हेटौँडामा उपयोगीको आयोजनामा रक्तदान कार्यक्रम

मकवानपुर । उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित थानाभरयाङ्गमा अवस्थित सहकारीको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए ।

उपयोगी सहस्राब्दी को ५ औं स्थापना दिवसको अवसरमा गरिएको रक्तदान उपयोगीका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षता तथा ११ नम्बर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वडा सदस्यद्वय सन्जय बिडारी , बिकास नेपाल , बागेश्वरी बचत तथा ऋण सकारी अध्यक्ष आशा अर्याल , सामुदायिक प्रहरी सेवाकेन्द्रकी सहाय हवल्दार निमा भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.