समाचार

चुनावको बिकल्प छैन, यो सरकारले चुनाव गराउँछ- बिडारी

चुनावको बिकल्प छैन, यो सरकारले चुनाव गराउँछ- बिडारी

हेटौँडा । संविधानसभा सदस्य , वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले चुनावको विकल्प नभएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीका घटक नेकपा माओवादी केन्द्रका पुर्व सदस्य समेत रहेका बिडारीले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन ठुला दलका नेताहरुको असमझदारीको कारण भएको पनि औल्याए । उनले भने , सत्तासिन नेताहरूले सत्ता र कुर्सी मोहमात्र देखे , आफुलाइ केन्द्रमा राखे , नातागोता वरिपरि राखेर काम गरे त्यसकारण देश धराशायी अवस्थामा पुगेको छ । कम्युनिस्ट नेता बिडारी भन्छन् , जेन्जीहरुको माग भ्रष्टाचार मुक्त शासन , सामाजिक संजालबाट अभिव्यक्ति स्वतन्त्रताको थियो । त्यसमा बाहिय शक्ति को ग्राण्डडिजाइनमा घुसपैठ भयो । निर्दोष बालबालिका र युवाहरु मारिए…
Read More
बाल अधिकार र बालबिवाह अन्त्यबारे प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

बाल अधिकार र बालबिवाह अन्त्यबारे प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा बाल अधिकार र बालबिवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न भएको छ। “बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल (जिएनबी नेपाल)” र युवालयको संयुक्त आयोजनामा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश तथा बाल कल्याण समाज मकवानपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। युवालयका कोषाध्यक्ष कृष्ण तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। मन्त्री बादेले बाल अधिकार हनन् र बाल विवाहलाई मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै यसको अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष तथा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा,…
Read More
त्रिभुवन माविमा नयाँ प्रयोगले शिक्षामा सघायो

त्रिभुवन माविमा नयाँ प्रयोगले शिक्षामा सघायो

हेटौंडा। शिक्षामा नयाँ प्रयोग सुरु गरेपछि विद्यार्थीहरूको पठनपाठनमा उल्लेखनीय सुधार आएको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले बताएका छन्। हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडा अन्तर्गत नवलपुरमा रहेको उक्त विद्यालयले अध्ययन–अध्यापनलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षक/शिक्षिका र विद्यार्थीबीच मूल्यांकन सहमति फाराम, दैनिक कक्षा सञ्चालन तथा शिक्षण समय अभिलेख, दैनिक कक्षागत विद्यार्थी क्रियाकलाप फाराम भर्ने र नियमित रेकर्ड राख्ने जस्ता गतिविधि लागू गरेको छ। यी प्रणाली लागू भएपछि शिक्षक/शिक्षिका र विद्यार्थी दुवैको क्रियाकलापमा सकारात्मक सुधार आएको प्रशासनिक सहप्रधानाध्यापक शर्मिला ढकालले जानकारी दिइन्। नयाँ प्रणाली लागू गरेपछि विद्यार्थीहरूको पठनपाठन क्रमशः सुधार हुँदै गएको शैक्षिक सहप्रधानाध्यापक बैकुण्ठ नेपालको मूल्यांकन छ। कक्षा ९ का विद्यार्थी तथा विद्यालय…
Read More
कैलाश र राक्सिराङमा तीन दिन क्रीसमस बिदा

कैलाश र राक्सिराङमा तीन दिन क्रीसमस बिदा

मकवानपुर । मकवानपुरका कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाले क्रीसमस पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्य तथा स्थानीय सरकारको कर्तव्य भएको कैलाश गाउँपालिका अध्यक्ष लोक मुक्तान र राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको साझा धारणा रहँदै आएको छ । सोही मान्यतालाई आत्मसात गर्दै दुवै गाउँपालिकाले क्रीस्चियन समुदायको महत्वपूर्ण पर्व क्रीसमसका अवसरमा बिदा दिने निर्णय गरेका हुन् । कैलाश गाउँपालिका अध्यक्ष लोक मुक्तानले सबै धर्म र संस्कृतिको जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । दुवै गाउँपालिकाले देश तथा विदेशमा रहेका नेपाली क्रीस्चियन धर्मावलम्बीहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति र…
Read More
मानसचोक–पिपलबोट सडक कालोपत्र, आवागमन सहज

