समाचार

राइड हेटौंडा टु सौराहा–२०८२ हुँदै

राइड हेटौंडा टु सौराहा–२०८२ हुँदै

मकवानपुर । आगामी वैशाख १२ र १३ गते ‘राइड हेटौंडा टु सौराहा– २०८२’ को आयोजना हुने भएको छ । स्वास्थ्य , वातावरण तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उदेश्यले साईकल सिटी हेटौंडाको मुख्य आयोजनामा कार्यक्रम हुने भएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । बागमती प्रदेशको सस्कृति तथा पर्यटन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत आयोजनामा हुने कार्यक्रममा ४३ जिल्लाबाट पाँच सय जना राईडरहरुले सहभागिता जनाउने अनुमान रहेको साईकल सिटी हेटौंडाका अध्यक्ष लेखनाथ ढकालले बताउनुभयो । जुनसुकै उमेर भएका इच्छुक राइड प्रेमीले कार्यक्रममा सहभागि हुन नाम दर्ता गर्नसक्ने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिकादेखि चितवन जिल्लासम्मको ७५ किलोमिटरको…
Read More
पत्रकार महासंघलाई पुस्तक सहयोग

पत्रकार महासंघलाई पुस्तक सहयोग

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष मणिराज गौतमले आफुद्वारा लिखित ‘प्रवासका फूलहरू’ नामक पुस्तक सहयोग गरेका छन् । पत्रकार महासंघ मकवानपुर शाखालालाई उपहारस्वरुप १० वटा पुस्तक प्रदान गरेका हुन् । प्रवासमा रहेर सङ्घर्ष गरिरहेका ३९ जना नेपालीको संघर्षका कथाले पुस्तकको पाना सजिएको छ । आकृति क्रिएशनले प्रकाशन गरेको पुस्तकको वितरक किताब घर रहेको छ । पुस्तक विमोचन युरोपमै गरिएको लेखक गौतमले बताए । लेखक गौतमले नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य तथा पुस्तकालय समितिका सरोज पौडेल , रबिन ढुङ्गानालाई पुस्तक हस्तान्तरण गरेका हुन् । एउटा पुस्तकको मूल्य २० युरो राखिएको छ । लेखक गौतमले महासंघलाई चाहिएको खण्डमा आफुसँग उपलब्ध…
Read More
पत्रकार सुरेश रजकको हत्याको विरोध गर्दै मकवानपुरका प्रेस सङ्गठनहरुद्वारा विज्ञप्ति  जारी

पत्रकार सुरेश रजकको हत्याको विरोध गर्दै मकवानपुरका प्रेस सङ्गठनहरुद्वारा विज्ञप्ति जारी

मकवानपुर । चैत्र १५ गते काठमाडौको तिनकुनेमा राजावादीहरुले गरेको आन्दोलनको समाचार–फुटेज सङ्कल गर्न गएका एभी न्युजका फोटो पत्रकार सुरेश रजकको हत्याको विरोध गर्दै मकवानपुरका पत्रकार संगठनहरुले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । प्रेस संगठनहरुले रजकप्रति श्रद्धान्जली अर्पण गर्दै घटनाको विरोध जनाएका हुन् । प्रेस स्वतन्त्रता हनन गरेकोप्रति खेद प्रकट गर्दै संघसंगठनहरुले रजकको हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । उनीहरुले पत्रकार र आम नागरिकको हत्या, पत्रकारहरुमाथि हमला, संचारगृहमाथी तोडफोड र हमला , लगायत अराजक गतिविधि को विरोध गरेका छन् । समाजवादी प्रेस संठन नेपाल, प्रेस चौतारी नेपाल, स्वतन्त्र पत्रकार संघ , प्रेस सेन्टर मकवानपुर लगायत संगठनहरुले…
Read More
हेटौँडामा उपयोगीको आयोजनामा रक्तदान कार्यक्रम

हेटौँडामा उपयोगीको आयोजनामा रक्तदान कार्यक्रम

मकवानपुर । उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित थानाभरयाङ्गमा अवस्थित सहकारीको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए । उपयोगी सहस्राब्दी को ५ औं स्थापना दिवसको अवसरमा गरिएको रक्तदान उपयोगीका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षता तथा ११ नम्बर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा सदस्यद्वय सन्जय बिडारी , बिकास नेपाल , बागेश्वरी बचत तथा ऋण सकारी अध्यक्ष आशा अर्याल , सामुदायिक प्रहरी सेवाकेन्द्रकी सहाय हवल्दार निमा भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।
Read More
पत्रकार हत्याको विरोध गर्दै हेटौँडामा पत्रकारको विरोध सभा

