मकवानपुर विशेष

हेटौंडा १३ बालमैत्री वडा घोषणा

हेटौंडा १३ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१३ नम्बर वडालाई निकृष्ट बालश्रम र बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। कार्यक्रम १३ नम्बर अध्यक्ष पेम्बा लामा को सभाअध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा ,उपप्रमुख राजेश बानियाँ विशिष्ट आथित्यतामा उत्घाटन तथा सम्पन्न गरिएको हो। कार्यक्रममा हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, सचिव दुर्गाप्रसाद न्यौपाने, हेटौंडा-११ का अध्यक्ष जुना दाहाल, हेटौंडा-१ का अध्यक्ष सबिन न्यौपाने, हेटौंडा-९ का वडा अध्यक्ष सुकराम केसी लगायत विभिन्न पार्टीका सदस्यहरू सहभागीता रहेको थियो।
Read More
हेटौँडाका ८ वडामा कानुनी शिक्षा अनुशिक्षण सम्पन्न

हेटौँडाका ८ वडामा कानुनी शिक्षा अनुशिक्षण सम्पन्न

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा उपमहानगरपालिकाको ८ वडाहरुमा स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोग एवं समन्वयमा विभिन्न वडाहरुमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत बिहिवार हेटौंडा ८ नम्बर वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, टोल विकास…
Read More
हेटौँडा १ नम्बर वडा बालमैत्री घोषणा हुँदै (भिडियो सहित)

हेटौँडा १ नम्बर वडा बालमैत्री घोषणा हुँदै (भिडियो सहित)

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा बालमैत्री स्थानीय साषण युक्त वडा घोषणा हुने भएको छ । बालमैत्री वडा हुन ५१ वटा सुचाङ्क पालना गरेको हुनुपर्नेमा प्राय सबै सुचाङ्क वडाले पार गरेको वडाध्यक्ष सबिन न्यौपानेले बताए । वडामा भएको सीएफयल्जीका सूचकको अन्तिम अवस्था मापन स्थितिपत्र तयारी तथा घोषणा पश्चात् पन्चववर्षिय रणनीतिक योजना निर्माण कार्यशालामा बालमैत्री वडा घोषणा गर्नसकिने बताइएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी महाशाखा प्रमुख मन्दिरा थापा, बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गाना, वडा सदस्य मनु दाहाल, रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियोे । बालमत्री वडा घोषणा कार्यक्रम हेटौंडा १ नकौलीमा माघ ११ गते गरिने भएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए…
Read More
भोर्लेका प्यारालाइसिस भएका बिरामीलाइ खाद्यान्न सहयोग

भोर्लेका प्यारालाइसिस भएका बिरामीलाइ खाद्यान्न सहयोग

हेटौँडा । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा भोर्लेका प्यारालाइसिस भएका बिरामी कुमार दुलाललाइ उनको घरैमा पुगेर वडाध्यक्ष अर्जुन तिवारीले खाध्यान्न सहयोग गरेका छन् । वडा कार्यालयको तर्फबाट १० हजार बराबरको खाध्यान्न सहयोग गरेको वडाध्यक्ष तिवारीले जानकारी दिए । खाध्यान्नमा अतिउपभोग्य वस्तु चामल, दाल, चिउरा, तेल लगायत रहेका छन् । ४५ वर्षीय दुलालको घरमा ५ जनाको परिवार छन् । रोगका कारण हिँडडुल गर्न नसकेपछी काम गर्न नसकिएकोले घरकोअवस्था नाजुक हुँदै गएको बताउँदै दुलालले वडाले दिएको सहयोगमा आफुहरु खुशी भएको बताए ।
Read More
बागमती गाउँपालिकालाई हेटौँडा उपमहानगरपालिकाद्वारा सवारी हस्तान्तरण

बागमती गाउँपालिकालाई हेटौँडा उपमहानगरपालिकाद्वारा सवारी हस्तान्तरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बागमती गाउँपालिकालाई विभिन्न सवारी साधनहरु हस्तान्तरण गरेको छ । आज हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमा सवारी हस्तान्तरण गरिएको हो । उपमहानगरले गाउँपालिकालाई दम्कल, सुमो, पिकअप सहितका सवारी साधन हस्तान्तरण गरेको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम र उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सबिन न्यौपानेले बागमती गाउँपालिकाका प्रतिनिधिलाई सवारी साधन हस्तान्तरण गरेका थिए ।
Read More
कमानेमा ३ दिन कमाने महोत्सव हुने

