समाचार

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा सम्पन्न

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा सम्पन्न

मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय र मातहतका निकायहरुको आर्थिक वर्ष २०८१÷०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठक भएको छ । बैठकलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण युवा वर्ग र खेलकुद जगतको लागि अपेक्षाकृत काम गर्न कठिनाई भइरहेको उल्लेख गरे । उनले भने, ‘मैले चाहेको भए अन्य विकासे मन्त्रालय पनि लिन सक्थेँ । तर, म खेल क्षेत्रबाट आएको मानिस युवा र खेलाडीको भावना बुझ्न सक्छु, । खेलकुद मन्त्रालय कसरी चलाउने भन्ने विषयमा मलाई राम्रो ज्ञान छ । तर, म…
Read More
हेटौँडामा पुस २० गते तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ प्रदर्शन हुने

हेटौँडामा पुस २० गते तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही पुस २० गते हेटौँडास्थित ओम्याक्स सिनेमा हलमा प्रदर्शन हुने भएको छ । चलचित्र बिहान ११ बजे प्रसारण गरिने चलचित्रमा नायकका रुपमा डेब्यु गरेका मकवानपुरे कलाकार हेमकुमार तितुङले जानकारी दिएका छन् । हेटौँडामा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिनुका साथै चलचित्र प्रदर्शन मिती तय भएको जानकारी दिइएको थियो। औपचारिक कार्यक्रममा सार्वजनिक गरिएसँगै चलचित्रको ट्रेलर युट्युबमा समेत सार्वजनिक भइसकेको छ । ट्रेलर एचएमएम मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा प्रेम, विछोड र वियोगका साथै पात्रहरुबिचको द्वन्दलाई पनि स्थान दिइएको छ । यसअघि चलचित्र ‘दार्बुङ’ ले सफलता पाएपछि नायक…
Read More
हेटौंडामा बिएडब्लु सिटी कार लञ्च (भिडियो सहित)

हेटौंडामा बिएडब्लु सिटी कार लञ्च (भिडियो सहित)

मकवानपुर । हेटौंडामा बिएडब्लु इन्टरनेशनलको सिटी कार लञ्च गरिएको छ । एल. आर. आर मोटर्स प्रा. लि.ले हेटौंडामा पहिलोपटक यो कार लञ्च गरेको हो । ब्रुम्बी नामक कार २०० किलोमीटर सम्मको लागि अतिउपयोगी र आरामदायी छ । इलेक्ट्रोनिक भएकोले वातावरण मैत्री, एक परिवारको लागि उपयुक्त छ र थोरै पुँजी हुनेहरुको पनि गाडी चढ्ने इच्छालाई यसले पुरा गर्ने बताइएको छ । यसको बजार भाउ शुरुमा २३ लाख रुपैयाँ रहेको कम्पनीका दिनेश डन्ङ्गोलले जानकारी दिए । देशैभरिको चार्जिङग स्टेसनबाट चार्ज गर्न सकिने र छिट्टै हेटौंडामा पनि यसको चार्जिङ्ङ स्टेसन संचालनमा ल्याउने डन्ङ्गोलले बताए । ‘‘अहिले शुरुमा थोरै मात्र कार लञ्च गरेका छौं…
Read More
बकैयामा ख्रीष्टमसको पुर्वसन्ध्यामा क्यारोल

बकैयामा ख्रीष्टमसको पुर्वसन्ध्यामा क्यारोल

मकवानपुर । ख्रीष्ट्मसको पुर्वसन्ध्यामा मकवानपुरको बकैया ६ नम्बर वडास्थित जुनेली वस्तीमा क्यारोल कार्यक्रम गरिएको छ । जुइना ज्योति चर्चको आयोजनामा कार्यक्रम गरिएको हो । पास्टर जितबहादुर माझीको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया वडा नम्बर ६ का वडाध्यक्ष फुलबहादुर भोम्जनको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै वडाध्यक्ष भोम्जनले समाजको विकृती, विसङ्गती हटाउन इसाईहरुको योगदान रहेको भन्दै प्रशंसा गरे । उनले कार्यक्रममा आफुलाई आमन्त्रण गरेकोमा खुशी व्यक्त गर्दै इसाईहरुलाई आफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा क्वाइनोनिया भिर्कोट चर्चका पास्टर राजेन्द्र घिमिरे, जुइना ज्योति चर्चका एल्डर बिक्रम तामाङ लगायतको उपस्थिति रहेको थियो ।
Read More
मन्त्री सिंहद्वारा मनहरी गाउँपालिकाको भवन शिलान्यास, बानियाँको मनहरीस्थित सम्पर्क कार्यालय उद्घाटन

मन्त्री सिंहद्वारा मनहरी गाउँपालिकाको भवन शिलान्यास, बानियाँको मनहरीस्थित सम्पर्क कार्यालय उद्घाटन

मकवानपुर । बाग्मती प्रदेश मकवानपुर मनहरी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । भवनको शिलान्यास नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभएको थियोे । शनिबार भएको भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा मन्त्री सिंहले भवन सप्पन्न गर्न बजेट थोरै बाट शुरु गरिएको बताउनुहुँदै यसलाई सुविधा सम्पन्न र छिटो निर्माण गर्न आफू लागि पर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो । उहाँले आफुलाइ भवन शिलान्यासमा जुन आशा र विस्वाशले बोलाइएको छ त्यसमा सोचेको भन्दापनी बढी सुबिधा सम्पन्न भवन निर्माण गर्ने काममा आफ्नो अग्रसरता रहने आश्वासन दिनुभयो । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा…
Read More
हेटौँडामा ख्रिष्टमसको शुभकामना तथा क्यारोल कार्यक्रम सम्पन्न