मानसचोक–पिपलबोट सडक कालोपत्र, आवागमन सहज

हेटौँडा । हेटौंडा उपमहानगरपालिका–२ अन्तर्गत मानसचोकदेखि पिपलबोटसम्मको सडक खण्ड कालोपत्र गरिएको छ । हेटौंडाको अत्यन्त संवेदनशील तथा महत्वपूर्ण क्षेत्र मानिने यस सडक खण्डमा मुख्यमन्त्रीको कार्यालय र निवास, विभिन्न मन्त्रालयहरू, हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, वडा नं. २ को कार्यालयलगायतका प्रमुख सरकारी निकायहरू अवस्थित छन् । लामो समयदेखि सडक ठाउँ–ठाउँमा भत्किएको, खाल्डाखुल्डी परेको र धुलो–हिलोका कारण सर्वसाधारण तथा सवारीसाधनलाई आवागमनमा समस्या हुँदै आएको थियो । सडक स्तरोन्नतिका लागि अघिल्ला समयमा विभिन्न बाधा तथा अड्चन देखिए पनि यसपटक भने मानसचोकदेखि पिपलबोटसम्मको सडक कालोपत्र (पिच) सम्पन्न गरिएको वडा नं. २ को कार्यालयले जनाएको छ । सडक कालोपत्र भएसँगै आवागमन सहज…
Read More
घर नजिकैको क्याफेमा हो-हल्ला गरेर रातभरि सुत्नै पाइएन भन्दै स्थानीयले गुहारे  मिडिया

घर नजिकैको क्याफेमा हो-हल्ला गरेर रातभरि सुत्नै पाइएन भन्दै स्थानीयले गुहारे मिडिया

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडास्थित एक क्याफेमा रातभरि अश्लील शब्द प्रयोग गर्दै हो–हल्ला भएपछि स्थानीयवासी समस्यामा परेका छन्। हुप्रचौरको पूर्वी गेट नजिकै रहेको उक्त क्याफेमा रातभरि ठूलो स्वरमा अश्लील शब्द प्रयोग गर्दै हो–हल्ला गरिने गरेको स्थानीयको गुनासो छ। “रातभरि सुत्नै सकिनँ, बिहान ४ बजे मात्रै निदाउन पाएँ,” एक स्थानीयले मिडियासँग दुःखेसो पोखे। स्थानीयका अनुसार होटल, रेस्टुरेन्ट, बार तथा डान्सबार सञ्चालन गर्नु व्यवसायिक अधिकार भए पनि वरपर बसोबास गर्ने मानिसहरू कामबाट थाकेर घर फर्किने गर्छन्। यस्तो अवस्थामा अरूलाई असहज हुने गरी असभ्य व्यवहार गर्नु व्यक्तिगत अधिकारको हनन भएको उनीहरूको भनाइ छ। एक–दुई पटक मात्र नभई पटक–पटक यस्ता गतिविधि दोहोरिँदै आएको…
Read More
कालिकामाई टोल विकास संस्थाको २१औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

कालिकामाई टोल विकास संस्थाको २१औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

हेटौँडा । कालिकामाई टोल विकास संस्थाको २१ औँ साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ८ का वडा सदस्य गोरखनाथ राय प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा सामाजिक विकास शाखाका प्रबन्धक डा. भिमप्रसाद तिमिल्सिना विशेष अतिथि तथा नगर समन्वय समितिकी सचिव सुशिला मल्ल अतिथिका रूपमा सहभागी हुनु भएको थियो। साधारण सभाका क्रममा शारीरिक अपाङ्गता भएका व्यक्ति, एसईई उत्तीर्ण विद्यार्थी, सिईई उत्तीर्ण विद्यार्थी तथा असल ऋणीहरूलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्। अधिवेशनबाट पुनः पुरानै कार्यसमिति…
Read More
नेकपा को मनहरी एकता सन्देश भेला सम्पन्न