कमानेमा ३ दिन कमाने महोत्सव हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजना हेटौँडा ८ कमानेमा ३ दिन कमाने महोत्सव आयोजना हुने भएको छ । यसअघि पनि पहिलो कमाने महोत्सव सफलता पुर्वक आयोजना गरिएकोमा यसपटक यही पुस ११ गतेदेखि १३ गतेसम्म स्थानिय पर्यटन प्रवर्द्धन एवम् व्यापार प्रर्दशनी सडक महोत्सव गरिन लागएिको बुधबार पत्रकार सम्मेलन गरि सचिवालय प्रमुख उमेश थापा मगरले जानकारी दिए। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को चालु आवको कार्यक्रम अन्तर्गत स्थानिय पर्यटन, स्थानिय सांस्कृतिक प्रवद्धन, स्थानिय व्यापार प्रर्दशनीलाई मुल नारा बनाई वडा भित्र रहेका स्थानिय कला संस्कृति पहिचान र व्यपार, व्यवसाय प्रर्दशनी गर्ने उद्देश्यका साथै १९ वटै टोल विकास, संस्थाको उत्पादनले बजारमा…
Read More
भोर्ले लिफ्ट सिँचाईँको डिपिआर सर्वे सम्पन्न

भोर्ले लिफ्ट सिँचाईँको डिपिआर सर्वे सम्पन्न

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा लिफ्ट सिँचाईको डिपिआर सर्वे सम्पन्न भएको छ । मंसिर २४ गतेदेखि सुरु भएको डिपिआर सर्वे यही मंसिर २८ गते सम्पन्न भएको भोर्ले लिफ्ट सिँचाईँ निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम बलले जानकारी दिनुभएको हो । समितिको शनिबिार सम्पन्न बैठकमा उपस्थित कार्यसमितिलाई डिपिआर सर्वे सकिएको जानकारी गराउनुहुँदै अध्यक्ष बलले सूचना सार्वजनिक गर्नुभएको छ । कुल लागत १ करोड अनुमान गरिएको बहुवर्षिय सिँचाई आयोजना निर्माणका लागि केही वर्ष लाग्ने अध्यक्ष बलले बताउनुभयो । बैठकमा समितिका उपाध्यक्ष बुद्धिबहादुर स्याङ्तान, सचिव सुर्यबहादुर बल, कोषाध्यक्ष कल्पना थिङ तथा सदस्यहरु तिलक नेपाली कामी, नवराज दंगाल लगायतको उपस्थिति रहेको थियो…
Read More
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा मकवानपुरका कृष्ण सारु मगर निर्वाचित

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा मकवानपुरका कृष्ण सारु मगर निर्वाचित

मकवानपुर । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनबाट बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका कृष्ण सारु मगर निर्वाचित हुनुभएको छ । मगरले नुवाकोटका शिव देवकोटालाई पराजित गर्नुभएको हो । यसअघि २ कार्यकाल महासचिवको जिम्मेवारी सम्हाल्नु भएका कृष्णले वर्तमान अध्यक्ष शिवलाई पराजित गर्नुभएको हो । शुक्रबार सम्पन्न निर्वाचनमा बागमती प्रदेशका १० जिल्लाका ९५१ सदस्य मध्ये ८३६ जनाले मतदान गरेका थिए । प्रदेशका १० जिल्लामध्ये शुक्रबार मध्यरातमसम्म ९ जिल्लाको मतपरिणामअनुसार उहाँले ४३५ मत प्राप्त गर्नुभएको छ भने शिवले ३२६ मत प्राप्त गर्नुभएको छ । सिन्धुली जिल्लाको भने अन्तिम मत परिणाम प्राप्त हुन नसकेको बताइएको छ । सिन्धुलीमा ८४ जना मतदातामध्ये ७५ मत खसेको…
Read More
नेपाल पत्रकार महासंघ मकवानपुरमा बालकृष्ण अधिकारी निर्वाचित

नेपाल पत्रकार महासंघ मकवानपुरमा बालकृष्ण अधिकारी निर्वाचित

मकवानपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित हुनुभएको हो । शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत प्राप्त गर्नुभयो । अर्का उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का आकांक्षी सुरेश श्रेष्ठले ३ मत मात्रै प्राप्त गर्नुभयो । महासंघको उपाध्यक्षमा ५५ मत प्राप्त गर्दै ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ भने गणेश अधिकारी ४९ मतसहित पराजित हुनुभयो । महिला उपाध्यक्षतर्फ भावना रिजाल ५५ मतसहित निर्वाचित हुँदा अर्की आकांक्षी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गर्दै पराजित हुनुभयो । महासंघको सचिवमा केशव सुवेदी निर्वाचित हुनुभएको…
Read More
हेटौँडा १२ को वडाअध्यक्षमा अर्जुन तिवारी निर्वाचित

हेटौँडा १२ को वडाअध्यक्षमा अर्जुन तिवारी निर्वाचित

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा सम्पन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत भएको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा १ सय ४ मत र २०७९ को निर्वाचनमा ३१ मतले हराएको माओवादी केन्द्रलाई पछि पार्दै तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् । हेटौंडा–१२ मा लगातार दबदबा कायम राखेको माओवादी यो पटक आफ्नो साख जोगाउन चुकेको छ । यस अघिको सोही वडाको स्थानिय तहको निर्वाचनमा लगातार दुई पटकको हारपछि तेस्रो पटकको निर्वाचनमा माओवादीको किल्ला तोड्दै फराकिलो मतअन्तरले कांग्रेसका तिवारी निर्वाचित भएका हुन् । कुल खसेको ५ हजार ४८४ मत मध्ये ७६…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.