मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा लिफ्ट सिँचाईको डिपिआर सर्वे सम्पन्न भएको छ । मंसिर २४ गतेदेखि सुरु भएको डिपिआर सर्वे यही मंसिर २८ गते सम्पन्न भएको भोर्ले लिफ्ट सिँचाईँ निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम बलले जानकारी दिनुभएको हो ।
समितिको शनिबिार सम्पन्न बैठकमा उपस्थित कार्यसमितिलाई डिपिआर सर्वे सकिएको जानकारी गराउनुहुँदै अध्यक्ष बलले सूचना सार्वजनिक गर्नुभएको छ । कुल लागत १ करोड अनुमान गरिएको बहुवर्षिय सिँचाई आयोजना निर्माणका लागि केही वर्ष लाग्ने अध्यक्ष बलले बताउनुभयो ।
बैठकमा समितिका उपाध्यक्ष बुद्धिबहादुर स्याङ्तान, सचिव सुर्यबहादुर बल, कोषाध्यक्ष कल्पना थिङ तथा सदस्यहरु तिलक नेपाली कामी, नवराज दंगाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्