भैरवकुञ्ज टोल विकास अध्यक्षमा मेगनाथ रेग्मी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ डाङडाङेस्थित भैरब कुञ्ज टोल विकास संस्था हेटौंडाको अध्यक्षमा मेगनाथ रेग्मी चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न २० औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट रेग्मी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् ।

नयाँ कार्यसमिति चयन भएसँगै संस्थाले टोल विकासका लागि उल्लेखनीय कार्यहरु गर्ने योजना तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने योजना बनाएको छ ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की वडाअध्यक्ष जुना दाहाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ का यज्ञप्रसाद आचार्यसँगै टोल विकास संस्थाका अन्य पदाधिकारी तथा स्थानीयहरुको आवश्यकता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.