मकवानपुर विशेष

सिवीनद्वारा हेटौंडा–११ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

सिवीनद्वारा हेटौंडा–११ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडास्थित सिवीन बाल हेल्पलाइन संस्थाले विपन्न बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग गरेको छ। सिवीनले हेटौंडा–११ का तीन विपन्न परिवारलाई वडा कार्यालयमा पुगेर खाद्यान्न सहयोग गरेको हो। संस्थाले सजिना रुम्बा, रचिता बजगाईं र गौरव पुडासैनीका परिवारलाई एक महिनाका लागि पुग्ने चामल, दाल, तेल, नुन, चना, केराउ, नुहाउने साबुनलगायतका सामग्री उपलब्ध गराएको सिवीनकी सामाजिक परिचालिका पलिना अर्यालले जानकारी दिइन्। उक्त खाद्यान्न वडा अध्यक्ष जुना दाहाल र वडा सदस्य गोपिनी सापकोटाको हातबाट वितरण गरिएको थियो। सिवीन बाल हेल्पलाइनले हेटौंडा–११ का १० जना बालबालिकालाई संरक्षणमा राखी उनीहरूको पठनपाठन खर्च व्यहोर्दै आएको छ। साथै, अभिभावकलाई आयआर्जनमूलक सहयोग र समस्या परेका अतिविपन्न…
Read More
चुनाव लक्षित आचारसंहिता कार्यान्वयनबारे सरोकारवालाबीच अन्तरक्रिया

चुनाव लक्षित आचारसंहिता कार्यान्वयनबारे सरोकारवालाबीच अन्तरक्रिया

हेटौँडा । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको तयारी र आचारसंहिता कार्यान्वयनका विषयमा हेटौँडामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृत कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनहरूले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रतिनिधिबाट आचारसंहितासम्बन्धी प्राविधिक प्रस्तुतीकरणसमेत गरिएको थियो । अन्तरक्रियामा सहभागीहरूले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगदेखि प्रशासनसम्मले कडाइका साथ अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ–आफ्नो दल आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा प्रशासनतर्फबाट बोल्दै जिम्मेवार अधिकारीले पछिल्लो समय दलहरू आचारसंहिता पालनामा जिम्मेवार बन्दै गएको…
Read More
बागमतीको बिकट गाउँमा बल्यो बिजुली

बागमतीको बिकट गाउँमा बल्यो बिजुली

मकवानपुर । साँझ पर्नासाथ अँध्यारोले घेर्ने देउजर र गढनसिरमा मंगलबार फरक दृश्य देखिए । झुपडीभित्र टुकीको मधुरो उज्यालो खोजिरहने आँखाहरु पहिलोपटक बल्बको तेज प्रकाशमा चम्किए । मोबाइल चार्ज गर्न घण्टौँ हिँड्नुपथ्र्यो भन्ने गुनासो गर्ने युवाहरू घरमै प्लग खोज्दै थिए । स्कुल जाने बालबालिका उज्यालो कोठामा रमाइरहेका थिए । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३ को दक्षिणमा पर्ने यी दुई बस्तीमा पहिलोपटक विद्युत् पुगेको हो । गाउँपालिका अध्यक्ष सर्केश घलानले ट्रान्सफर्मर जडान गरिएको पोलमा रिवन काट्दै बत्ती बाल्दा स्थानीयले लामो समयपछि विकासको अनुभूति गरे । ‘बिकट र विपन्न समुदायलाई केन्द्रमा राखेर योजना बनाउँदा परिणाम ढिलो देखिए पनि दिगो हुन्छ’, अध्यक्ष घलानले भने, ‘आज…
Read More
तेस्रो घरेलु उत्पादन प्रवर्द्धन मेला हुने

तेस्रो घरेलु उत्पादन प्रवर्द्धन मेला हुने

हेटौंडा । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा कार्यालयले तेस्रो घरेलु उत्पादन प्रदर्शन मेला गर्ने भएको छ । माघ १६ र १७ गते हुने मेलामा नृत्य प्रतियोगिता , शैक्षिक प्रदर्शनी पनि गरिने वडाध्यक्ष फुर्वा दोर्जे तामाङले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । राजनीतिक दल , टोलबिकास संस्था नगर समन्वय समिती , टोलबिकास संस्थाहरु , उद्योग वाणिज्य संघ मकवानपुर , सामुदायिक वन उपभोक्ता समुह , जाल्पादेवी महिला उद्धमी केन्द्र हेटौंडा , ढाका उद्धमी समूह हेटौंडा , सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० बसपार्क , स्थानीय क्लब , आमा समूह , सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत संघसंस्थाको समन्वय र सहकार्यमा मेला हुने…
Read More
मकवानपुरका दुई क्षेत्रमा ४४ उम्मेदवार मैदानमा