पत्रकार हत्याको विरोध गर्दै हेटौँडामा पत्रकारको विरोध सभा

मकवानपुर । राजावादी समूहको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ मकवानपुरले हेटौंडाको सिमाचोकमा विरोध सभा आयोजना गरेको छ। हिजो तीनकुनेमा भएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो, र केही सञ्चारगृहमा तोडफोडसमेत गरिएको थियो। आज पत्रकार महासङ्घको स्थापना दिवस पनि हो, तर महासङ्घले केन्द्रीय निर्देशन अनुसार पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो। हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरूको विरोध प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो। विरोध सभामा पत्रकारमाथिको हिंसात्मक आक्रमणको घोर भत्र्सना, पेशागत सुरक्षाको ग्यारेन्टी, सुरेश रजकको हत्यारालाई कारबाही…
Read More
रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ

रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा काठमाडौं प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ तिनुकनेमा आज भएको आन्दोलनमा परी हालसम्म एक जना पत्रकार र एक आन्दोलनकारीको मृत्यू भईसकेको छ ।
Read More
चौकीटोल घटनाः प्रहरीले करिब १८ घण्टापछि शव उठायो

चौकीटोल घटनाः प्रहरीले करिब १८ घण्टापछि शव उठायो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १, चौकीटोलमा देवरले भाउजुको हत्या गरेको करिब १८ घण्टापछि बिहीबार बिहान प्रहरीले शव उठाएको छ । प्रहरीका अनुसार त्यहाँस्थित २२ वर्षीय राहुल दासले बुधबार दिउँसो साढे ३ देखि ४ बजेको बीचमा आफ्नी जेठी भाउजु ३५ वर्षीय गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटना घटेको समयदेखि विविध कारणले प्रहरीले बिहीबार बिहान मात्रै मृतकको शव उठाएको हो । प्रहरीका अनुसार आरोपित राहुलले उनका माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइते रुपेशको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार तीन दाजुभाइ मध्ये जेठो…
Read More
कुलमान घिसिङ केसले संसद बैठक अवरुद्ध

कुलमान घिसिङ केसले संसद बैठक अवरुद्ध

मकवानपुर । नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा विवाद बढेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि तय गरिएको बैठक विपक्षी दलहरूको अवरोधका कारण सञ्चालन हुन सकेन। पहिलो पटक आधा घण्टाका लागि स्थगित गरिएको बैठक निर्धारित समयमै सुरु हुन नसकेपछि पुनः सूचना जारी गर्दै स्थगित गरिएको थियो। प्रतिनिधिसभा नियमावलीअनुसार बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए स्वतः स्थगित हुन्छ। यही प्रावधानअनुसार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बैठक दिउँसो ३ बजे बस्ने गरी सार्ने निर्णय गरेका थिए। तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूको लगातारको अवरोधका कारण सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका…
Read More
नेपालमा लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको कुलमान घिसिङको घोषणा

नेपालमा लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको कुलमान घिसिङको घोषणा

मकवानपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको घोषणा गरेका छन्। सोमबार मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङमा आयोजित पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रममा बोल्दै घिसिङले यो उपलब्धि सरकारको पहल र समन्वयकै कारण सम्भव भएको बताए। उनले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेपछि दुर्गम गाउँहरूमा समेत बिजुली पुर्‍याइएको उल्लेख गर्दै भने, ‘पहिले बजार क्षेत्रमा २४ घण्टा बिजुली आपूर्ति भएको भन्दै लोडसेडिङ अन्त्य भयो भन्नु गलत थियो। तर, अहिले गाउँ-गाउँमा पनि बिजुली पुगेको छ, र देशमा पूर्ण रूपमा लोडसेडिङ समाप्त भएको छ।’ उनले विद्युतीय क्षेत्रको सुधारका लागि आफूले निष्ठापूर्वक कार्य गरेको र सरकारले दिएको सहयोगकै कारण ठूला उपलब्धिहरू…
Read More
प्रगति माविमा छात्रवृत्ति वितरण तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न

प्रगति माविमा छात्रवृत्ति वितरण तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगती माविमा छात्रवृत्ति वितरण तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज कोइरालाको अध्यक्षता तथा हेटौंडा ९ नम्बर वडाका वडा अध्यक्ष सुकराम केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा गत शैक्षिक सत्रमा प्रगति माविबाट कक्षा १० को एसईई परिक्षामा सहभागी भै प्रगति माविमा नै कक्षा ११ अध्ययन गर्ने २८ जना विद्यार्थीहरुलाई १ लाख ८० हजार ७ सय ८० बराबरको रकम बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । साथै वडा कार्यालयको तर्फबाट प्रगति माविलाई २० थान सिलिङ फाइन समेत सहयोग गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सुकराम केसी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.