मकवानपुर । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनबाट बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका कृष्ण सारु मगर निर्वाचित हुनुभएको छ ।
मगरले नुवाकोटका शिव देवकोटालाई पराजित गर्नुभएको हो । यसअघि २ कार्यकाल महासचिवको जिम्मेवारी सम्हाल्नु भएका कृष्णले वर्तमान अध्यक्ष शिवलाई पराजित गर्नुभएको हो ।
शुक्रबार सम्पन्न निर्वाचनमा बागमती प्रदेशका १० जिल्लाका ९५१ सदस्य मध्ये ८३६ जनाले मतदान गरेका थिए । प्रदेशका १० जिल्लामध्ये शुक्रबार मध्यरातमसम्म ९ जिल्लाको मतपरिणामअनुसार उहाँले ४३५ मत प्राप्त गर्नुभएको छ भने शिवले ३२६ मत प्राप्त गर्नुभएको छ ।
सिन्धुली जिल्लाको भने अन्तिम मत परिणाम प्राप्त हुन नसकेको बताइएको छ । सिन्धुलीमा ८४ जना मतदातामध्ये ७५ मत खसेको थियो । ९ वटा जिल्लाको नतिजाअनुसार मगर १०९ मतले अगाडि रहनुभएको छ ।
प्रतिकृया दिनुहोस्



























