Day: २०८१ मंसिर ३०, आईतवार १५:२४ गते

भैरवकुञ्ज टोल विकास अध्यक्षमा मेगनाथ रेग्मी

भैरवकुञ्ज टोल विकास अध्यक्षमा मेगनाथ रेग्मी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ डाङडाङेस्थित भैरब कुञ्ज टोल विकास संस्था हेटौंडाको अध्यक्षमा मेगनाथ रेग्मी चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न २० औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट रेग्मी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । नयाँ कार्यसमिति चयन भएसँगै संस्थाले टोल विकासका लागि उल्लेखनीय कार्यहरु गर्ने योजना तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने योजना बनाएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की वडाअध्यक्ष जुना दाहाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ का यज्ञप्रसाद आचार्यसँगै टोल विकास संस्थाका अन्य पदाधिकारी तथा स्थानीयहरुको आवश्यकता रहेको थियो ।
Read More
भोर्ले लिफ्ट सिँचाईँको डिपिआर सर्वे सम्पन्न

भोर्ले लिफ्ट सिँचाईँको डिपिआर सर्वे सम्पन्न

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा लिफ्ट सिँचाईको डिपिआर सर्वे सम्पन्न भएको छ । मंसिर २४ गतेदेखि सुरु भएको डिपिआर सर्वे यही मंसिर २८ गते सम्पन्न भएको भोर्ले लिफ्ट सिँचाईँ निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम बलले जानकारी दिनुभएको हो । समितिको शनिबिार सम्पन्न बैठकमा उपस्थित कार्यसमितिलाई डिपिआर सर्वे सकिएको जानकारी गराउनुहुँदै अध्यक्ष बलले सूचना सार्वजनिक गर्नुभएको छ । कुल लागत १ करोड अनुमान गरिएको बहुवर्षिय सिँचाई आयोजना निर्माणका लागि केही वर्ष लाग्ने अध्यक्ष बलले बताउनुभयो । बैठकमा समितिका उपाध्यक्ष बुद्धिबहादुर स्याङ्तान, सचिव सुर्यबहादुर बल, कोषाध्यक्ष कल्पना थिङ तथा सदस्यहरु तिलक नेपाली कामी, नवराज दंगाल लगायतको उपस्थिति रहेको थियो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.