२०८१ चैत्र १७, आईतवार ०८:०१ गते
२०८१ चैत्र १७, आईतवार ०८:०१ गते
मकवानपुर । चैत्र १५ गते काठमाडौको तिनकुनेमा राजावादीहरुले गरेको आन्दोलनको समाचार–फुटेज सङ्कल गर्न गएका एभी न्युजका फोटो पत्रकार सुरेश रजकको हत्याको विरोध गर्दै मकवानपुरका पत्रकार संगठनहरुले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । प्रेस संगठनहरुले रजकप्रति श्रद्धान्जली अर्पण गर्दै घटनाको विरोध जनाएका हुन् । प्रेस स्वतन्त्रता हनन गरेकोप्रति खेद प्रकट गर्दै संघसंगठनहरुले रजकको हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । उनीहरुले पत्रकार र आम नागरिकको हत्या, पत्रकारहरुमाथि हमला, संचारगृहमाथी तोडफोड र हमला , लगायत अराजक गतिविधि को विरोध गरेका छन् । समाजवादी प्रेस संठन नेपाल, प्रेस चौतारी नेपाल, स्वतन्त्र पत्रकार संघ , प्रेस सेन्टर मकवानपुर लगायत संगठनहरुले…