लेख/रचना

बुढ्यौलीले मनाए भानु जयन्ती

बुढ्यौलीले मनाए भानु जयन्ती

बर्दिबास, महोत्तरी । बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा जनता माध्यमिक विद्यालय बर्दिबासको सभाकक्षमा सोमबार २१२ औँ भानु जयन्ती भव्य रूपमा मनाइएको छ। कार्यक्रमको सुरुमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गरी औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले र सचिव रामचन्द्र पौडेलको उपस्थितिका साथै महोत्तरी, धनुषा र सर्लाहीबाट आएका चर्चित साहित्यकार प्रेम घिमिरे, राजेश्वरी काफ्ले, दिनेश गरिब पौडेल, नारायण घिमिरे, उद्धव अविचल, गणेश घिमिरे, बिपिराज दहाल, निरप्रसाद शर्मा, गणेश तिमल्सिना, रमेश बस्नेत, विणा हमाल र भारतीय कवि मो. कमरुद्दिन नदाफले आफ्ना कविता, गीत र गजल प्रस्तुत गरी माहोललाई साहित्यिक रंगले भरिदिएका थिए। त्यस्तै रचना वाचन…
Read More
हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई र सम्मान

हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई र सम्मान

हेटौंडा । चिरञ्जीवी `नेपाली´ स्मृति प्रतिष्ठान चितवनको आयोजनामा मकवानपुरको दिव्य सेवा निकेतन, रातमाटे हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई रु.१५,०००/- सहित चिरञ्जीवी नेपाली स्मृति सम्मान समर्पण गरिएको छ । कार्यक्रममा रञ्जु दाहाल, रमेशमोहन अधिकारी, मञ्जु कोइराला, अप्सरा पुडासैनी, महेन्द्र कोइरालालगायतले रचना वाचन गर्नुभएको थियो भने निमेष निखिल, सुवास खनाल, भावना सापकोटा, विश्वनाथ सन्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, ॐभक्त भण्डारी, सन्जित श्रेष्ठ, वीणा पोखरेल, गौरी कँडेल, मदन विक, सुमनकिरण आदिले कविता, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा जनार्दन खनाल, अरुण खतिवडा, डी.बी. बर्तौला, पूर्णकला घिमिरे, देवराज तिवारी, निरा पराजुलीलगायतका साहित्यकारको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कपिल अज्ञातले, प्रमुख आतिथ्य प्रोल्लास…
Read More
सन्दर्भ: गणतन्त्र- कसलाई आयो, कसलाई आएन

सन्दर्भ: गणतन्त्र- कसलाई आयो, कसलाई आएन

राजतन्त्र र गणतन्त्रका बारेमा यस अघि आफ्ना बिचारहरु लेख मार्फत राखि रहेको छु।१७ वर्ष पुरा गरि १८ वर्ष लाग्दा जनतामा गणतन्त्रको रस उल्लासमय देखिएन।देश संचालकहरुले यसको मर्म नबुझ्दा, आफ्नो स्वार्थमा प्रयोग गर्दा जनतामा निराशा पैदा भयो।देश र जनताले दुख पाए।खुशी हुने ठाँउ छैन।केही राजनैतिक अधिकारमा फेरवदल भै परिवर्तन भएपनि खासमा लुटको साम्राज्य रह्यो।केबल ओहदामा बस्नेहरुका लागि मात्र गणतन्त्र आएछ, जनतामा आएन। जेष्ठ १५ गते गणतन्त्र दिवस उल्लासमय तरिकाले मनाउन पर्ने दिनमा राजावादीले राजतन्त्र चाहियो भन्दै जुलुस गरेको देखियो।सरकारी दलले समेत धम्कीको भाषामा सभा गर्ने प्रयास गरे।त्यो केवल नाटक थियो।सरकारी तवरबाट दिवस मनाएको जनताले राम्रो सँग देखेनन्।कहाँ कसरी मनाए पत्तो पाएनन्।धेरै…
Read More
साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा १ लाख सहयोग

साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा १ लाख सहयोग

हेटौंडा । साहित्यिक क्षेत्रको सशक्त गतिविधिका लागि स्थापना गरिएको साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा डा. केशव श्रेष्ठ ‘ज्योति’ले १ लाख रुपैयाँ सहयोग गरेका छन्। सङ्गमका संस्थापक सदस्य तथा “साहित्य सङ्गम मकवानपुर कृति सम्मान”का संस्थापक समेत रहेका डा. श्रेष्ठले हालै सम्पन्न साहित्य उत्सव कार्यक्रममा संस्थाका अध्यक्ष डी.बी. बर्तौलालाई चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रमका क्रममा डा. श्रेष्ठले हालसम्म २५ हजार रुपैयाँ रहेको कृति सम्मानको राशी आगामी वर्षदेखि ३५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्दै साहित्यिक योगदानलाई अझ थप प्रोत्साहन दिने प्रतिबद्धता व्यक्त गरे। साहित्य सङ्गम मकवानपुरले नियमित साहित्यिक गतिविधि सञ्चालन र दीर्घकालीन योजना कार्यान्वयनका लागि अक्षयकोष स्थापना गरेको हो। संस्थाले डा. श्रेष्ठको सहयोगप्रति आभार…
Read More
साहित्य संगमले हेटौंडामा ८ स्रष्टालाई सम्मान गर्ने

साहित्य संगमले हेटौंडामा ८ स्रष्टालाई सम्मान गर्ने

हेटौंडा । साहित्य संगम मकवानपुरले जिल्लाका आठ जना स्रष्टालाई सम्मान गर्ने भएको छ। संस्था स्थापनाको ३५५औं नियमित साहित्य सन्ध्या तथा ‘संगम साहित्य उत्सव २०८२’ को अवसरमा उनीहरूलाई सम्मान गर्न लागिएको हो। संस्थाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ १० गते शनिबार हेटौंडास्थित पार्टी प्यालेसमा आयोजना हुने विशेष कार्यक्रममा विभिन्न विधामा सक्रिय स्रष्टाहरुलाई सम्मान गर्ने जानकारी दिएको हो। साहित्य संगमका सचिव मनोज पोखरेलका अनुसार ‘मकवानपुर साहित्य श्री सम्मान २०८१’ बाट राजकुमार लामिछानेलाई रु १५,५५५ सहित सम्मान गरिनेछ। यस्तै, ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१’ बाट टीका आत्रेय, ‘विनोद सुनिता सुवेदी सम्मान २०८१’ बाट रामकुमार एलन (रु ११,१११), र ‘दिपक मुडभरी स्मृति…
Read More
झरना साहित्यिक परिवारद्वारा फरक कार्यक्रम

झरना साहित्यिक परिवारद्वारा फरक कार्यक्रम

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ । संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा उपविधाका कार्यक्रम गर्ने गरेकामा नेपाली भाषा शुध्द लेख्न प्रेरणा दिने उद्देश्यले नेपाली अन्ताक्षरी प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय छतिवनका कक्षा ८-१० का साधारण तथा प्राविधिक धारका गरी पाँच पाँच जनाको पाँच समूह सहभागी भएका थिए । तीमध्ये समृध्दि स्याङ्बो, प्रिन्सी गौतम, विक्रम थिङ तथा प्रितम थापासमेतको रश्मि लामिछानेको समूह प्रथम भएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्ष उध्दव सापकोटा, महेन्द्र मावि विव्यसका अध्यक्ष परशुराम गौतम, नारायण…
Read More
मुक्तककार शिव अधिकारीलाई सम्मान

मुक्तककार शिव अधिकारीलाई सम्मान

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले चैत्र २३ गते आफ्नो ३१४ औँ कार्यक्रमका सन्दर्भमा मुक्तक साँझ सम्पन्न गरेको छ । यस संस्थाले वि.सं.२०६४ देखि २०६८ सम्म त्रैमासिक रूपमा गरेको र २०६८ देखि वार्षिक रूपमा चैत्रको चौथो शनिवार मुक्तकविशेष कार्यक्रम गर्ने गरेको छ । यस अवसरमा इलामका ७२ वर्षीय मुक्तककार शिव अधिकारी `इलामे जेठा´लाई रु.१५,५५५/- सहित शिवसावित्री अधिकारी स्मृति मुक्तक सम्मान समर्पण गरेको छ । यसै गरी कक्षा ९-१२ का विद्यार्थीहरूमाझ गरिएको मुक्तक प्रतियोगिताका प्रतियोगीहरूमध्ये उत्कृष्ट बुध्द माध्यमिक विद्यालय हात्तीसुँडे, बकैयाकी मोनिका नेगीलाई रु.५५५५/-सहितको शिवसावित्री अधिकारी नवप्रतिभा पुरस्कार प्रदान गरेको छ । यी सम्मान तथा पुरस्कारको स्थापना साहित्यकार रमेशमोहन अधिकारीले आफ्ना…
Read More
पूर्वराजावादी र नेताहरुको कालो कर्तुत खुलेको दिन–‘तिनकुने घटना’, जनताको लागि ठूलो पाठ

