२०८३ जेष्ठ १२, मंगलवार १७:०४ गते
२०८३ जेष्ठ १२, मंगलवार १७:०४ गते
हेटाैडा । किसानकाे साथीकाे रुपमा रहेकाे सालकलाई हेटाैडा - ६ चाैघडामा रहेकाे रानी सामुदायिक वनले आफ्नै सन्तानकाे रुपमा संरक्षण गर्दै आएकाे छ । जेठ १० गते रातकाे ८ बजेकाे समयमा स्थानीय सुरज फुयालले बाटाेमा हिडिरहेकाे समयमा फेला पारि समूहका वन हेरालु हरिचन्द्र सापकाेटालाई बुझाएका थिए । करिव ३ केजी वजन भएकाे सालकलाई जेठ ११ गते हेटाैडा उपमहानगरपालिका वडा नं -६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पाैडेल, समूहकी सचिव अमुना सापकोटा, सदस्य पूर्णभद्र चाैलागाई, लेखा संयाेजक राजकुमार फुयाल,उपभोक्ता र कर्मचारीकाे राेहवरमा समूहद्वारा निर्माण गरिएकाे सालक केजमा छाडिएको छ । अत्यन्त लज्जालु स्वभावकाे सालक रातकाे समयमा सक्रिय हुने गर्छ।…