हेटौँडामा ख्रिष्टमसको शुभकामना तथा क्यारोल कार्यक्रम सम्पन्न

मकवानपुर । हेटौंडा–१, पानसुके चोकमा ख्रीष्टमसलक्षित शुभकामना तथा क्यारोल कार्यक्रम भएको छ । हेटौंडा ख्रीष्टियन चर्चका डिकन विकास सुनारको आयोजनामा पानसुके चोकमा ख्रीष्टमस शुभकामना तथा क्यारोल कार्यक्रम भएको हो । कार्यक्रममा ख्रीष्टमससम्बन्धि विभिन्न भजनहरु गाउँदै ख्रीष्टमसको शुभकामना आदानप्रदान गरिएको थियो । केही युवाले ख्रीष्टमस सम्बन्धि विभिन्न गीत गाउँदै नाचगान गरी रमाइलो गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा ख्रीष्टियन र अन्य धर्मका व्यक्तिको उपस्थिति थियो । कार्यक्रममा हटिया ख्रीष्टियन चर्चका पास्टर दिलिप थापा, हेटौंडा ख्रीष्टियन चर्चका एल्डर पवन न्यौपाने, रमेश मैनालीलगायत विभिन्न चर्चका अग्रज व्यक्तिहरुको उपस्थिति थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले ख्रीष्टमसको शुभकामना दिँदै ख्रीष्टियनहरुको महान चाड ख्रीष्टमस सभ्यढंगले…
Read More
हेटौँडा उपमहानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

हेटौँडा उपमहानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १६ औं नगर परिषद सभा शुक्रबार सम्पन्न भएको छ । सभामा नगर उपप्रमुख राजेश बानियाले चालु आर्थिक वर्ष २०८१–०८२ मा हालसम्म भएका प्रगतीको समिक्षा एवम् संसोधित कार्यक्रम प्रस्तुत गरेका थिए । सभा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको हो । चालु आर्थिक वर्षमा उपमहानगरले प्रस्तुत गरेको २ अर्ब ५२ करोड रुपियाँ बजेट मध्ये अहिलेसम्म १९ करोड ९७ लाख भन्दा बढि रकम थप्नु पर्ने सभामा जानकारी गराइएको थियो । सभाले विभिन्न विद्येयकहरु सर्वसम्मत पास गरेको थियो ।
Read More
चाईना क्वाटरमा ३० लाखको सामुदायिक भवन बन्दै

चाईना क्वाटरमा ३० लाखको सामुदायिक भवन बन्दै

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चाईना क्वाटरमा करिब ३० लाख लागतमा सामुदायिक भवन बन्ने भएको छ । भवनको बिहीबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले शिलान्यास गरेकी छिन् । सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा मेयर लामाको प्रमुख आतिथ्यता र वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । भवन हेटौँडा उपमहानगरपालिकाको सहयोगमा बन्न लागेको हो । कार्यक्रममा वडा सदस्यहरु रामकृष्ण अधिकारी र मनु दहालसँगै उत्तम शर्मा न्यौपाने, सुरेन्द्र ढुंगाना, मुना लामा, सिताराम तामाङ लगायतका विभिन्न सामाजिक व्यक्तित्व तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
Read More
हेटौँडामा ४ दिन सडक खाना महोत्सव हुने

हेटौँडामा ४ दिन सडक खाना महोत्सव हुने

मकवानपुर । हेटौंडामा ४ दिने सडक खाना महोत्सव हुने भएको छ । मकवानपुर होटल एशोसिएसनले “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ ४ दिने सडक खाना महोत्सवको आयोजना गर्ने लागेको हो । हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको सडकमा पुस १३ गते देखि १६ गतेसम्म सडक खाना महोत्सव हुने जनाइएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा खानाका पारखीहरुलाई पौराणिकदेखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरुको साँस्कृतिक नृत्य, गायनद्वारा मनोरञ्जन दिने मुख्य उदेश्य रहेको अध्यक्ष दिलिस गोविन्द जोशीले बताए । करिब ४० वटा स्टलहरु राखिने महोत्सवमा सुरक्षा निकाय र आवश्यक स्वयमसेवक परिचालन, सुरक्षाको व्यवस्थापन,…
Read More
हेटौँडा १९ मा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

हेटौँडा १९ मा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित लेखपानीमा रहेको श्री जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरिएको छ । हेटौंडामा केही समयअघि सञ्चालनमा आएको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले विद्यार्थीहरुका लागि न्यानो कपडा आवश्यक रहेको जानकारी प्राप्त भएपश्चात् उपलब्ध गराइएको संस्थाका अध्यक्ष विशालराज महतले जानकारी दिए । केही समयअघि सञ्चारमाध्यममा समाचार आएपछि संस्थाकै सदस्यहरुमा थोरैथोरै रकम संकलन गरी विद्यार्थीका लागि कपडा हस्तान्तरण गरिएको अध्यक्ष महतले बताए । विद्यालयमा अध्ययनरत ४१ बालबालिकाका लागि न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको महतले बताए । संस्थाका अध्यक्ष महतको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह गोलेको प्रमुख आतिथ्यता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.