पूर्वराजावादी र नेताहरुको कालो कर्तुत खुलेको दिन–‘तिनकुने घटना’, जनताको लागि ठूलो पाठ

राजतन्त्र र गणतन्त्रका बारेमा अहिले वहस हैन कि आन्दोलन चलेको छ। सरकार दुई तिहाइको त्यो पनि एमाले काग्रेसको छ। यि यति शक्तिशाली छन् कि, कसैले हल्लाउन सक्दैन भन्ने भान परेको छ। तर कुरा त्यसो हैन। यि बिचौलीयाको बलमा बनेका हुन भन्ने कुरामा शंका रहेन। चैत्र १५ गतेको तयारी पुर्व नै फागुण २५ गते एक झल्को राजा ल्याउने आन्दोलनले दिएको थियो। यसैको सेरोफेरोमा तराई मधेमा जागरण अभियानमा रहेको माओवादी अभियान छाडेर काठमाडौ आउन पर्ने के वाध्यता आइ लाग्यो? त्यस पार्टीका प्रमुख नेताहरु किन काठमाडौ आए भन्ने छ। राजावादीले सढेगलेको रछ्यानमा मिल्काईएको राजा चैत्र १५ गते नारायणहिटी भित्र्याउने भन्ने हल्ला चलेको थियो।…
Read More
पत्रकार महासंघलाई पुस्तक सहयोग

पत्रकार महासंघलाई पुस्तक सहयोग

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष मणिराज गौतमले आफुद्वारा लिखित ‘प्रवासका फूलहरू’ नामक पुस्तक सहयोग गरेका छन् । पत्रकार महासंघ मकवानपुर शाखालालाई उपहारस्वरुप १० वटा पुस्तक प्रदान गरेका हुन् । प्रवासमा रहेर सङ्घर्ष गरिरहेका ३९ जना नेपालीको संघर्षका कथाले पुस्तकको पाना सजिएको छ । आकृति क्रिएशनले प्रकाशन गरेको पुस्तकको वितरक किताब घर रहेको छ । पुस्तक विमोचन युरोपमै गरिएको लेखक गौतमले बताए । लेखक गौतमले नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य तथा पुस्तकालय समितिका सरोज पौडेल , रबिन ढुङ्गानालाई पुस्तक हस्तान्तरण गरेका हुन् । एउटा पुस्तकको मूल्य २० युरो राखिएको छ । लेखक गौतमले महासंघलाई चाहिएको खण्डमा आफुसँग उपलब्ध…
Read More
राजतन्त्रको कालो ईतिहास र अहिलेका नेताको लाजनीति

राजतन्त्रको कालो ईतिहास र अहिलेका नेताको लाजनीति

परिवर्तित राजनैतिक घटनाक्रम र अवस्थाका बारेमा आफ्नो बिचार राख्नै पर्ने अवस्था आइ लाग्यो।अहिले नेपालमा काग्रेस एमालेको गठबन्धन सरकार छ।यसको लगभग दुई तिहाई शक्तिको दम्भ छ।यसलाई कसैले छुन समेत सक्ने अवस्था थिएन।तर यसैबेला राजावादी भन्ने पुरानो शक्तिले सिर उठाउने उचित मौका पायो। जनतामा सन्त्रास फैलिएको छ।के यो सत्य हो, यो हुन सक्छ/सक्दैन भन्ने अफवह फैलिएको छ।जनता भ्रममा छन।हो कि क्या हो भन्ने भान परेको छ।यो झुठ हो। १०४ वर्षे राणाकाल लगभग ०४ सालतिरबाट उधोगतिमा जान लागेको थियो।यो ०७ सालको घटनाक्रमले समाप्त पारिदियो।यस परिवर्तनलाई प्रजातन्त्र भनियो।यसलाई राजा महेन्द्रले भारत र चिनसँग कुटनैतिक सम्बन्ध बिकास गरि भारतलाई कालापानी सुम्पिएर ०१७ साल पुषमा समाप्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.