समाचार

हेटौंडामा फेसन डिजाइन तालिम सम्पन्न

हेटौंडामा फेसन डिजाइन तालिम सम्पन्न

हेटौंडा । हेटौंडामा महिलाहरुलाइ दिइएको स्पेसल फेसन डिजाइन तालिमको समापन भएको छ । जिल्ला लघु उद्धमी समूह संघ मकवानपुरको आयोजना र हेटौंडा गार्मेन्ट उद्धमी समूह , सूर्यमणी प्राविधिक शिक्षालयको सहकार्यमा महिलाहरूलाई नि:शुल्क १० दिने तालिम दिइएको मुख्य प्रशिक्षक मेनका श्रेष्ठले जानकारी दिइन् । करिब २० जना महिलाले तालिम सकाएका छन् । तालिम पूरा गरेकाहरुलाइ तालिम समापन कार्यक्रमकि प्रमुख अतिथी (पिसिटीभिइटी प्रमुख) शान्ति लामा, विशिस्ट अतिथी हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, बागमती प्रदेश सामाजिक विकास शाखाकी महिला विकास निरीक्षक ममता सिग्देल लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
Read More
हेटौंडामा लागूऔषधसहित ४ जना पक्राउ, अनुसन्धान जारी

हेटौंडामा लागूऔषधसहित ४ जना पक्राउ, अनुसन्धान जारी

हेटौंडा । मकवानपुर जिल्लामा लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन र ट्रामाडोल जस्ता लागूऔषध बरामद गरिएको छ। प्रहरीका अनुसार मिति २०८२ साउन १७ गते साँझ करिब ६ बजे वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–५ पिप्लेचोकस्थित कान्तीराज लोकपथ सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना.३५ प ६७१२ नम्बरको स्कुटरमा सवार दुई जनालाई नियन्त्रणमा लिएको थियो। स्कुटर चालक हेटौंडा–५ बस्ने २१ वर्षीय युवक र पछाडि सवार हेटौंडा–६ का ३८ वर्षीय पुरुषको खानतलासी गर्दा उनीहरूको साथबाट ५२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको हो।…
Read More
युवा नेता सुदन सिङ प्रजा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

युवा नेता सुदन सिङ प्रजा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ का लोकप्रिय एमाले नेता सुदन सिङ प्रजाले नेकपा (एमाले) परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। आज आयोजित एक कार्यक्रममा प्रजा औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उक्त जानकारी नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो। प्रजाको पार्टी प्रवेशलाई स्थानिय स्तरमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। उनले एमालेमा रहँदै सक्रिय भूमिका खेलेका थिए। नेकपा (एकीकृत समाजवादी) मकवानपुरले प्रजाको आगमनले पार्टी संगठन अझ सशक्त हुने विश्वास व्यक्त गरेको छ।
Read More
हेटौँडामा देशकै नमुना प्रादेशिक कृषि थोक बजार उद्घाटन

हेटौँडामा देशकै नमुना प्रादेशिक कृषि थोक बजार उद्घाटन

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना प्रादेशिक कृषि थोक बजार आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। हेटौँडा उपमहानगरपालिका क्षेत्रमा निर्माण गरिएको उक्त आधुनिक कृषि बजार भवनको उद्घाटन प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा गरे। सोही अवसरमा बजारको जिम्मेवारी उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। करीब ३८ करोड ८८ लाख ६७ हजार रुपैयाँ लागत अनुमानसहितको पाँच तल्ले योजना भए पनि हालसम्म ३२ करोड १० लाख ५० हजार रुपैयाँको लगानीमा बेसमेन्टसहित तीनतल्ले संरचना निर्माण सम्पन्न भएको छ। भवनको बेसमेन्टमा…
Read More
मकवानपुरमा फुलकन्ट्र्याक्ट कराते महासंघ गठन

मकवानपुरमा फुलकन्ट्र्याक्ट कराते महासंघ गठन

हेटौंडा । मकवानपुर जिल्लामा फुलकन्ट्र्याक्ट कराते खेलको समुचित व्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरूको हकहित र समान अवसरको सुनिश्चितताका लागि "मकवानपुर जिल्ला फुलकन्ट्र्याक्ट कराते महासंघ" गठन गरिएको छ। बालकुमारीस्थित मकवानपुर क्योकुशिन कराते संघ, IKO UNION का अध्यक्ष बुद्धिनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न संघ-संस्थाका प्रशिक्षक र खेलाडीहरूको उपस्थिति रहेको थियो। बागमती प्रदेश फुलकन्ट्र्याक्ट कराते महासंघको पत्र अनुसार गठित तदर्थ समितिका अध्यक्ष तथा प्रतिनिधि केशव देसार र मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोईरालाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। भेलाले नेपाल बालकुमारी क्योकुशिन करातेका केन्द्रिय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक बिष्णु श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ। समितिमा लवाङ्ग…
Read More
हेटौंडामा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) सम्मानित

