२०८२ चैत्र २०, शुक्रबार ११:१५ गते
२०८२ चैत्र २०, शुक्रबार ११:१५ गते
भीमफेदी । सुरक्षा निकाय र स्थानीय समुदायबीच प्रत्यक्ष संवादमार्फत विश्वासको सम्बन्ध मजबुत बनाउने उद्देश्यले भीमफेदी गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम” उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा चैत्र १७ गते आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका डीएसपी, भीमफेदी कारागार प्रमुख, सशस्त्र प्रहरी बल (कारागार सुरक्षा) का प्रतिनिधि, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष, प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्रमुख डा. प्रविण पाठकलगायत स्थानीय वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो। राजनीतिक दलका…