नेकपा को मनहरी एकता सन्देश भेला सम्पन्न

मनहरी / नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) को मनहरी गाउँ पालिका एकता सन्देश सभा सम्पन्न भएको छ । नेकपा घटक नेता एकराज पुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा घटक पार्टी नेता केन्द्रिय सदस्य प्रमिला पूलामी को प्रमुख आतिथ्यता रहेको थियो । स-सानो पार्टीको रूपमा रहेको पार्टीहरुको एकताले ठुलो रुप लिएकोले चुनौती र अवसर दुवै हुने भएकोले धैर्यताका साथ अघि बड्नुपर्ने वक्ताहरुको भनाइ थियो । कार्यक्रममा घटक नेताहरू रामहरि सुवेदी , सीता पूलामी , किशोर बर्तौला , रामप्रसाद कालाखेती , लिलाराज बि . क . , अशोक शाक्य , कृष्णलाल प्रजा , रोशन बल , राजकुमार पाख्रीन लगायतको आतिथ्यता रहेको थियो ।
Read More
नेकपाको उपमाहानगर समिति एकता विस्तारित बैठक सम्पन्न

नेकपाको उपमाहानगर समिति एकता विस्तारित बैठक सम्पन्न

हेटौंडा / नेपाली कम्युनिस्ट पार्टीको हेटौंडा उपमहानगर पालिका समिति एकता बिस्तार बैठक सम्पन्न भएको छ । नेकपाका पुर्व घटक पार्टी नेकपा माओवादी केन्द्रका नेता प्रदीप अर्यालको सभाध्यक्षतामा भएको बैठकमा संविधान सभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । नेकपाको पुर्व घटक पार्टी नेकपा एस , नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रिय , प्रदेश , जिल्ला र नगर तथा वडाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी लामिछानेले राज संस्था आउँदा जनताको लोकप्रिय मत पाएर आम जनताको छोराछोरीले रास्ट्रपति , प्रधानमन्त्री हुन पाउने अवसर गुम्ने बताए । एउटा बङ्सले राज्य गर्दा आम नागरिकले बोल्न पाउने अधिकार थिएन…
Read More
करार सेवाका कर्मचारीहरुले महङ्गी भत्ता नपाउँदा गुनासो बढ्यो

करार सेवाका कर्मचारीहरुले महङ्गी भत्ता नपाउँदा गुनासो बढ्यो

हेटौंडा / हेटौंडाका विभिन्न सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरुले आव. २०८२/०८३ को साउनदेखि महङ्गी भत्ता पाएका छैनन् । मङ्सिर ८ गते सर्वोच्च अदालतले करार सेवाका कर्मचारीहरुलाइ दिदै आएको महङ्गी भत्ता नरोक्नु भन्ने आदेश गरेको भएतापनी हेटौंडाका केहि सरकारी निकायका प्रमुखहरुले कतैबाट आदेशनै नाअएको भन्दै महङ्गी भत्ता नदिएको एक करारका कर्मचारीको भनाइ छ । महङ्गी भत्ता , सुरक्षा भत्ता विभिन्न बहाना बनाएर हाकिमहरुले नदिन खोजेकोमा करार सेवाका कर्मचारीहरुको आपत्ति छ । विभिन्न दलनिकट भएर आउने हाकिमहरुले सर्वोच्चको आदेश भन्दापनी आफू आवद्ध दललाई मान्ने गरेकोले यस्तो भएको हुनसक्ने करार सेवाका कर्मचारीहरुको अनुमान छ । करार सेवाका कर्मचारीहरुले महङ्गी भत्ता भनेर मासिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.