हेटौंडामा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) सम्मानित

हेटौंडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको "देश चिनाउने सम्बासँग हाम्रो चिनजान" कार्यक्रममा कप्तान भण्डारीलाई सम्मान गरिएको हो। कार्यक्रममा सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे। सम्मान ग्रहणपछि बोल्दै कप्तान साम्बाले आफूले मोजाबाट बनाइएको भकुण्डोबाट फुटबल यात्रा सुरु गरेको उल्लेख गरिन्। उनले सुरुवाती दिनमा गरेको संघर्षकै कारण आफू आजको स्थानमा आइपुगेको बताइन्। “अरु बच्चाहरु फुटबल खेलिरहेका…
Read More
बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

हेटौँडा । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषित गरिएको छ। भक्तपुरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमतीका सबै १३ जिल्लाले आवश्यक खोप पूर्ण रुपमा उपलब्ध गराईसकेको आधारमा उक्त घोषणा गर्नुभएको हो। प्रधानमन्त्री ओलीले १६ देखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू सफलतापूर्वक प्रदान गरिएको पुष्टि गर्दै यो उपलब्धिलाई राष्ट्रिय खोप समन्वय समितिबाट प्रमाणीकरण पनि भइसकेको जानकारी दिनुभयो। उहाँले बाल स्वास्थ्यको क्षेत्रमा यो उपलब्धिले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई थप बल दिने विश्वास व्यक्त गर्नुभयो। “नेपाललाई समृद्ध र आधुनिक बनाउने, नेपाली जनतालाई सुखी बनाउने लक्ष्यभन्दा ठूलो केही हुन सक्दैन,” भन्दै प्रधानमन्त्री ओलीले सरकार त्यसै मार्गमा…
Read More
बागमती प्रदेश कृषि मन्त्रालयको प्रगति सार्वजनिक, ७० वटा वडामा आत्मनिर्भर कृषि कार्यक्रम सञ्चालन

बागमती प्रदेश कृषि मन्त्रालयको प्रगति सार्वजनिक, ७० वटा वडामा आत्मनिर्भर कृषि कार्यक्रम सञ्चालन

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ को प्रगति विवरण सार्वजनिक गरेको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश श्रेष्ठले मन्त्रालयबाट सम्पन्न ३६ वटा मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन्। मन्त्री श्रेष्ठका अनुसार, कृषि विकास कार्यालय र पशु सेवा कार्यालय नभएका जिल्लामा सेवा पु‍र्‍याउन कृषि तथा पशु सेवा केन्द्रहरू स्थापना गरिएको छ। पाँच वर्षसम्म सञ्चालन हुने ‘स्वनिर्भर वडा कार्यक्रम’ अन्तर्गत गत र चालू वर्षमा छनौट भएका ७० वडामा साझेदार संस्थासँग सम्झौता भई कार्यान्वयन भइरहेको छ। प्रत्येक वडालाई ४० लाख रुपैयाँका दरले सहयोग गरिएको छ। पशु स्वास्थ्यका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हासिल गरिएको मन्त्रालयको…
Read More
नारायणी कलेजमा  नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

नारायणी कलेजमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

हेटौंडा ।हेटौंडा–१० स्थित नारायणी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्न विशेष कार्यक्रमको आयोजना गरेको छ। साउन १५ ‘खिर खाने दिन’ लाई अवसर बनाएर कलेजले नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई खिर खुवाएर आत्मीय रूपमा स्वागत गरेको हो। कार्यक्रममा कलेजका प्राचार्य रघुनाथ खरालले शुभकामना दिँदै “मुख मिठ्याएर पढाइ सुरु गर्ने संस्कार परम्परा र अनुशासनसँग जोडिएको हो” भन्दै यसले विद्यार्थीहरूमा आपसी आत्मीयता र जिम्मेवारीबोध विकास गर्ने विश्वास व्यक्त गरे। कक्षा ११ को औपचारिक पठन–पाठन साउन १६ गतेदेखि सुरु हुने जनाइएको छ। कार्यक्रममा कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षण म्याजिसियन बलराम सरकारको विशेष…
Read More
मन्त्री महर्जनको एक वर्षे कार्यकालमा : डिजिटल सेवा, यातायात आधुनिकीकरण र श्रम व्यवस्थापनमा प्रगति

मन्त्री महर्जनको एक वर्षे कार्यकालमा : डिजिटल सेवा, यातायात आधुनिकीकरण र श्रम व्यवस्थापनमा प्रगति

हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनको एक वर्षे कार्यकालमा प्रविधिमैत्री सेवा विस्तार, यातायात प्रणालीको आधुनिकीकरण, श्रम व्यवस्थापन तथा वैदेशिक रोजगारी सुदृढीकरणतर्फ उल्लेखनीय प्रगति भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री महर्जनले आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयमार्फत हासिल भएका नीतिगत, संस्थागत र कार्यक्रमगत उपलब्धिहरू सार्वजनिक गरे। उनका अनुसार हाल देशभर करिब २२ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ बाँकी रहेकोमा बागमती प्रदेशमा मात्र ८ लाख ५० हजार छपाइ हुन बाँकी रहँदा ‘डिजिटल लाइसेन्स’ सेवा सुरु गरिएको छ। यो प्रणालीमार्फत ट्राफिक प्रहरीको सिस्टमलाई नागरिक एपसँग जोडिएको छ, जसले मोबाइलमै लाइसेन्स देखाउने र जरिवाना डिजिटल माध्यमबाट तिर्ने सुविधा दिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.