दिनसम्म पुन: दर्ता नगरी नै फलोअप सेवा लिन सक्नेछन्। यसअघि बिरामीहरूले प्रत्येक दिन दर्ता गर्नुपर्ने बाध्यता रहेको थियो जसले गर्दा अस्पतालमा लामो लाइन र भीड हुने समस्या थियो। माघ २९ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार बिरामीहरूले ओपीडी टिकट लिएपछि ७ दिनभित्र कुनै पनि बेला चिकित्सकसँग परामर्श गर्न सक्नेछन्। साथै, बिलिङ तथा फार्मेसी सेवाका लागि लाइन नबसी सहज रूपमा सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ। कुनै…
Read More

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक, २०८० पारित भएको छ । उक्त विधेयक सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट पारित भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।
Read More
सबैखाले भ्रष्टाचारीहरुलाई पक्रिनुपर्ने बागमती प्रदेश प्रमुखको उद्घोष

सबैखाले भ्रष्टाचारीहरुलाई पक्रिनुपर्ने बागमती प्रदेश प्रमुखको उद्घोष

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले साना र ठूला सबैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिनुपर्ने बताएका छन् ।उनले पछिल्लो समय साना–साना भ्रष्टाचारका मुद्दामा हातहालेर संख्यात्मक विवरण पेश गर्ने तर, ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरु आइरहेको भन्दै ती आरोपलाई गलत सावित गराउन साना र ठूला सबैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिनुपर्ने बताएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आज हेटौंडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले अख्तियारीलाई दुरूपयोग गरी देश, जनता र सुशासनविरुद्ध नैतिकता र कानून बिपरित जाने जो कोहीलाई सुक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही गर्नुपर्नेमा जोड दिए । उनले मानवद्वारा…
Read More
दोस्रो राष्ट्रिय खुला तेक्वान्दोमा शोणितपुर प्रथम, हेटौँडा दोस्रो

दोस्रो राष्ट्रिय खुला तेक्वान्दोमा शोणितपुर प्रथम, हेटौँडा दोस्रो

मकवानपुर । हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले जितेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङ प्रथम भएको हो । प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै तेस्रो स्थानमा रहेको चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पारेको छ । प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । विजेताहरूलाई हेटौँडा उपमहानगरपालिका १७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र हस्तान्तरण गरेका…
Read More
हेटौँडामा फागुन ७ गतेदेखि अनुपम घलान स्मृति नगर स्तरीय फुटबल प्रतियोगिता हुने

हेटौँडामा फागुन ७ गतेदेखि अनुपम घलान स्मृति नगर स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुर । हेटौँडामा आउँदो फागुन ७ गतेदेखि अनुपम घलान स्मृति नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीको पहिरोमा परी निधन भएका फुटबल खेलाडी घलानको स्मृतिमा हेटौंडा उपमहानगरपालिकाले फुटबल प्रतियोगिता गराउने भएको हो । नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने १६ बर्ष मुनिको प्रथम अनुपम घलान स्मृति फुटबल प्रतियोगिता यही फागुन ७ गतेदेखि सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । हेटौंडा– ५ क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँका साथै शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिनुभयो । दोस्रो हु्ने टिमले नगर ७० हजार…
Read More
बालगृहको अक्षयकोष स्थापना गर्न हेटौँडामा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ

बालगृहको अक्षयकोष स्थापना गर्न हेटौँडामा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ

मकवानपुर । हेटौंडा–५ स्थित `हाम्रो घर’ बालगृहको दीगोपनका लागि अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा `हाम्रो घर’ बालगृहका लागि अक्षयकोष स्थापनार्थ फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ धार्मिक महोत्सव हुने शुक्रबार पत्रकार सम्मेलन गरी संस्था अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिइन् । २०६५ सालमा न्यौपानेले ८ बालबालिका राखेर आफ्‌नै घरबाट सुरु गरी ५ वर्षपछि बालगृहको आफ्‌नै भवन बाट सेवा सुरु गरिएको उनले बताइन् । पछिल्लो समय बालगृहमा रहेका बालबालिकालाई आर्थिक मन्दीका कारण समस्या हुने अवस्था आएपछि दीगोपनका लागि सप्ताह ज्ञानमहायज्ञ गर्न लागिएको उनको भनाइ छ । महायज्ञ धार्मिक महोत्सव फागुन…
Read More
मनहरीमा बारिष्टा र कम्प्युटर तालिम सम्पन्न

मनहरीमा बारिष्टा र कम्प्युटर तालिम सम्पन्न

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा ६ मा नमुना सामुदायिक विकास समिति मकवानपुरको आयोजनामा भएको समापन बारिष्टा र कम्प्युटर तालिम समापन गरिएको छ । मनहरी गाउँपालिका–६ वडा कार्यालय तथा सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा १५ दिने बारिष्टा र १५ दिने कम्प्युट तालिम बुधबार समापन भएको हो । कार्यक्रम मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतिको प्रमुख आतिथ्यमा भएको हो । सो क्रममा बोल्दै अध्यक्ष कालाखेतिले गाउँपालिकाले समूह बनाएर आउनेलाई विभिन्न प्रकारका तालिम र आवश्यक सहयोग प्रदान गर्न तयार रहेको उनले बताए । तालिमले व्यक्तिगत फाइदा पनि दिने भन्दै आफ्नै घरमा कफी तयार गरेर खानुका साथै व्यवसाय सञ्चालन गर्ने अवसरसमेत उपलब्ध…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.