मकवानपुरका दुई क्षेत्रमा ४४ उम्मेदवार मैदानमा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा प्रत्यक्षतर्फ ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार हेटौँडा–११ स्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवारसहित कुल २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम र राष्ट्रिय…
Read More
हेटौँडामा दोस्रो वृहत खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

हेटौँडामा दोस्रो वृहत खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडामा दोस्रो वृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव आगामी माघ २८ गतेदेखि फागुन १२ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको हो। हेटौँडा–१० स्थित टीसीएन चौरमा आयोजना हुने महोत्सवमा ६ विधाका खेलकुद प्रतियोगिता समावेश गरिने आयोजकले जनाएको छ। समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, तेक्वान्दो, जिल्लास्तरीय ब्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुनेछन्। राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ तथा सान्त्वना टिमले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।…
Read More
मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । हेटौँडा–११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको नव–निर्मित भवनमा निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि कार्यालय स्थापना गरिएको हो । निर्वाचन कार्य सम्पादन गर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार श्रेष्ठलाई निर्वाचन क्षेत्र नम्बर १ र आचार्यलाई निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएको छ । प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख…
Read More
नगरसभाद्वारा २ अर्ब ९३ करोड ५० लाख बजेट स्वीकृत

नगरसभाद्वारा २ अर्ब ९३ करोड ५० लाख बजेट स्वीकृत

हेटौंडा / हेटौंडा उपमहानगर पालिकाको शुक्रबार भएको नगरसभाले थप ३ करोड ४६ लाख ९० हजार रुपैयाँ सहित २ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । हेटौंडा उपमहानगरको १८ औं नगरसभाले उक्त बजेट पास गरेको हो । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बेलामा भएको उपमहानगर भवन , सवारी साधन , वडा कार्यालय र सरकारी सम्रचनाहरुको तोडफोड आगजनीको कारणले जुनकिसिमको भौतिक क्षतिभएको छ त्यसको पुनः निर्माण र अन्य खर्चकोलागि यो बजेट काफी नभएको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । लामाले भनिन् , हामी मर्कामा छौं , अप्ठ्यारो अवस्थाबाट गुज्रिराखेका छौं । आउने दिनहरुमा चुनौतीको सामना गर्दै…
Read More
हेटौंडा अस्पतालप्रति स्वास्थ्य मन्त्रीको चिन्ता

हेटौंडा अस्पतालप्रति स्वास्थ्य मन्त्रीको चिन्ता

हेटौंडा — हेटौंडा अस्पतालको विषयलाई लिएर बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले चिन्ता व्यक्त गरेका छन्। बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित एकमात्र सरकारी स्वामित्वको हेटौंडा अस्पतालबारे दिनप्रतिदिन नकारात्मक सूचना आउनुले अस्पतालको गरिमामा आँच आइरहेको मन्त्री थापा मगरले बताए। नीतिगत सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा आफू चिन्तित रहेको उनले उल्लेख गरे। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम जोडिएपछि विवादमा तानिँदै आएको हेटौंडा अस्पताल हाल सर्वोच्च अदालतमा मुद्दा खेपिरहेको छ। अस्पताललाई अमुक पार्टीको भर्ती केन्द्र बनाउन नपाइने र यो पूर्णरूपमा नेपाल सरकारकै स्वामित्वमा रहनुपर्ने माग गर्दै हेटौंडाका वरिष्ठ अधिवक्ता केशव गौतमले २०८१ साल भदौ १८ गते सर्वोच्च अदालतमा रिट दायर…
Read More
जाडो छल्न आगोको साहरा

जाडो छल्न आगोको साहरा

हेटौंडा / केहि समयदेखि मौसममा चिसोपन बढेपछी चिसो छल्न मानिसहरू आगो बालेर ताप्न थालेका छन् । रुइ , फुइ ,दुई जाडो यामको लागि पुरानो आम नेपाली भनाइ हो । रुइबाट सिरक , डस्ना ,सिरानी बन्छ जो जाडोयामको लागि अत्यन्तै आवस्यक चिज हो । दुइ भनेको बिवाहलाइ सङ्केत गरेर भनेको भनाइ हो । जाडोमा दुइजना सगै सुतेमा न्यानो हुन्छ भनेर ठ्ट्टापनि गर्छन् पाका मानिसहरु । मान्छे अथवा कुनैपनी जिवित प्राणी साथीबिना रहन गाह्रो हुन्छ यही कुरालाई सङ्केत गर्दै भनेको यो भनाइ हो । यसैगरी फुइ भनेको आगो फुक्नु बाल्नु हो । ग्रामीण भेगका अधिकाङ्स मानिसहरुको सहारा आगो हो । मानिसहरु जम्मा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.