समाचार

बुटवल उद्योग वाणिज्य संघको टोलीद्वारा हेटौँडा भ्रमण

बुटवल उद्योग वाणिज्य संघको टोलीद्वारा हेटौँडा भ्रमण

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा बुटवल उद्योग वाणिज्य संघको १९ सदस्यीय भ्रमण टोलीसँग मंगलबार अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा हेटौँडा आएको उक्त टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दीपक उप्रेतीले स्वागत गर्नुभयो। कार्यक्रममा कार्यवाहक अध्यक्ष उप्रेतीले मकवानपुर उद्योग वाणिज्य संघको स्थापना, संस्थाको संगठनात्मक स्वरूप, सदस्यता विस्तार र संघद्वारा सञ्चालित विभिन्न व्यावसायिक गतिविधिहरूबारे प्रकाश पार्नुभएको थियो। छलफलका क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग वाणिज्य संघहरूबीचको अनुभव आदान-प्रदानले व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले रुपन्देहीबाट पूर्वतर्फका अग्रणी संघहरूको अध्ययन भ्रमणमा निस्केको जानकारी दिँदै मकवानपुर उद्योग…
Read More
बढ्दैछ  रानी सामुदायिक  वनमा सालक

बढ्दैछ रानी सामुदायिक वनमा सालक

हेटाैडा । किसानकाे साथीकाे रुपमा रहेकाे सालकलाई हेटाैडा - ६ चाैघडामा रहेकाे रानी सामुदायिक वनले आफ्नै सन्तानकाे रुपमा संरक्षण गर्दै आएकाे छ । जेठ १० गते रातकाे ८ बजेकाे समयमा स्थानीय सुरज फुयालले बाटाेमा हिडिरहेकाे समयमा फेला पारि समूहका वन हेरालु हरिचन्द्र सापकाेटालाई बुझाएका थिए । करिव ३ केजी वजन भएकाे सालकलाई जेठ ११ गते हेटाैडा उपमहानगरपालिका वडा नं -६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पाैडेल, समूहकी सचिव अमुना सापकोटा, सदस्य पूर्णभद्र चाैलागाई, लेखा संयाेजक राजकुमार फुयाल,उपभोक्ता र कर्मचारीकाे राेहवरमा समूहद्वारा निर्माण गरिएकाे सालक केजमा छाडिएको छ । अत्यन्त लज्जालु स्वभावकाे सालक रातकाे समयमा सक्रिय हुने गर्छ।…
Read More
बागमती प्रदेशमा एचआईभी संक्रमण घट्दो, तर ‘सामाजिक कलंक’ अझै ठूलो चुनौती

बागमती प्रदेशमा एचआईभी संक्रमण घट्दो, तर ‘सामाजिक कलंक’ अझै ठूलो चुनौती

हेटौँडा । बागमती प्रदेशमा एचआईभी संक्रमण दर क्रमशः घट्दै गएको भए पनि यसको नियन्त्रण र व्यवस्थापनमा भने अझै चुनौतीपूर्ण अवस्था देखिएको छ। संक्रमण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भए पनि सामाजिक लाञ्छना, ढिलो परीक्षण र सेवाको पहुँचमा रहेको कमीका कारण पूर्ण सफलता हासिल गर्न बाधा पुगिरहेको सरोकारवालाहरूले औँल्याएका छन्। स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा करिब ७ हजार ४ सय जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। तराईका सीमावर्ती क्षेत्र, काठमाडौँ र चितवनलाई संक्रमणको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। तथ्यांकअनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २१ हजार २२९ जनामा गरिएको परीक्षणमध्ये ७२७ जनामा संक्रमण देखिएको…
Read More
हेटौंडामा इभी नीति संवाद : दिगो यातायात विकासमा जोड

हेटौंडामा इभी नीति संवाद : दिगो यातायात विकासमा जोड

हेटौँडा । हेटौंडामा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) तथा बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजनामा “इमर्जन नेपाल: ड्राइभिङ द फ्युचर” अभियानअन्तर्गत “पोलिसी डाइलग अन इलेक्ट्रिक भेहिकल एडप्सन” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इभी प्रवर्द्धन, नीति स्थायित्व, पूर्वाधार विकास तथा जनचेतनाका विषयमा व्यापक छलफल गरिएको थियो। बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अटोमोबाइल व्यवसायी, इन्जिनियर, इभी प्रयोगकर्ता, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले गरेका थिए। कार्यक्रममा मेकानिकल इन्जिनियर आदर्श पौडेलले इभीको वर्तमान अवस्था, बजार, कर प्रणाली, ब्याट्री व्यवस्थापन, अवसर तथा चुनौतीबारे प्रस्तुति दिएका थिए। सहभागीहरूले नेपालमा इभीप्रति सकारात्मक आकर्षण बढ्दै…
Read More
त्रिभुवन माविमा शिशु कक्षाका विद्यार्थीलाई ब्याग र शैक्षिक सामग्री वितरण

त्रिभुवन माविमा शिशु कक्षाका विद्यार्थीलाई ब्याग र शैक्षिक सामग्री वितरण

हेटौंडा । हेटौंडा-११ स्थित त्रिभुवन माध्यमिक विद्यालयले शिशु कक्षामा अध्ययनरत २० जना छात्रछात्रालाई विद्यालय ब्याग र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाका अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी उक्त सामग्री वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष जुना दाहालले यस्ता साना सहयोगले विद्यार्थीको शैक्षिक उन्नतिमा ठूलो मद्दत पुग्ने बताइन्। विद्यालय व्यवस्थापन समितिका सदस्य बद्री लम्सालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला, सहायक प्रधानाध्यापकद्वय बैकुण्ठ नेपाल र शर्मिला ढकाल लगायत शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
Read More
थानाभर्याङमा प्रहरी जवानसहित १७ जनाले गरे रक्तदान

