नगरसभाद्वारा २ अर्ब ९३ करोड ५० लाख बजेट स्वीकृत

हेटौंडा / हेटौंडा उपमहानगर पालिकाको शुक्रबार भएको नगरसभाले थप ३ करोड ४६ लाख ९० हजार रुपैयाँ सहित २ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । हेटौंडा उपमहानगरको १८ औं नगरसभाले उक्त बजेट पास गरेको हो ।

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बेलामा भएको उपमहानगर भवन , सवारी साधन , वडा कार्यालय र सरकारी सम्रचनाहरुको तोडफोड आगजनीको कारणले जुनकिसिमको भौतिक क्षतिभएको छ त्यसको पुनः निर्माण र अन्य खर्चकोलागि यो बजेट काफी नभएको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । लामाले भनिन् , हामी मर्कामा छौं , अप्ठ्यारो अवस्थाबाट गुज्रिराखेका छौं ।

आउने दिनहरुमा चुनौतीको सामना गर्दै हिम्मतिलो भएर अघि बढ्नुको बिकल्प छैन । यस्तै नगर उपप्रमुख राजेश बानियाँले यो स्वीकृत बजेटले अहिलेको समस्या समाधान नहुने बताए । जेन्जी आन्दोलन ताकाको क्षती , सडक बिस्तार नाममा भएको घरधनी , ब्यापारीहरुको समस्या समाधानमा सहयोग , नगरपालिका खर्च लगायतका खर्च अहिलेको बजेटले धान्दैन बानियाँले भने । बजेट कम भएकैकारणले तोकिएको समयमा नगर सभा गर्न नसकिएको जनाइएको छ ।

१७ औं नगर सभाले २ अर्ब ९० करोड ३ लाख रुपैयाँ अनुमान बजेट स्वीकृत गरेको थियो । नगर सभामा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम , प्रवक्ता सबिन न्यौपाने , वडाध्यक्षहरु , नगरका कर्मचारीहरु तलगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.