समाचार

मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी २७ गते विहीबारदेखी सुरु हुने प्रतियोगिता बारे जानकारी गराइएको थियो । खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता कार्य सुरु भएको अध्यक्ष स्याङ्तानले बताए । प्रतियोगिताको लागि करिब ६ लाख खर्च हुने अनुमान छ । समूह दर्ता शुल्क दुई हजार लाग्ने छ भने २५ गते सम्म वडा नम्बर ५ धादिङमा अवस्थित नवजागृत क्लबको कार्यालयमा दर्ता हुन अध्यक्ष स्याङ्तानले आग्रह गरेका छन् । ९ खेलाडीले खेल्नुका साथै टिममा खेलाडी…
Read More
हेटौँडामा पूर्व प्रहरी संगठनको ३३ औं  वार्षिक  साधारण सभा सम्पन्न

हेटौँडामा पूर्व प्रहरी संगठनको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

मकवानपुर । नेपाल पूर्व प्रहरी संगठनको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा हेटौंडा ११ सिमल्टारमा भएको सभामा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कृष्ण हरि शर्माको प्रमुख आतिथ्यता रहेको थियो । संगठनका जिल्ला अध्यक्ष सूर्य बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी डीआईजी शर्माले पूर्व प्रहरीहरुले अब बेरोजगार हुन नपरोस् भनेर प्रदेश प्रहरी कार्यालयले विभिन्न किसिमको रोजगार मुलक तालिम दिई आर्थिक उपार्जनमा सहयोग गर्ने बताए । शर्माका प्रतिबद्धतालाइ जनाउँदै प्रदेश प्रहरी प्रमुखले पूर्व प्रहरीहरुलाई ब्यारेकमै राखेर खाने, बस्ने ब्यवस्था सहित अटो, मयुरी लगायतका आयमुलक तालिम दिने…
Read More
तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्वाचित

तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्वाचित

मकवानपुर । तामाङ पत्रकार संघ बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्वाचित भएका छन् । समितिको शनिबार हेटौँडामा भएको दोस्रो अधिवेशनबाट तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा काभ्रेका जगतमान तामाङ, सचिव मकवानपुरका दिल बहादुर तामाङ, सहसचिव काठमाडौँकी मायालु लामा र कोषाध्यक्ष दोलखाका पेमा लामा दोङ चयन भएका छन् । समितिको सदस्यहरुमा काठमाडौँका श्यामलाल लामा, दोलखाका फुर्वा तामाङ, मकवानपुरका नवराज वाईबा, चितवनका बबिलाल तामाङ र काभ्रेका विकास वाईबा चयन भएका छन् ।
Read More
निर्माण दिवसमा हेटौँडामा खाद्यान्न वितरण

निर्माण दिवसमा हेटौँडामा खाद्यान्न वितरण

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडा उपमहानगरपालिका १० स्थित संस्कृत विद्यालयमा खाद्यान्न प्रदान गरेको छ । संघले १७ औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा विद्यालयलाई खाद्यान्न प्रदान गरेको हो । सो अवसरमा संघका अध्यक्ष बालगोपाल कंडेलले संघले निर्माण दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृत विद्यालयलाई खाद्यान्न वितरण गरेको बताउनुभयो । खाद्यान्न वितरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाल, प्रथम उपाध्यक्ष भवनाथ अधिकारी, द्धितीय उपाध्यक्ष भीमसेन श्रेष्ठ, महासचिव राजेन्द्र चौलागाईँ, उपमहासचिव सुरज बर्तौला, कोषाध्यक्ष अनल श्रेष्ठ, सहकोषाध्यक्ष प्रकाश लामालगायतको उपस्थिति रहेको थियो ।
Read More
हेटौँडामा विद्यालयहरुका शिक्षण र सिकाईमा वाष्प दृष्टिकोणबारे छलफल

हेटौँडामा विद्यालयहरुका शिक्षण र सिकाईमा वाष्प दृष्टिकोणबारे छलफल

मकवानपुर । एस्ट्रोनोभा फाउन्डेसन नेपालले विद्यालयहरुमा शिक्षण र सिकाइमा वाष्प दृष्टिकोण बारेमा हेटौंडाका निजी तथा आवासीय विद्यालयका संचालक तथा प्राचार्यहरुसँग छलफल कार्यक्रम गरेको छ । विद्यार्थीको रुचिकर विषय अनुसार पढाउनसके शिक्षाको क्षेत्रमा ठुलो परिवर्तन आउने एष्ट्रोनोभा फाउन्डेसन नेपालका संस्थापक प्रमुख किसन बास्तोलाको धारणा रहिआएको छ । बास्तोलाको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा डिपार्टमेन्ट अफ ल्याङ्ग्वेज एजुकेसन, स्कुल अफ एजुकेसनका एसोसिएट डीन, प्रोफेसर डाक्टर हेमराज काफ्ले, म्याथम्याटिकल एशोसियसन अफ नेपालका चियरम्यान बिनोदप्रसाद पन्त, टिचर एजुकेटर मोटिभेटर स्पिकर एजुकेसनल एक्टिभिष्ट लीडर अभिषेक घिमिरे, कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा लगायतले समयसापेक्ष शिक्षा आजको आवश्यकता हो भन्ने विषयमा आफ्नो धारणा राखेका थिए…
Read More
कैलाश गाउँपालिकाको ४ वडामा काँग्रेसको प्रशिक्षण