थानाभर्याङमा प्रहरी जवानसहित १७ जनाले गरे रक्तदान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ स्थित थानाभर्याङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो। टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा-११ को आयोजना तथा वडा नम्बर ११ कार्यालयको आर्थिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा बागमती प्रदेश प्रहरी गणका ५ जना प्रहरीसहित १७ जनाले रक्तदान गरेका थिए। वडा समन्वय समिति हेटौंडा-११ का अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्यद्वय विकास नेपाल र गोपिनी सापकोटा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
Read More
हेटौँडामा राष्ट्रिय गोष्ठी: पर्यटनसँगै कृषि र उद्योगको एकीकरणले मात्र दिगो विकास सम्भव

हेटौँडामा राष्ट्रिय गोष्ठी: पर्यटनसँगै कृषि र उद्योगको एकीकरणले मात्र दिगो विकास सम्भव

हेटौँडा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय र महिला विकास सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा हेटौँडामा एक दिवसीय राष्ट्रिय सम्मेलन तथा गोष्ठी सम्पन्न भएको छ। ‘संस्कृति र पर्यटनसँग सहकार्य: कृषि, वन तथा उद्योग क्षेत्रमा देखिएका चुनौती र अवसर’ विषयक उक्त गोष्ठीले विभिन्न क्षेत्रको एकीकृत विकासका लागि बहुपक्षीय सहकार्यमा जोड दिएको छ। महिला विकास सहकारी संस्था लिमिटेड, नुवाकोटकी अध्यक्ष तुलसा रिमालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरू र विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो। गोष्ठीमा समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेड (काभ्रे), सुप्रीति बचत तथा ऋण सहकारी संस्था लिमिटेड (हेटौँडा), आनन्ददायक बहुद्देश्यीय सहकारी संस्था लिमिटेड (दोलखा) र होटल…
Read More
“हेटौंडामा युवा संवाद : सङ्घीयता, समावेशिता र वित्तीय शासनमा युवाको साझा आवाज”

“हेटौंडामा युवा संवाद : सङ्घीयता, समावेशिता र वित्तीय शासनमा युवाको साझा आवाज”

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र तथा वित्तीय सङ्घीयताबारे युवामा साझा बुझाइ विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय युवा संवाद कार्यक्रम सम्पन्न भएको छ। United Nations Development Programme अन्तर्गतको PLGSP र flc.org.np⁠ को सहकार्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ५८ जना युवा, विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा सङ्घीयता कार्यान्वयन, अन्तर–सरकारी सम्बन्ध, समावेशी शासन, वित्तीय सङ्घीयता तथा नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताबारे छलफल गरिएको थियो। सहभागीहरूले प्रतिनिधित्व मात्रै होइन, वास्तविक समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। ‘सङ्घीयता बुझाइ’ सत्रमा डा. खिमलाल देवकोटा ले वित्तीय सङ्घीयता, स्रोत बाँडफाँट…
Read More
त्रिभुवन माविमा एसईई उत्तीर्ण विद्यार्थी र शिक्षक सम्मानित

त्रिभुवन माविमा एसईई उत्तीर्ण विद्यार्थी र शिक्षक सम्मानित

हेटौंडा । हेटौंडा-११ स्थित त्रिभुवन माध्यमिक विद्यालयले एसईई (SEE) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सम्बन्धित शिक्षकहरूलाई सम्मान गरेको छ। विद्यार्थीको हौसला बढाउन र आगामी शैक्षिक यात्रामा थप सफलताका लागि प्रेरित गर्ने उद्देश्यले विद्यालयले सम्मान कार्यक्रम आयोजना गरेको हो। विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले भने, “उत्कृष्ट अंक ल्याउने विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गर्दा विद्यालयको शैक्षिक स्तरमा सुधार हुनुका साथै विद्यार्थीको आत्मविश्वासमा समेत वृद्धि हुन्छ।” विद्यालय व्यवस्थापन समितिका सदस्य जनक लम्सालको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा आयुष सञ्जेल (३.७५ GPA), प्रणय घिमिरे (३.६० GPA), कृष्णप्रसाद खतिवडा (३.५४ GPA),…
Read More
श्री आधारभूत विद्यालय हेटौंडा १५ कमाने भोर्लेद्वारा सीमारहित शिक्षा सम्पन्न

श्री आधारभूत विद्यालय हेटौंडा १५ कमाने भोर्लेद्वारा सीमारहित शिक्षा सम्पन्न

हेटौंडा । हेटौंडा १५ - श्री आधारभूत विद्यालय कमाने भोर्लेले प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले आफ्नो नियमित शैक्षिक गतिविधिअन्तर्गत आयोजना गरेको “Borderless Session” कार्यक्रममा ताइवान, भियतनाम, अफ्रिका तथा बंगलादेशका विद्यार्थीहरूसँग कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो देशको संस्कृति, भाषा, रहनसहन, शिक्षा प्रणाली तथा सामाजिक गतिविधिबारे अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले नेपाली कला र संस्कृतिको झल्को दिने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए। नेपाली मौलिक संस्कृति प्रस्तुत गरिएको उक्त नृत्यले विदेशी विद्यार्थीहरूको समेत ध्यान आकर्षित गरेको विद्यालयले जनाएको छ। उक्त कार्यक्रमको सहजीकरण प्रशिक्षक विवस जंग थापाले गर्नुभएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.