मकवानपुर । मकवानपुर प्रहरीले सोमबार पौने एक किलोभन्दा बढी गाँजा लागूऔषधसहित एक अटो चालकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिहान करिब १०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले हेटौँडा–१९ स्थित बासुदेवटोल क्षेत्रमा नेवारपानीबाट बस्तिपुरतर्फ आउँदै गरेको एक नम्बर चिह्नित अटो रोकी जाँच गरेको थियो । सोही जाँचका क्रममा लागूऔषधको शंका लागेपछि अटो चालकको खानतलासी गर्दा अटोभित्र रातो प्लाष्टिकमा लुकाइएको अवस्थामा कुल ५ किलो ६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद पदार्थ र अटोसहित नियन्त्रणमा लिइएको उक्त अटो चालकलाई आवश्यक कारबाहीका लागि पेश गरिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्



































