कैलाश गाउँपालिकाको ४ वडामा काँग्रेसको प्रशिक्षण

मकवानपुर । नेपाली कांग्रेसले कैलाश गाउँपालिकाकाे ४ वटा वडाको पार्टीका क्रियाशिल सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस कैलाश ६ नम्बर वडाको आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश ६ को पकनीमा शनिबार कैलाश १,२,५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो । कांग्रेस कैलाश ६ का वडा सभापति कृष्णबहादुर मोक्तानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला प्रवक्ता अर्जुन चौलागाईंलगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, कांग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य…
Read More
हेटौँडामा आयोगका सदस्य खड्काले लिए पदको सपथ

हेटौँडामा आयोगका सदस्य खड्काले लिए पदको सपथ

मकवानपुर । एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराएका हुन् । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको समेत उपस्थितिमा सदस्य खड्काले शपथ ग्रहण गरेका हुन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए । दोलखा जिल्लाको गौरीशंकर…
Read More
बालबालिकाद्वारा ‘एउटै मात्र इभान’ किताबमाथि चर्चा

बालबालिकाद्वारा ‘एउटै मात्र इभान’ किताबमाथि चर्चा

मकवानपुर । किताबघर, हेटौंडाको आयोजनामा 'बालबालिकासँग किताबका कुरा' को पहिलो कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा ४, भैरबरोडमा रहेको किताबघरमा शुक्रबार सम्पन्न कार्यक्रममा विभिन्न ५ विद्यालयका बालबालिकाले 'एउटै मात्र इभान' किताबमाथि चर्चा गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका दुईवटा सामुदायिक तथा तीन संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए । ज्ञानोदय बालवाटिका आवासीय मावि, हेटौंडा ५ कि अंशु लामा, सिद्धार्थ शिशु सदनका आदित्य पराजुली, बालजागृति इङ्लिस सेकेन्डरी स्कुलकी देविना सञ्जेल, सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाइँ र बालज्योति माध्यमिक विद्यालयका शुभम् खनालले किताबका सकारात्मक तथा नकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । विशेषगरी पशु अधिकारबारे गम्भीर हुँदै जनावरलाई पनि मानवीय व्यवहार गर्न किताबले…
Read More
इन्द्रसरोवरमा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

इन्द्रसरोवरमा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २० गते सम्पन्न भएको छ। प्रतियोगितामा श्री महाचुनी मा.वि,इन्द्रसरोवर-०५ ले क्रमशः ७ स्वर्ण, ३ रजत, २ काश्य जम्मा १२ प्राप्त गरि प्रथम भएको थियो । त्यस्तै श्री बत्सलादेवी मा.वि,इन्द्रसरोवर-०३ ले क्रमशः२ स्वर्ण, ४ रजत, ३ काश्य जम्मा ९ प्राप्त गरि दोस्रो स्थानमा भएको थियो । त्यस्तै श्री कालिका मा.वि,इन्द्रसरोवर-०४ ले क्रमशः२ स्वर्ण, २ रजत, १ काश्य जम्मा ५ प्राप्त गरि तेस्रो हुन सफल भएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले गर्नुभएको थियो भने कार्यक्रम प्रतिनिधि सभा सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नं.२ बाट निर्बाचित संघिय सांसद महेश…
Read More

राक्सिराङका किसानका लागि बाख्रा,माछा र नयाँ मौरी पकेट विकास कार्यक्रम संचालन गरिने

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले राक्सिराङ्गका किसानका लागि बाख्रा, माछा, नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ । यस अन्तर्गत वडा नम्बर ६ मा माछा प्रवर्द्धनका लागि पोखरी, मत्स्य नर्सरी, ह्याचरी निर्माण, भुरा माछा, औषधि र दाना ८० प्रतिशत र अन्य उत्पादन सामाग्रीमा ५० प्रतिशत अनुदान दिईने भएको हो । यस्तै वडा ७ र ९ लगायतका वडामा भने बाख्रा र नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ । बाख्रा प्रवर्द्धन मा खोर निर्माण, नस्ल सुधारको लागि प्रजनन योग्य ब्याड बोका उपलब्ध गराउने साथै औषधि उपचार तथा खोप तथा कृषि औजार उपकरणमा ८० र ५० प्रतिशत अनुदानका सिमा तोकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.